Pages

Monday 30 April 2012

आईसीडीएस केन्द्रहरुमा नानीहरुलाई खाद्यान्न खोई – तारा सुन्दास

आईसीडीएस केन्द्रहरुमा नानीहरुलाई खाद्यान्न खोई – तारा सुन्दास 

डी के वाइबा:कालेबुङ 30 अप्रेल : दार्जीलिङ पहाडमा रहेका आईसीडीएस केन्द्रहरुमा बिभागले नानीहरुको निम्ति खाद्यन्न नदिएको कारण अहिले नानीहरु भोकै बस्न परिरहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। तिनले गत 7 अप्रेल 2012 को दिन बिभागले सरकारलाई दार्जीलिङ पहाडमा मोठ 2,119 वटा आईसिडीएस केन्द्रहरु सञ्चालन भईरहेको रिपोर्ट बुझाएको दस्तावेज देखाउँदै उक्त केन्द्रहरुको निम्ति सरकारले अनुमोदन गरेको खाद्यन्नहरु कता हराउँदैछ भनि प्रश्न तेर्साए। 

“सरकारले सबैतिर आईसीडीएस केन्द्रहरुमा नानीहरुलाई खाद्यन्न बितरण गरिरहेको छ। मधेस खण्डमा यसको सञ्चालन राम्रै भईरहेको छ तर, दार्जीलिङ पहाडमा भने सरकारबाट आउँने खाद्यन्नहरु कुन दुलोमा पस्दैछ ? खाद्यन्न नभएर अहिले नानीहरुले हावा मिठाई खानुपरिहेको समयमा पनि बिभागको नजर किन पर्दैन?” सुन्दासले एकपछि अर्को प्रश्न गरे। केन्द्र सरकारले नानीहरु कुपोषणको शिकार नबनोस भनेर शुरु गरेको परियोजनमा पनि बिभागले लापार्वाही गरेको आरोप लगाउँदै यस्तो लापारवाही माकपाले कुनै पनि हालतमा सहन नगर्ने तिनले स्पष्ट जनाए। यसै क्रममा तिनले दार्जीलिङ पहाडमा आईसीडीएस कर्मी र सहकर्मीहरुको समेत बिभागले नियुक्ति नगरेको कारण अनेकौ समस्याहरु सृजना भईरहेको दाबी गर्दै यथाशिघ्र रिक्त स्थानहरुमा कर्मी र सहकर्मीहरुको नियुक्ति गरेर समस्याको समाधान गर्नुपर्ने माग गरे। तिनले यस सम्बन्धमा कुनै पनि राजनैतिक पार्टीले राजनीति नगरेर नानीहरुको अधिकारको निम्ति आवाज उठाउँनुपर्ने माग गरे। सोहि क्रममा तिनले अहिले घरी आईसीडीएसमा सुपरभाईजरहरुको पनि थुप्रै रिक्त पदहरु रहेको बताउँदै उक्तपदहरुमा पनि चाँडै नियुक्ति बिभागले गर्नुपर्ने माग गरे। 
तिनले सरकारी नियम अनुरुप कुनै कर्मचारी स्नातक उतीर्ण रहनुको साथै तीन वर्षसम्म कामको अनुभव भएको अनि सोहि प्रकारको कुनै कर्मी माध्यमिक उतीर्ण रहेको अनि दस वर्षसम्म कामको अनुभव रहेको खण्डमा तिनको बडोत्तरि हुने प्रावधान रहेको बताउँदै उक्त नियम दार्जीलिङ पहाडमा अहिले सम्म नभएको आरोप लगाउँदै सरकारले उक्त नियमलाई पालन गर्नुपर्ने माग गरेका छन।

No comments: