Pages

Thursday 5 April 2012

कालेबुङ शहरमा गोरामुमो पार्टीले स्थापना दिवस मनाउँने हल्ला मात्र चल्यो

कालेबुङ शहरमा गोरामुमो पार्टीले स्थापना दिवस मनाउँने हल्ला मात्र चल्यो

डी के वाइबा: कालेबुङ ५ अपेल: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीले कालेबुङमा पनि स्थापना दिवस मनाउँने बिहानै हल्ला फिजिए पछि शहरमा एका एक चहल पहल बडेको थियो। यस अवसरमा बिहानै देखि यहाँको डम्बर चौकमा गोजमुमो पार्टीको भतृ संगठन युवा मोर्चा कार्य कर्ताहरु ब्यापक रुपले भेला भएका थिए। यद्धपी गोपरामुमो पार्टीले यहाँको कुनै स्थानमा आफ्नो स्थापना दिवस पालन गरेन। आज मिरिक, गाडीधुरा लगायत अन्य स्थानहरुमा गोरामुमो पार्टीले आफ्नो पार्टीको स्थापना दिवस पालन गर्ने अगावै घोषणा गरेको थियो भने कालेबुङमा भने मनाउँने कुनै हल्ला थिएन। तथापी बिहानै कालेबुङमा पनि पार्टीले स्थापना दिवस पालन गर्ने हल्ला भने फिंजिएको थियो। यतिमात्र नभएर गोरामुमो पार्टी कार्यकर्ताहरुले यहाँको कतिपय स्थानहरुमा स्थापना दिवसको अवसरमा पार्टीको झण्डा लगाईरहेको हल्ला समेत चलेपछि प्रशासन समेतर चनाखो बनेर कतिपय स्थानहरुमा गस्ति लगाउँने काम भएको थियो। यद्यपी दिन भरीमा कालेबुङको कुनै पनि स्थानहरुमा गोरामुमो पार्टीको न त झण्डा लगाईयो न त स्थापन दिवस नै मनाउँन समर्थकहरु भेला भए।

No comments: