डी के वाइबा: कालेबुङ 19 मई: आगमी 21 मईको दिन दार्जीलिङमा अखिल भारतीय गोर्खालिग पार्टीले स्व मदन तामङको पुण्य तिथी पालन गर्ने तय गरेको छ भने त्य्सै दिन गोजमुमो पार्टीले समेत जनसभा गर्ने घोषणा गरेको छ। यस बिषयमा आज दार्जीलिङबाट कालेबुङ आईपुगेका गोजमुमो सहसचिव राजु प्रधान प्रधानसित जान्न चाहँदा मोर्चाले अभागोलिको जनसभालाई बाधा दिन आफुहरुले जनसभा गरेको होईन भनि स्पष्टिकरण दिएका छन। दार्जीलिङमा 21 मईको दिन जनसभा गर्ने मोर्चाको पूर्वघोसित कार्यक्रम रहेको दाबी गर्दै उक्त जनसभा हुने दाबी गरे। आफुहरुले कसैलाई बाधा दिने चाहना नराखेको बताउँदै मदन तामङको पुण्यतिथीमा कुनै जनसभा छ भनेर आफुहरुलाई थाह समेत नभएको तिनले बताएका छन। गोजमुमो पार्टीको जनसभा हुने कुरा पार्टीले अघिबाटै तय गरेको बताउँदै क्षेत्रको शान्ति शृखला बिगार्ने गोजमुमो पार्टीको योजना नरहेको तिनले यसै अवधी स्पष्टिकरण दिएका छन।
No comments:
Post a Comment