Pages

Thursday 31 May 2012

पेट्रोलको मूल्य बृद्धिको बिरोधमा चालकहरुले देखाए कालो झण्डा

डी के वाइबा: कालेबुङ ३० मई: केन्द्र सरकारले पेट्रोलको मूल्य बृद्धि यथाशिघ्र फिर्ता लिनुपर्ने माग गर्दै कालेबुङका मोठ २७ वटा भेन चालाकहरुको संगठन चालक महासंघले आज कालो झण्डा बोकेर जोड्दार बिरोध प्रदर्शन गरेको थियो। चालकहरुले शहरमा दैनिक चलाचल गर्ने लोकल ट्याक्सिहरु बन्द राखे पनि शहरमा अन्य वाहनहरुको चलाचल भने स्वभाविक रहेको थियो। यसको साथै बजारमा भने बन्दको कुनै व्यापक असर परेको देख्न सकिएन। मानिसहरु संधै झै स्वाभाविक रुपले बजार पाट गर्न आईरहेको थिए भने शहरमा दोकानहरुको पूर्णरुपले खुल्ला रहेको थियो। यस अवसरमा शहरमा पेट्रोलले चल्ने वहनहरुको चलाचल चालकहरुले बन्द राखेर सडकमा सरकारको बिरोध गर्न ओर्लेका थिए। बिहान यहाँको मेनरोडमा भेन चालकहरु एकबद्ध रुपमा भेला भएर सरकारले पेट्रोलको मूल्यबृद्धि यथाशिघ्र फिर्ता गर्नुपर्ने माग गर्दै कालो झण्डा बोकेर प्रदर्शन गर्दा कुनै अप्रिया घटना हुन नदिन पुलिसबल तैनाथ गरिएको थियो। कालेबुङका भेन चालकहरुले पेट्रोलको मूल्य बृद्धिको बिरोधमा प्रदर्शन गरिरहेको समयमा आवत जवत गरिरहकेको वाहनहरुलाई पनि प्रदर्शनकारीहरुले कालो झण्डा देखाएर सरकारको बिरोधमा एकबद्ध हुने आह्वन गरे। यस अवसरमा आज शहरमा भेनहरुको चलाचल पूर्ण रुपले ठप्प रहेको थियो भने आवश्यक सेवाहरुमा हिडेका भेनहरु मात्र सडकमा कुदेको देख्न पाईयो। भेन चालक संगठनले सरकारको बिरोधमा कालो झण्डा देखाएर प्रदर्शन गर्नुको साथै महकुमा अधिकारीको अनुपस्थितिमा सरकारले बृद्धि गरेको पेट्रोलको मूल्य यथाशिघ्र फिर्ता गर्ने माग गर्दै डिपुटी म्याजिस्ट्रेट डिकी भोटियालाई एउटा ज्ञापन पत्र पनि सुम्पियो। यस अवसरमा डिपुटी म्याजिस्ट्रेट भोटियाले चालकहरुको माग उच्च आधिकारी समक्षराकिदिने आश्वासन दिइन। यता ज्ञापन पत्र सुम्पिए पाछि भेन चालक महासंघका सचिव महेनद्र गुरुङले पत्रकारहरुसित कुराकानी गर्दै पेट्रोलको मूल्य बृद्धिले आम मानिसहरु संगै चालकहरु समस्यामा परिरहेको जानकारी गराए। सरकारले तेलको मूल्य बृद्धि गरेर बिशेष अहिले खटिखाने चालकहरुको पेटमा लात मार्ने काम गरिरहेको आरोप लगाउँदै उक्त बृद्धि यथाशिघ्र फिर्ता गर्नुपर्ने तिनले माग गरे। सरकारले बिनाकारण यसरी दाम बडाएर आम म निसहरुलाई चेपारोमा पारिराहेको बाताउँदै आम जनताको हितमा आज आफुहरुले सरकारको नीति बिरोधमा स्वत: वाहनहरु बन्द राखेको जानकारी गराए।

No comments: