Pages

Friday 27 April 2012

ICDS केन्द्रहरुमा सुपरभाइजर नियुक्ति गर्नको निम्ति सरकारले रोजगार कार्यलयबाट नाम निकालेर इन्टरभ्यु गर्ने पहलमा जनमुक्ति कर्मचारी संगठनको बिरोध


 ICDS केन्द्रहरुमा सुपरभाइजर नियुक्ति गर्नको निम्ति सरकारले रोजगार कार्यलयबाट नाम निकालेर इन्टरभ्यु गर्ने पहलमा जनमुक्ति कर्मचारी संगठनको बिरोध
कालेबुङ: मणि तामङ: सोसिएल वेलफेयर डिपारटमेन्ट अधिनस्थ ICDS प्रोजेक्टले ८ वटा खण्ड बिकास अन्तर्गत रहेका ICDS केन्द्रहरुमा सुपरभाइजर नियुक्ति गर्नको निम्ति सरकारले रोजगार कार्यलयबाट नाम निकालेर इन्टरभ्यु गर्ने पहलको जनमुक्ति कर्मचारी संगठनले बिरोध जनाएको छ|जकसका पदाधिकारिहरुले आज एक पत्रकार सम्मेलन डाकेर सरकारले ICDS केन्द्रहरुमा सुपरभाइजर नियुक्ति गर्नको निम्ति अन्तवार्ता गर्ने पहलको बिरोध जनाँउदै उक्त पहल बन्द गरेर २० बर्ष भन्दा अधिक ICDS मा कार्यरत वरकरहरुलाई बडोत्तरी गरिनु पर्ने जकस अध्यक्ष खड्क बिक्रम सुब्बाले माग गरेका छन्|२० वर्ष भन्दा अधिक कार्यरत वरकरहरुको बडोत्तरी नगरेर सरकारले सुपरभाइजर नियुक्ति गर्ने गरिरहेको प्रयास न्यायसंगत नरहेको सुब्बाले जनाँए| यसबारे जकस ICDS युनिट आज कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीसँगन बैठक गरेर तिनलाई यसबारे अवगत गराँएको सुब्बाले बताए|बिधायक छेत्रीले यसबारे सम्बन्धित बिभागसँग कुराकानी गरेर हस्तक्षेप गर्ने प्रतिशुती दिएको तिनले जनाँए| यसबारे जिल्लापाल पनि फ्याक्स मार्फत ज्यापन प्रेषित गरेको सुब्बाले जनाँएका छन्|


अर्कोतिर जकस ICDS खण्ड एक युनिटका सभाअध्यक्षा चम्पा प्रधानले पनि बिरोध जनाएकी छिन्|तिनले यसबारे बोल्दै बिगत २० बर्षदेखी आइसिडिएस केन्द्रहरुमा कार्यरत वरकरहरुको बडोत्तरी गर्नु पर्ने माग गरेकी छिन्| वरकरहरु यतिका दिन सम्म बडोत्तरीको आशामा बसीरहेको समय सरकारले यस्तो पहल गर्नु न्याय संगत नरहेको बताँइन्| सरकारले यो पहललाई बन्द गरेर वरकरहरुको बडोत्तरी नगरे आफुहरु न्यायलयसम्म जाने चेतावानी दिएकी छिन्, भने सरकारको यस्तो पहललाई बिरोध जनाँउन सबै वरकरहरुलाई अघि अहाउने अह्वान गरेकी छिन्।

No comments: