Pages

Thursday 5 April 2012

जिन्दगी आउँदैन फर्केर अब दर्शकहरुमाझ

जिन्दगी आउँदैन फर्केर अब दर्शकहरुमाझ

कालेबुङ मणि तामङ: टेली चलचित्र ज्योती बिनाको उज्यालो पछि,बिशिष्ट बिक्रम पराजुलीको ब्यानरमा फेरी एकपल्ट दर्शकहरुले फिचर फिल्म् जिन्दगी अहाउदैना फर्केर हेर्न पाउने भएका छन्| बिधार्थी, अभिभावक,अनि शिक्षक माझको समस्यामाथि आधारित अनि संचेतनामुलक चलचित्रको प्रिमियर शो भोली यँहाको रामकृष्ण रंगमय्चमा सम्पन्न हुने भएको छ|दुई घण्टा बिस मिनट समयको उक्त चलचित्रमा स्थानि कलाकारहरु महेन्द्र बागदास,मदन भुजेल,दावा घिसिङ,सपना बरदेवा,प्रतिमा छेत्री आदीले अभिनय गरेका छन्|


सिलगडी,मिरिक,मङपंङ,लगायत कालेबुङका विभिन्न क्षेत्रहरुमा चलचित्रको छाँयाकंन गरिएको छ| निर्माता बिक्रम पराजुलीले जनाँए अनुसार यसचोटी निमार्ण भएको चलचित्रलाई हाई डेफिनेशनमा निमार्ण गरिएको अनि कोलकताको फिल्म् सेनसेरबोर्डबाट सेनसेर गरेर अन्य ठाँउहरुको हलरुमा पनि प्रदर्शनी गर्ने लक्ष्यलेनै चलचित्र निमार्ण गरेको जनाँए|बिगतका चलचित्रहरु भन्दा यसचोटी तकनिकी पक्षलाई बडावादिएर समाजमा घटिरहने घटनाहरुमाथि आधारित भएकोले दर्शकहरुले निश्च्यनै फिल्म मनपराउने आशा राखेको पराजुलीले बताँए|
यता फिल्मका निर्देशक अमर रसाईलीले दार्जीलिङमा मात्र चलचित्र प्रर्दशनि नगरेर नेपाल, मुम्बई आदी ठाँउहरुमा पनि प्रर्दशनी गर्ने उध्शयलेनै धेरै लागत लगाएर अनि तकनिकीपक्षलाई बेसी ध्यान दिएक तिनले जनाँए|क्रेन,ट्रली,लाइट अनि काठमाण्डुका ख्यातीप्राप्त क्यामारामेन भएको कारणले यसचोटी चलचित्र निर्देशन गर्न छुट्टै अनुभव भएको रसाइलीले बताँए|
उल्लेखनिय छ बिगतका समयहरुमा भन्दा अहिलेघडी कालरबुङमा फिल्मको क्रेज निक्कै बडिरहेको देखिन्छ भने कलाकारहरुको कलामा पनि निक्कै निपुनता छाएको देखिन्छ|

No comments: