Pages

Wednesday 30 May 2012

कालेबुङ नगरपालिकामा सरकारी दस्तावेजहरु गायब बनेको आरटीआईले ग-यो खुलासा

डी के वाइबा: कालेबुङ ३० मई: कालेबुङ नगरपालीका कार्यलयमा कुनै पनि पुरानो आवश्यक दस्तावेजहरु जनतालाई चाहिको खण्डमा उक्त दस्तावेजहरु नगरपालीका कार्यलयामा पाउँन सकिन्दैन। सुन्दा पटक्क पत्यार नलाग्ने उक्त घट्नाको खुलासा स्वंय बर्तमान नगरपालिका अध्यक्ष एल बी परियारले सुचनाको अधिकार कानुन (राईट टू ईन्फरमेसान एक्ट ) अनुरुप जवाद दिएर गरेका छन्। क्रान्तिकारी मार्क्सवादी कम्यनिष्ट पार्टी (क्रामाकपा) कालेबुङ महकुमा समितिले कालेबुङ नगरपालिका कार्यलयलाई अप्रेल १९९४ देखि मार्च २०१२ सम्मको सम्पूर्ण बिकासमूलक कार्यहरुको जानकारी संगै राज्य सरकार अनि केन्द्र सरकारबाट कति धनराशी नगरपालिकाको निम्ति आएको थयो भन्ने जानकारी मागेको थियो। यस लगायत उक्त समय अवधी भित्रमा गरिबी सिमारेखा मुनिका कति परिवारहरुको नगरपालिकाले घर निर्माण गरेको छ भन्ने जवाब मागेको कारण नगरपालिकाले उक्त प्रश्नको जवाबमा कालेबुङ नगरपालिकामा कुनै दस्तावेजहरु नरहेको कारण यी विवराणहरु दिन सकिएन भनि स्पष्ट लेखिदिका छन्। नगरपालिका अध्यक्ष एल बी परियारले कालेबुङ नगरपालिकाले बिगत दिनहरुमा कुनै कार्यको विवरण लेखिएको दस्तावेजहरु संरक्षण गरेर नराखेको बताउँदै कतिपय कार्यहरुको मात्र विवरण नगरपालिका कार्यलयमा रहेको आरटीआईको जवाबमा लेखेका छन्। कतिपय फाईलहरु नगर अध्यक्ष तथा बोर्डको निर्देशनमा सुरक्षित राख्ने कार्य भएता पनि उक फाईलहरु समेत पओर्ण नरहेको तिनले सपष्टिकरण दिंदै नगरपालिकामा रहेको अपर्याप्त रेकर्डहरुको कारण क्रामाकपाले मागेको जवाद दिन नसकेकोमा नगरलालिका अध्यक्षले खेद प्रकाट गर्दै केवल बिपिएल परिवारहरुको घर निर्माणको मात्र सुचि प्रदान गरेका छन्।

 कालेबुङ नगरपालिकालाई क्रामाकपाले मागेको आरटीआईको जवाब पूर्णरुपले दिन नसके पछि आज क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौढ्यालले प्त्रकार सम्मेलन राखेर कालेबुङ नगरपालिकामा दस्तावेजहरु संरक्षण गरेर नराखिनुले यहाँ ब्यापक भ्रष्टचार रहेको प्रमाणित गरेको दाबी गरेका छन्। तिनले नगरपालिकामा ब्यापक भ्रष्टचारा रहेको कारण नै यसरी रेकर्डका निम्ति राखिनुपर्ने फाईलहरु समेत हराएको बतउँदै यसबारै जाँच हुन आवश्यक रहेको बताए। सभ्य समाजमा एउटा सरकारी कार्यललयमा दस्तावेजहरु संरक्षित नहुने कुराले गोर्खा जातिकै शिर समेत तल झारेको दाबी गार्दै नगरपालिकामा बिकासका निम्ति आएका लाखौ रुपिया भ्रष्टचार भएको हुन सक्ने तिनले दाबी गर्दै यस सम्बन्धमा क्रामाकपाले आगमी दिनहरुमा जोडदार आन्दोलन अघि बडाउँने जानकारी गराएका छन्। क्रामाकपा पर्टीले जनताको हितमा सरकारबाट आएका पैसाहरु नगरपालिकाले कतिसम्म जनताको निम्ति प्रयोग गरेको छ भन्ने कुरा जान्नको निम्ति आरटीआई मार्फत जानकारी मागेको बताउँदै आरटीआईको जवाबमा नगरपालिकामा कुनै रेकर्ड भएको फाईलहरु छैन भन्ने आफुहरुले पाउँदा दुखि बनेको बताउँदै यहाँ जनताको हितमा आएका पैसाहरु नगरपालिका सञ्चालन गर्नेहरुले घोटाला गरेको तिनले दाबी गरे। यस बिषयमा सरकारले उच्च तहको कमिटि बनाएर यथाशिघ्र जाँच कार्य गर्नुपर्ने माग गर्दै क्रामाकपाले जनताको पैसा हिनामिना गर्नेहरुलाई जनताको अघि निकाल्ने प्रवाक्ता मोहन पौढ्यालले दाबी गरे। तिनले कुनै पनि सानो संगठनहरुको समेत हर हिसाब आदि कुराहरु सपष्ट लेखेर राखिने कार्य हुने गरेको बताउँदै यसरी सरकारी कार्यलयमा आवश्यक दस्तावेजहरु नहुनु ठूलो दुर्भाग्य हो भन्दै यसको जवाद बिभागले दिनुपर्ने माग् गरेका छन्। यसै सिलसिलामा तिनले सरकारी कार्यलयमा कसरी कुनै पनि कार्यको रेकर्ड राखिएन भन्ने प्रश्न गर्दै भ्रष्टचार गरेको प्रमाण लुकाउँनको निम्ति यस्तो कार्य भएको हुनसक्ने तिनले दाबी गरेका छन्।

No comments: