Pages

Monday 30 April 2012

तराई डुवर्समा गोर्खा बहुलको कुरा गरेर अर्को ऐतिहासिक भूल गर्नु नहुने टास्क फोर्सको सुझाव जीटीएको सम्झौता गरेर नै गोजमुमो पार्टीले भूल गर्योि – मुनिष तामङ

तराई डुवर्समा गोर्खा बहुलको कुरा गरेर अर्को ऐतिहासिक भूल गर्नु नहुने टास्क फोर्सको सुझाव जीटीएको सम्झौता गरेर नै गोजमुमो पार्टीले भूल गर्यो – मुनिष तामङ 

डी के वाइबा:कालेबुङ 30 अप्रेल : छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको बाटोमा जीटीए बाधा भयो भन्ने टास्क फोर्सले जीटीएको सम्झौता नै भूल भयो भनि दाबी गरेको छ। दिल्लिबाट कालेबुङ आईपुगेका टास्क फोर्सका महासचिव मुनिष तामङले आज पत्रकार सम्मेलनमा कुराकानी गर्दै जीटीएको सम्झौता गरेर गतिलो गल्ति गरेको दाबी गरे। 

आफुहरु केवल गोर्खाल्याण्डको मुद्दालाई अघि ल्याएर काम गरिरहेको बताउँदै गोर्खाल्याण्डको निम्ति काम गर्दा बाटोमा आउँने बाधाहरुलाई समेत बिरोध गर्न पछि नपर्ने तिनले जनाए। यसै सिलसिलामा तिनले बिगत केहि महिना अघिदेखि आफुहरुले गोर्खाल्याण्डको मुद्दालाई अघि सारेर काम गरिरहेको सन्दर्भमा जीटीए बाधा भयो भन्ने बुझेर नै यसको बिरोध गर्न थालेको तिनले स्पष्टिकरण दिए। तिनले भारत भरी छरीएर बसेका सम्पूर्ण गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा र राष्ट्रिय चिन्हारी केवल छुट्टै राज्यले मात्र बोक्न सक्ने दाबी गर्दै गोजमुमोले जीटीएको सम्झौता गरे पछि सम्पूर्ण भरतभरिका राजनैतिक दलहरु लगायत राजनैतिक समालोचकहरुले समेत गोर्खाहरुको समस्या समाधान भयो भनेर हल्ला पिटिरहेको तिनले जानए। यतिमात्र होईन भारतका राष्ट्रपति प्रतिभा पाटिलले समेत जीटीएको सम्झौता गरेर गोर्खाहरुको समस्या समाधान भयो भन्नु दुर्भाग्यजनक रहेको तिनले दाबी गरे। गोर्खाल्याण्डा टास्क फोर्सले जीटीएको सम्झौता भूल भयो भन्नुको साथै यस भूललाई सुधारेर नयाँ स्वीकार गर्छ भन्ने कुरा पनि होईन भनि स्पष्ट पार्दै आफुहरुको केवल एउटा मुद्दा गोर्खाल्याण्डा मात्र रहेको तिनले जनाए। तिनले जीटीए जबसम्म हुन्छ तब सम्म गोर्खाल्याण्ड नहुने दाबी गर्दै अब गोर्खाल्याण्डा प्रेमी जनताले आफुहरु गोर्खाल्याण्ड चाहन्छ वा जीटीए चाहन्छ भन्ने कुरा स्पष्ट पार्नुपर्ने तिनले जनाए। अब सम्पूर्ण जनताले आफ्नो अडान स्पष्ट पारेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अघि आउँनुपर्ने तिनले आह्वान गर्दै जीटीए केवल झूटको सम्झौता रहेको दाबी गरे। “

दार्जीलिङ पहाडका मानिसहरु गोर्खाल्याण्डको निम्ति अघि आएका थिए। सबै जनता आन्दोलनमा ईमान्दार बनेर लडे तर, कतिपय स्वार्थी नेताहरुको चालमा परेर जनताले आफ्नो सपना पुरा गर्न सकेन। त्यसै कारण पनि हामी जीटीएलाई झूट र छलको सम्झौता भन्छौ” – मुनिष तामङले भने। तिनले यसै क्रममा जीटीएको सम्झौता भूल मात्र नरहेको दाबी गर्दै जनतालाई समेत भूल प्रचार गरेर भ्रममा पार्ने काम गरिरहेको दाबी गरे। गोर्खाल्याण्ड आन्दोलनको नाममा जनताले आफ्नो रगत बगाउँनुको साथै ज्यान समेत दिएको बताउँदै नेताहरु भने पैसा र सहुलियतको पछि कुदेर गोर्खाल्याण्डको मुद्दालाई नै पछि राखेको थप तामङले दाबी गरे। पहिले बङगाल चिहान हो भनेर दाबी गर्ने नेताहरुले अहिले त्यही चिहानलाई स्विजरल्याण्ड बनाउँछु भन्दा चिहानबाट बहिर निस्कने कुरा गर्न भने भुलिएको तिनले बताउँदै जीटीएको सम्झौतामा गोजमुमो प्रमुख बिमल गुरुङले सही नगरेर महासचिवले सही गरेको छ भन्नु नितान्त हाँस्यस्पद कुरारहेको तिनले बताए। यसै सिलसिलामा तिनले भारतका बिदेश मन्त्रीले कुनै बिदेशी कुरामा सम्झौता गर्दा प्रधान मन्त्रीले यो मैले सही गरेको होईन भनेर भन्नु हाँसौठदो कुरा रहेको बताउँदै मोर्चाको कुरा पनि सोहि प्रकारको हो अनि यो केवल जनतालाई ढाँट्न रचेको नाटक बाहेक केहि होईन भने। यदि यसकुरामा कुनै सत्यता छ भने अथवा मोर्चा प्रमुखलाई कुनै जानकारी बिना नै जीटीएको सम्झौतामा सही गरेको हो भने पहिले मोर्चाले महासचिवलाई आफ्नो पदबाट राजिनामा दिनलगाएर अथवा पार्टीबाट निस्कासन गरेर जनताको हितमा पुन गोर्खाल्याण्डाको आन्दोलनमा जोडियोस भनि तिनले सुझाव राखे। यसो गरेको खण्डमा मात्र मोर्चा प्रमुख अथवा गोजमुमो पार्टी गोर्खायाण्डाको मुद्दामा ईमान्दार छ भन्ने कुरा सबिले बुझ्न सक्छ भनि तिनले जनाए। यस्तो परिस्थितिमा पार्टीको महासचिवलाई पार्टीको पदमा राखि राख्नु अनि तिनले सही गरेको सम्झौता मैले गरेको होईन भन्नु झूटको नाटको हो भनि मुनिस तामङले दाबी गरे। 

नेताहरु कतिको ईमान्दार छ भन्ने कुरा भाषणले होईन तर कामले प्रमाणित हुने बताउँदै मोर्चा नेताहरुको काम हेरेर नै जनताले तिनीहरुको ईमान्दारीपन बुझ्न पर्ने तिनले थपे। यसै क्रममा जब जब देशमा छुट्टै तेलेङगना राज्यको माग चर्किन्छ तब तब मोर्चा नेताहरुले तेलेङगना राज्य गठन भए हामी गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँछु भन्ने कुराले पनि मोर्चाले छुट्टै राज्य गोर्खाल्य़ाण्डको मुद्दालाई भन्दा जीटीएको मुद्दालाई प्रमुखता दिएको प्रमाणित भएको तिनले जनाए। तिनले गोर्खाल्य़ाण्डको मुद्दालाई तेलेङगणाको मुद्दासित नजोड्ने सुझाव दिदै तेलेङगणा राज्य गठन नभए मोर्चाले त्यसो भए गोर्खाल्य़ाण्डको आन्दोलन नगर्ने ? भनि प्रश्न तेर्साए। तिनले पहिले तराई डुवर्सको एक ईञ्च जमिन छोड्दिन भन्ने नेताहरुले अहिले आएर गोर्खा बहुल क्षेत्रहरुको कुरा गरेर गल्ति गरिरहेको बताउँदै टास्क फोर्सले गोर्खा बहुल क्षेत्र होईन तर दार्जीलिङको ऐतिहासिक भूभाग मिलाएर गोर्खाल्य़ाण्ड राज्य बनिनुपर्छ भनि माग गरेको बताउँदै यदि यस पल्ट गोर्खा बहुल क्षेत्रको कुरामा सम्झौता भयो भने आगमी दिनमा गोर्खाल्य़ाण्डा राज्यको कुरा गर्दा सोहि दस्तावेजलाई सरकारले अघि सारेर तराई डुवर्समा गोर्खाहरु अल्पसंख्यकको रुपमा छ भनि आन्दोलनलाई दबाएर राख्ने तिनले दाबी गर्दै मोर्चाले यस्तो ऐतिहासिक गल्ति गर्नु हुँदैन भनि मुनिष तामङले सुझाव दिए। यस अवसरमा टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधान, टास्क फोर्सकै राष्ट्रिय समन्वयक आर मोक्तान, टास्क फोर्सका सहयोगि दल गोरानिमो प्रमुख दावा पाख्रिन अनि अभागोलि महासचिव प्रताप खाति उक्त पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए।

No comments: