Pages

Friday, 18 May 2012

लाखौ पर्यटकलाई लोभ्याउने लाभा आफै अस्वस्थ



प्राथिमिक उपचारको निम्ति पनि अलगडा र कालेबुङ धाउनु पर्ने 

 कालेबुङ, 18 मई: पहाड़ चढ्ने पर्यटकहरू लाभा घुम्न बिर्सिदैन। प्राकृतिक सुन्दरतामा धनी कालेबुङ महकुमाको यो सानो शहर पर्यटनको पर्यावाची बनिसकेको छ। करिब दुइ हजार स्थायी जनसंख्या रहेको यो शहर वरिपरि रिसाप, लदाम, गीतकोलबोङ, शेर्पाटार , शेर्पा गाउँ, कुवा पानी माने डॉंड़ा आदि क्षेत्रहरू अवस्थित छन्। करिब 40 भन्दा धेर साना ठूला होटलहरू रहेको यो शहर प्रसिद्ध नेउरा वन्य प्राणी आरक्षण क्षेत्रसित पनि जोड़िएको छ। यसो हेर्दा सबै कुरामा समृद्ध लाग्ने लाभा तर आम जनताको आम आवश्यकता स्वास्थ्य जस्तो कुराबाट भने वञ्चित छ। उदेकको कुरो के छ भने दैनिक 3 देखि 4 सय देशी विदेशी पर्यटकहरूलाई आफूतिर आकर्षित गर्ने लाभा र लाभावासीलाई स्वास्थ्य राख्न एउटै सरकारी प्राथमिक उपचार केन्द्र धरि यस स्थानमा छैन। कालेबुङ शहरदेखि 33 किलोमिटर टाड़ा र अलगड़ादेखि करिब 16 किलोमिटरको दुरीमा रहेको लाभाले प्राथमिक उचपारको निम्ति अलगड़ा या कालेबुङ शहर नै धाउनुपर्ने बाध्यता रहॅंदै आएको छ। लाभामा अवस्थित कांग्यु थेकचेन लिङ गुम्बामा अवस्थित स्वास्थ्यालयबाट यहॉंका स्थानीयवासीहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेको भ ेपनि करिब आधा दर्जन गाउँहरूले ढाकेको यो शहरलाई यो एउटै मात्र स्वास्थ्य केन्द्र पर्याप्त नहुने स्थानीयवासी बताउँछन्। लाभाका समाजसेवी फोनुर शेर्पा अनुसार दैनिक पर्यटकहरू ओहोर दोहोर भइरहने हुँदा पर्यटकहरूलाई पनि स्वास्थ्य उपचारको उत्तिकै खॉंचो हुन्छ। कतिपय पर्यटकहरू स्वास्थ्य बिग्रॅंदा उपचारको अभावमा आफ्नो भ्रमण बीचैमा छोड़ेर लाभाबाट फर्किने गरेको पनि उनी बताउँछन्। यो क्षेत्र वनप्राणी आरक्षण क्षेत्र पनि रहेकाले हिंस्रक वन्यजन्तुहरूको आक्रमणको खतरा पनि उत्तिकै हुने गर्छ। केही बर्षअघि भालुको आक्रमणमा गम्भीर घाइते भएका दुइ आमा छोरालाई हतार हतार 33 किलोमिटर टाड़ामा अवस्थित कालेबुङ शहर लगेर बचाइएको घटनालाई शेर्पा सम्झना गर्छन्। लाभामा अवस्थित जलाशयमा डुबेर मृत्यु भएका दुइ विद्यार्थीहरूको घटना पनि सम्झॅंदै शेर्पाले प्राथमिक उपचारको व्यवस्था भइदिए समय छॅंदै यस्ता धेरै दुर्घटनाहरूबाट ज्यान बताउन सकिने बताउँछन्।

No comments: