Pages

Saturday, 19 May 2012

जीटीएको भूल सार्बजनिक गर्न टास्क फोर्सले दिल्लीमा होईन दार्जीलिङ तथा तराई डुवर्समा प्यानल डिसकसन राख्नुपर्छ – बिनय तामङ

 डी के वाइबा: कालेबुङ 19 मई: गोजमुमो पार्टीले जीटीएमा सम्झौता गरेर के भूल गरेको छ त्यो सार्बजिनक गर्न टास्क फोर्सले प्यानल डिसकसन गर्नु भनेर चुनौति दिने गोजमुमोले अहिले भाका फेरेको छ। मोर्चा सहसचिव बिनय तामङले आज यहाँको टाउन हलमा आयोजित पार्टीको कर्मी सभा समापन भएअ पछि पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै मोर्चाले गोर्खाल्याण्ड टास्क फोर्सलाई प्यानल डिस्कसन आयोजना गर्नु भनेर भने पनि दिल्लीमा आयोजना गर्नु भनेर भनेको थिएनौ भने। “दिल्लीको कन्सटिटुसनल भवनमा प्यानल डिस्कसन गर्दा सुन्ने ब्यक्ति कोहि हुँदैनन। भित्तालाई सुनाएर कुनै फाईदा छैन। हामीले जीटीएमा भूल देखाउँनु भनेर टास्क फोर्सलाई चुनौति दिएका थियौ अनि दार्जीलिङ पहाड तथा सिलगडी एंव तराई डुवर्समा जहाँ प्यानल डिस्कसन राखे पनि जानेछौ भनेका थियौ। दिल्लीमा प्यानल डिस्कसन राखे सुन्ने जनता हुँदैन। हामीले लाखौ जनता अघि डिस्कस गर्छौ भनेका थियौ।

 दिल्लीमा जीटीए अथवा गोर्खाल्याण्डको आवश्यक्ता छैन अवश्यक्ता छ भने यहाँका मानिसहरुलाई छ। त्यसैले टास्क फोर्सले खुल्ला प्यानल डिस्कसन दिल्लीमा गर्न चाहे हामी जाने छैनौ”- बिनय तामङले स्पष्ट भने। यसै क्रममा तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै यदि प्यानल डिस्कसन गर्न चाहन्छ भने तराई डुवर्स अथवा दार्जीलिङको कुनै कुनामा राखे पनि हामी जान तयार छौ भनि तिनले थप बताए। गोजमुमो सहसचिव बिनय तामवङले यसै क्रममा टास्क फोर्सले प्यानल डिस्कसनको निम्ति आजसम्म मोर्चालाई कुनै आधीकारिक पत्र नपठाएको दाबी गर्दै दिल्लीमा प्यानल डिस्कसन आयोजना गर्छ भन्ने कुरा पत्रकारहरुकै मार्फत थाह पाएको जानकारी गराए। यसै क्रममा तिनले टास्क फोर्सले दिल्लीमा प्यानल डिस्कसन आयोजन गरेर मोर्चा नगए आफुहरुले खुल्ला डिस्कसनमा मोर्चालाई बोलाएर पनि आएन भन्ने आरोप लगाउँनलाई नै दिल्लीमा गर्न खोजेको आरोप लगाउँदै यस्तो खुल्ला डिस्कसन गर्ने टास्क फोर्सलाई आँट छ भने दार्जीलिङ पहाड तथा सिलगडी डुवर्सको कुनै पनि स्थानमा लाखौ जनता अघि राख्नु भनि बताएका छन। 
यसको साथै टास्क फोर्सले जीटीएमा भूल छ भनेर दिल्लीबाट नभनेर दार्जीलिङ, कालेबुङ तथा मिरिक आदी स्थानहरुमा भनेको बताउँदै यदि प्यानल डिस्कसन दिल्लीमा गर्छौ भनेर दिल्लीबाटै प्रेस बिज्ञप्ति आदी दिनुको साथै दिल्लीबाटै निमन्त्रणा समेत मोर्चालाई दिएको भए उक्त प्यानल डिस्कसनमा भग लिन जाने थियौ भन्दै “आँट छ भने लाखौ जनताको अघि पहाडमा गर” भनि बिनय तामङले टास्क फोर्सलाई थप चुनौति दिएका छन। स्मरण रहोस गोर्खा जनमुक्ति मोर्चाले 44 महिना आन्दोलन गरेर जीटीएमा सम्झौता गरेर भूल गर्योस भन्नुको साथै जीटीएको सम्झौतामा दुईदर्जन भूल छ भनि टास्क फोर्सले आरोप लागाए पछि मोर्चा अनि टास्क फोर्स माझ शुरु भएको वाक युद्धकै फलस्वरुप खुल्ला प्यानल डिस्कसन गर्ने चर्चा शुरु भएको थियो। यसै क्रममा टास्क फोर्सले जीटीएमा रहेको भूलहरु सर्बजनिक गर्न अनि गोर्खाल्याण्डको औचित्य बुझाउँन देशभरीका बुद्धिजीविहरुलाई निम्ताएर दिल्लीको कन्सटिट्युसन भवनमा टास्क फोर्सले खुल्ला प्यानल डिसकस राखेर गोजमुमो पार्टीलाई जवाद दिने घोषणा गरेपछि अहिले उक्त वाद विवादले नयाँ मोड लिएको छ। मोर्चाले आज दार्जीलिङ पहाडमा खुल्ला प्यानल डिस्कसन राख्ने चुनौति दिए पछि अब के हुने हो भन्ने कुरा खुबै चासोको बिषय बन्न पुगेको छ।

No comments: