Pages

Thursday 5 April 2012

गोजमुमो भर्सेस गोटाफो : तराई डुवर्स सम्बन्धि शुरु भयो वाक युद्ध

गोजमुमो भर्सेस गोटाफो : तराई डुवर्स सम्बन्धि शुरु भयो वाक युद्ध

डी के वाइबा: कालेबुङ ५ अपेल: तराई डुवर्स जीटीएमा अन्तर्भुक्ति हुने कुरा निश्चित हुन अधि नै गोजमुमो अनि गोर्खाल्याण्ड टास्क फोर्समाझ वाक युद्ध सुरु भएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरेर जीटीएमा सम्झौता गर्ने गोजमुमो पार्टीले तराई डुवर्सलाई धोका दियो भन्ने आरोप लगाए पछि दुई दलमाझ वाक युद्ध सुरु भएको हो। एकातिर गोजमुमो पार्टीले गोर्खाल्याण्डको कुरा गरेर जीटीएमा तराई डुवर्स अन्तर्भुक्ति हुन्छ भन्ने आश्वासन दिंदै तराई डुवर्स भनेर छोडेको टास्क फोर्सको दाबी छ भने अर्कोतिर मोर्चाले तराई डुवर्सबासीको हित चहाने गोर्खाल्याण्ड टास्क फोर्सले भने जनतामा भ्रम सृजना गर्ने काम गरेर तराई डुवर्सबासीलाई घोका दिएको दाबी गरेको छ। गोर्खाल्याण्ड टास्क फोर्सले तराई डुवर्स वासीको निम्ति मोर्चालाई भन्दा धेर चिन्ता लाग्छ भने किन मोर्चाले जति पनि तराई डुवर्सबासीको हितमा काम गर्न सकेको छैन भन्दै काम नगरिकन मोर्चालाई ठग्यो भन्ने आरोप लगाउँनु हाँस्यस्पद कुरा रहेको गोजमुमो सांगठनिक सचिव सामुएल गुरुङले दाबी गरेका छन्। तिनले आज यहाँको पार्टी कार्यलयमा पत्रकारहरुसित कुराकानी गर्दै टास्क फोर्सले मोर्चालाई कुनै पनि आरोप लगाउँन अघि मोर्चाले ल्याउँन सकेको उपलब्धिहरुलाई हेरेर टिप्पणी गर्नु पर्ने सुझाव दिएका छन्।

No comments: