Pages

Saturday 28 April 2012

गोर्खायाण्डको बिरोध गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले संविधानको उल्लंघन गरिरहेको हिल कांग्रेसको दाबी

गोर्खायाण्डको बिरोध गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले संविधानको उल्लंघन गरिरहेको हिल कांग्रेसको दाबी 

डी के वाइबा:कालेबुङ 28 अप्रेल: तराई डुवर्समा केहिदिन अघि गोजमुमो अनि आबिप बारला पन्थिलाई जीटीएको प्रचार गर्न जनसभा गर्ने अनुमति नदिएकोमा हिल कांग्रेसले प्रशासन अनि राज्य सरकारको कडा आलोचना गरेको छ। हिल कांग्रेसका महासचिव दिलिप प्रधानले आज पत्रकारहरुसितको भेटघाटमा कुराकानी गर्दै राज्य सरकार अनि प्रशासनले जनसभाको अनुमति नदिएको कारण नै क्षेत्रमा अशान्ति फैलिएको दाबी गरे। गणतान्त्रिक देश भारतमा कुनै पनि व्यक्ति वा राजनैतिक दलका नेताहरुले कुनै पनि स्थानमा बोल्ने मौलिक अधिकार रहेको बताउँदै अहिले घरी राज्य सरकारले प्रशासनलाई आफ्नो हातमा लिएर जनताको मौलिक अधिकार समेत खोसिरहेको तिनले दाबी गरे। पहिले राज्यको सत्तामा माकपा सरकार हुँदा जसरी तराई डुवर्समा जनसभा गर्ने अनुमति दिएन सोहि प्रकारको नीति अप्नाएर ममता सरकारले वाक स्वतन्त्रता माथि हस्तक्षेप गरेको तिनले आरोप लगाए। वास्तवमा प्रशासनले कुनै प्रकारको भेदभाव नीति नअप्नाएको भए तराई डुवर्समा शान्ति श्रृंखला भङग हुने प्रश्न नउठने बताउँदै प्रशासनले आफ्नो कर्तब्य पालन नगरेको पनि तिनले आरोप लगाए। 

कुनै पनि कुरा बुझाउँन राजनैतिक पार्टीले कुनै पनि स्थानमा जनसभा गर्न पाउँनुपर्छ भन्दै यसमा प्रशासनले जिम्मेवारी लिएर काम गर्नु पर्थ्यो भन्दै प्रशासनले सुरक्षा दिनुको साटो उल्टै जनसभा गर्ने मानिसहरुलाई रोक्नु निन्दनीय रहेको तिनले जनाए। बिगत दिनमा पूर्व मुख्यमन्त्री ज्योति बसुले दार्जीलिङ पहाड पश्चिम बङगाल राज्यको थिएन भनि श्वेत पत्र जारी गरेर स्पष्ट पारिसकेको बताउँदै हाम्रो ऐतिहासिक भूभागमा अहिले जातिवादी राजनीति गर्नेहरुले साम्प्रदायिक राज्नीति गरेर शान्ति भङग गरिरहेको प्रधानले आरोप लगाए। यसि क्रममा तिनले मुख्य मन्त्री ममता ब्यानर्जीले पनि जातिवादी राजनीति गरेर बङग भङग होभेना भनि बाराम्बार दोहोर्यामउँने गरिरहेको तिनले बताए। 

यस सन्दर्भमा तिनले ममता ब्यानर्जीको आलोचना गर्दै मुख्य मन्त्रीले मुख्य मन्त्रीको भाषा प्रयोग गर्नु पर्ने सुझाव दिए। एउटा राज्यका मुख्य मन्त्री बनेपछि आफुले कुन कुरा बोल्नु हुने नहुने भन्ने जानकारी हुनपर्छ भन्दै तिनले गोर्खाल्याण्ड राज्य हुनेछैन भनेर भारतको संविधानको समेत उल्लघन गरेको दाबी गरे। भारतको संविधानको धारा 3ए ले कुनै पनि नागरिकलाई छुट्टै राज्यको दाबी गर्ने अधिकार दिएको बताउँदै आज संविधानले दिएको अधिकारको बिरोधमा बोल्ने ममता ब्यानर्जीलाई कसले अधिकार दियो भनि तिनले प्रश्न तेर्साए। बिगतका दिनमा गार्जीलिङ डुवर्स बङगालको भूभाग थिएन भनेर सरकारले निकालेको श्वेत पत्र एकपल्ट मुख्य मन्त्री ममता ब्यानर्जीले पढन आवश्यक रहेको छ भन्दै कुनै कुरा नबुझि गोर्खाल्याण्डको बिरोधमा तिनले बोल्न नहुने पनि हिल कांग्रेसका महासचिव प्रधानले सुझाव दिएका छन।

No comments: