Pages

Saturday 28 April 2012

केटीहरू चुम्छन् त म के गरूँ?

केटीहरू चुम्छन् त म के गरूँ? 

THURSDAY, 26 APRIL 2012  नागरिक लोकप्रिय बलिउड गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको आफ्नै स्टारडम छ। गायक, नायक र टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यलाई स्टेजमै पुगेर चुम्ने क्रेजी फ्यान छन्। गएको शनिवार लाइभ कन्सर्टमा आदित्यको प्रस्तुतिमा रमाउन पायो पोखरा। पहिलोपटक नेपाल आएका आदित्यले 'जरा सा दिलमे जगह दे तु', 'पहला नशा' आदि चर्चित हिन्दी गीत गाएका थिए। आदित्यनारायण झा। तस्बिर : छवि मगर बाल्यकालमै नेपालीसहित झन्डै दुई दर्जन फिल्मका गीतमा स्वर दिएका र आधा दर्जन भारतीय फिल्ममा अभिनय गरेका आदित्य कलिलो उमेरमै स्टार भइसकेका थिए। उनले हिन्दी फिल्म 'सापित' मार्फत नायकका रूपमा डेब्यु गरेका हुन्। आदित्यसँग मनोज घर्तीमगरले गरेको कुराकानी : 

नेपालमा गाउँदा कस्तो लाग्यो? 

एकदमै खुशी लाग्यो। जे सोचेर नेपाल आएको थिएँ, त्यही पाएँ। कार्यक्रम पनि साह्रै राम्रो भयो। पोखरा आफैँमा बिग सिटी हो। यहाँका हजारौँ दर्शकका अगाडि पर्फर्म गर्न पाउँदा हर्षित छु। 

स्टेजमा गाउन कत्तिको सजिलो हुन्छ? 

लाइभ गाउनु आफैँमा कठिन कुरा हो। तर गायकले मेहनत त गर्नैपर्यो् नि। मैले पनि गरेको छु। सबै तयारी चाहिन्छ। सोचेजस्तो सजिलो त पक्कै छैन। स्टेजको म्यामनेजमेन्ट राम्रो चाहिन्छ। साउन्ड, लाइटिङ सबै मिलेको हुनुपर्छ। लगातार दुईतीन घण्टा गाउनु गाह्रो काम हो। 

पोखरेली दर्शकले कत्तिको साथ दिए त? 

पोखरेली दर्शकले प्रत्येक गीतमा साथ दिए। मैले भिडियो पनि खिचेको छु। त्यो भिडियो हेरर ममीपापा धेरै खुशी हुनुभयो। 'छोरोले नेपाल गएर राम्रो गर्योभ' भनेर उहाँहरू गद्गद हुनुहुन्छ। मेरो कन्सर्टमा दर्शकको ओइरो लागेको थियो। पुलिस र स्वयंसेवकलाई भीड थाम्न गाह्रो भएको थियो। यहाँका दर्शकले दिएको माया म सधैँ सम्भि्करहनेछु। 

 तपाइँले नेपाली गीतलाई प्राथमिकता दिनु भएन रे नि? 

मैले नेपाली गीत पनि गाएको थिएँ। स्टेजमा 'यो गाउँको ठिटो म' गाउँदै प्रवेश गरेको हुँ। हाम्रा धेरै गीत छन्। सबै गीत एउटै कार्यक्रममा त कहाँ गाउन सकिन्छ र? आर्टिस्टले आफ्ना सबै हिट गाना एउटै कार्यक्रममा गाउन सक्दैन। सबै गायो भने फेरि कसले बोलाउँछ र? यो आर्टिस्टको ट्याक्टिस पनि हो। 

नेपाली गीत थोरै गाउनुभएको छ, हैन? 

कुनै पनि आर्टिस्टबाट दर्शक र स्रोताले राम्रो गीतको आशा गरेका हुन्छन्। आर्टिस्ट पनि बेस्ट गीत गाउन चाहन्छ। त्यसका लागि सबैभन्दा ठूलो कुरो मेहनत नै हो। गीत भन्दैमा जस्तो पायो त्यस्तै गाइँदैन। जुन स्टुडियोमा पायो, त्यहीमा रेकर्ड गर्ने कुरा हुँदैन। सस्तो भयो भन्दैमा हामीले गीत रेकर्ड गराइहाल्ने कुरा आउँदैन। राम्रो स्टुडियोमा राम्रो गीत गाउने चाहनाले गर्दा मैले नेपाली गीत थोरै गाएको हुँ। आफूलाई गायक, नायक, भिजे के भनेर चिनाउनुहुन्छ? म एउटा इन्टरटेनर हुँ। मैले दर्शकलाई के गर्दा मनोरञ्जन दिनसक्छु, त्यही गर्न सक्नुपर्छ। अडियन्सलाई के मन पर्छ, के रमाइलो लाग्छ, त्यही गर्ने हो। मैले आफ्नो फिल्डमा सबै काम गरेको छु। मैले जे गर्दा अडियन्स खुसी हुन्छन्, म त्यही गर्छु। अडियन्सलाई खुसी बनाउन म गाउन, नाच्न, एंकरिङ गर्न, अभिनय गर्नसक्छु। त्यसैले अडियन्सले मलाई गायक, नायक र भिजेकै रूपमा चिन्छन्। 

तपाईँ कस्तो गायक हो? 

म भर्सटाइल गायक हुँ। सबै प्रकारका गीत गाउन सक्छु र गाएको पनि छु। म धेरै गीत सुन्छु। त्यही भएर गाउन पनि सक्छु। 

सानै उमेरमा गाएर राम्रै कमाइ गर्नुभयो, क्यारे? 

हा हा हा ... ठीकै हो। मैले लास्ट इयरको पापाको बर्थडेमा बिएमडब्लु गाडी उपहार दिएँ। बाबा अलि कञ्जुस मान्छे हो। यस्तो राम्रो गायक भएर पनि राम्रो गाडी नचढ्ने भन्नेहरू छन्। तर पापा एकदम सिम्पल मान्छे हो, त्यही भएर गाडी दिएको हुँ। मैले कमाएको सबै पैसा आमाबाबाका लागि खर्च गर्छु। 

प्रेम प्रस्ताव कत्तिको आउँछन्? 

प्रस्तावहरू त कति आउँछन् कति! नेपालबाट, भारतबाट धेरै आउँछन्। दुनियाभरिबाट मलाई प्रेम प्रस्ताव आउँछन्। 

गर्लफ्रेन्ड छिन्? 

मेरा धेरै गर्लफ्रेन्ड छन्। तर स्पेसल गर्लफ्रेन्ड एकजना पनि छैन। 

खुब रोमान्स गरिन्छ होला? 

 रोमान्स त गरिहालिन्छ। तर सेक्रेट रूपमा। 

केटीले स्टेजमै आएर किस गर्छन् तपाईँलाई। केटीकै कारण बेला बेला विवादमा पर्नुहुन्छ नि? 

केटीहरू आफैँ आएर किस गर्छन् त म के गरूँ? मैले बोलाएको होइन। केटीहरू नै यस्ता छन् त म के गरूँ? केटीहरूले कलाकारलाई माया गर्नु राम्रो कुरा हो। कति वर्षको हुँदा सेक्सको अनुभव लिनुभयो? चाँडै नै लिएँ। योभन्दा बढी के भनुँ? 

 बिहे कहिले गर्ने त? 

भर्खर त २४ वर्षको भएँ। अहिले बिहेको के टेन्सन? जवानीको भरपूर आनन्द त लिनुपर्योग नि। ३० वर्ष पुगेपछि बिहे गर्छु।

No comments: