Pages

Friday 27 April 2012

स्वनिर्भर दलहरुलाई प्रोत्साहन दिन आयोजना गरेको सबला मेलामा स्वनिर्भर बन्ने सपना चक्नाचुर बन्दैछ


डी के वाइबा:कालेबुङ 27 अप्रेल: यहाँको मेला ग्राउण्डमा उतर बगाल बिकास मन्त्री गौतम देवले उदघाटन गरेको हप्तादिन ब्यापी सबला मेलामा मानिसहरुको उपस्थिति नगण्य रहेको कारण स्वनिर्भर समुहहरुका सदस्यहरुको मुनाफा कमाएर स्वनिर्भर बन्ने सपना दिनो दिन चक्नाचुर बनिरहेको छ। आज उक्त मेलाको परिदर्शन गरेर जानकारी लिँदा अधिकाश मानिसहरुले मुनाफा त परैको कुरा तर लागत खर्च समेत निस्कन नसकेको गुनासो पोखेका छन। बिभिन्न ब्याकहरुबाट लोन लिएर उत्पादनहरु निर्माण गरेर मेलामा बिक्रि गर्न आए पनि मानिसहरु नआएको कारण मुनाफा कमाउँने सपना आकाशको फल बनिरहेको धेरजसो स्वनिर्भर दलहरुका सद्स्यहरुले बताए। यसै सिलसिलामा मतिगडाबाट आएका मेघदूत स्वनिर्भर दलका सद्स्य रिपेन बर्मणले आफुहरुले मेलामा जुन आशा साँचेर आएका थिए उक्त आशा मानिसहरुको शुन्य प्राय: उपस्थितिले चक्नाचुर बनेको बताउँदै लागत खर्च समेत निस्कन नसकेको दाबी गरे। 

तिनले आफुहरुले मेलाको तेस्रो दिन सम्ममा कतिपय उत्पादन बस्तुहरु बिग्रेर फ्याँक्न परेको बताउँदै यसको भरपाई सरकारले गरिदिनु पर्ने माग गरे। आफुहरुलाई सरकारले मेलाको आयोजना गरेर स्वनिर्भर बन्नको निम्ति प्रोत्साहन दिन मेलाको आयोजना गरिदिए पनि कुनै स्थाहरुमा पोष्टरि तथा माईकिहरु नग्रिदिएर मानिसहरु मेलामा नआएको कारण प्रोत्साहन त होईन उल्टा निराश बनेको तिनले बताए। सोहि क्रममा खोरिबारीबाट आएका मेनुका सिहले पनि गुनासो पोख्दै मेलामा लागत खर्चा समेत अझसम्म निस्कन नसकेको दाबी गरे। पहिले मेलामा आउँदा निकै बिक्रि भएर आफुहरुलाई स्वनिर्भर बन्नमा सहयोग पुग्छ भन्ने अपेक्षा सँचे पनि अहिले भने व्यर्थै मेलामा आएको भान भईरहेको बताए। तिनले पनि सरकारले मेलाको आयोजना गरिसकेपछि कमसेकम प्रचार प्रसार गरिदिनु पर्थ्यो भन्दै बिभागले प्रचार नगैदिएकै कारण बिक्रि बितरण निराशाजनक रहेको  जानकारी दिए। अर्कोतिर मिर्कबाट आएकी कुमारी गुरुको पनि दुखेसो अन्य स्थानहरुबाट आएका सदस्यहरुको जस्तो रहेको थियो। तिनले पनि मेलामा मानिसहरुको नगण्य उपस्थितिले मुनाफा कमाएर स्वनिर्भर बन्ने सपना चक्नाचुर बनेको बताउँदै सरकारले मेलालो आयोजना गरिसके पछि प्रचार गरिदिनु पर्थ्यो भनि गुनासो पोखे। अहिले घरी मानिसहरुको शुन्यप्राय: उपस्थितिले आफुहरुलाई हौसला बन्नुको सट्टा निराश बनाएको बताए। दिनभरी स्टलमा ग्राहक कुरेर बस्दा बस्दा मेला ग्राउण्डको धुलोले आफुहरु बिरामी बन्न लागेको बताउँदै मेलाको नामम स्वनिर्भर समुहहरुलाई उत्साह पुग्नुको सट्टा हताश बनेको तिनले दाबी गरिन।

No comments: