Pages

Friday 27 April 2012

कालेबुङका जनताले पिउँने पानी नपाउँनु दुर्भाग्यजनक – तारा सुन्दास


डी के वाइबा:कालेबुङ 26 अप्रेल: कालेबु शहरमा केहिदिन देखि पिउँने पानीको सर्वरहा नभएको कारण शरवासीले अनेकौ समस्या भोग्न परिरहेको छ। बिभागले ट्याकीमा पानी पर्याप्त नभएको कारण चार दिन अघिदेखि पानीको सर्वराह गरेको छैन जसको कारण साधरण जनता पिउँने पानीको निम्ति तडपिनु परिरहेको छ। यस सम्बन्धमा पीएचई बिभागका अधिकारी सित जान्न चाँहदा कुनै सम्पर्क हुन सकेन। मानिसहरु बिभागले बिहान पानी सर्वराह गर्छहोला भन्ने आशा साँच्दा साँच्दै पानी नाअएपछि नियास्रो अनुहार लिएर बिभिन्न स्थानहरुमा रहेको धाराहरुमा एकार्कमाझ झगडा गर्दै पानी थाप्न परिरहेको छ। यसै सिलसिलामा आज माकमा नेता तारा सुन्दासले कालेबु शहरका मानिसहरु अहिलेघरी पिउँने पानीको अभावमा काकाकुली नै बन्न परिरहेको आरोप लगाएका छन। बिभागले शहरमा बिगत चार दिन देखि पिउँने पानीको सर्वराह नगरेको कारण अहिलेघरी उक्त समस्या दिनो दिन जटिल बन्दै गईरहेको  तिनले दाबी गरे। पिउँने पानी मानिसहरुको निम्ति प्राथमिक आवश्यक्ता रहेको बताउँदै बिभागले प्राथमिक आवश्यक चिजबाट पनि अहिले बञ्चित गरिरहेको आरोप लगाउँदै समस्याको समाधान यथाशिघ्र गर्नुपर्ने माग गरे। यसै सिलसिलामा तिनले शहरमा प्रत्येक वर्ष पानीको हाहाकार हुन्छ भनेर जाँन्दा जान्दै पनि बिभागले समस्याको दिर्घकालीन समाधान गर्नको निम्ति कुनै पहल नगरेको आरोप लगाए। पानीको जटिल समस्या हुँदा हुँदै पनि बिभागले कुनै जनतालाई सूचना नदिनु न्यायोचित नरहेको बताउँदै साधारण जनताको हितमा बिभागले पानीको सर्वराह ठिक गरेर बितरण सुचारु गर्नु पर्ने सुन्दासले माग गरे। यसै सन्दर्भमा तिनले नगरपालीका माथि पनि प्रश्न गर्दै शहरमा पिउँने पानीको समस्या जटिल बन्दा नगरपालिका मुक दर्शक बनेर बस्नु नहुने माग गर्दै नगरपालिकाले साधरण जनताको निम्ति वाहनमा पानी बोकेर भए पनि सर्वराह गर्नु पर्ने माग गरे। अहिले गरी ट्याकीमा पानी पर्याप्त नभएको कारण समस्या जटिल बनिरहेको भए पनि बिभाग भने पानीको मुहान हेर्न समेत नपुगिरहेको तिनले दाबी गरे। ट्याकीमा पानी पर्याप्त नाऔँनुको कारण बिभागका अधिकारीहरुले मुहानमा गएर पानी व्यवस्थित नपारेको आरोप लगाउँदै पिउँने पानेको सुबिधाबाट बञ्चित रहनु नितान्त दुर्भाग्यजनक रहेको तिनले बताएका छन। यसै सिलसिलामा तिनले कालेबु शहरमा बिगत दिनमा नगरपालीकाले 110 वटा सार्बजनिक कलहरु राखिदिएको जानकारी गराउँदै अहिलेघरी उक्त सार्बजनिक कलहरु कहाँ पुग्यो भनि तिनले प्रश्न तेर्साए। नगरपालिकाले साधारण जनताको निम्ति पहिल्यैबाट निर्माण गरेको कलहरुलो सूचि हेरेर पुन: उक्त स्थानहरुमा सार्बजनिक कलहरुको निर्माण गर्नुपर्ने माग गर्दै थप 20 वटा सार्बजनिक कलहरु नगरपालिकाले यथाशिघ्र निर्माण गर्नुपर्ने माकपा नेता सुन्दासले माग गरेका छन। तिनले अहिलेघरी कालेबुको पिएचई बिभागले पिउँने पानीको प्रति वर्ष तीन सय रुपिया ट्याक्स लिनेगरेको दाबी गर्दै बिभागले मानिसहरुबाट ट्याक्स लिएपछि पानीको आपुर्ती समेत गर्न आवश्यक रहेको जनाए। बिभागले पानीको ट्याक्स लिएर आपुर्ती गर्न नसक्नु खुबै दुर्भाग्य जनक रहेको बताउँदै पिउँने पानीको समस्या बिभागले समाधान गर्न नसकेको खण्डमा सम्पूरण जनता सडकमा ओर्लिनु पर्ने आह्वान गरेका छन

No comments: