Pages

Wednesday 18 April 2012

मल्टिकम्प्लेक्स र व्यवस्थित मोटर स्ट्याण्ड : विवादमा नगरपालिका

मल्टिकम्प्लेक्स र व्यवस्थित मोटर स्ट्याण्ड : विवादमा नगरपालिका


डी के वाइबा: कालेबुङ 18 अप्रेल: कालेबुङमा व्यस्थित मोटर स्ट्याण्ड र बहुतल्ले मल्टिकम्प्लेक्स निर्माणको निम्ति अघिबाटै विवादको घेरोमा घेरिएको कालेबुङ नगरपालिका आज पुन विवादमा पर्न पुगे। गत तिन दिन अघि मात्रै नगरपालिकाले नोभेल्टि परिसरमा माँ सन्तोषि टोलका मोठ 35 परिवारहरुलाई स्तान्तरण गर्नको निम्ति महुकुमा पुस्तकालय मुनि रहेको खाली जमीन खन्ने कार्य शुरु गरेको छ भने माटो कटिङ शुरु गरेको तिन दिन बित्न नपाई आज नगरपालीकाले अर्को विवादको सामना गर्नु पर्योम। नगरपालिकाले माटो कटिङ गर्न थालेको स्थानमा रहेको पानीको पाईपहरु बिना सूचना काटिदिने स्थानीय बासिन्दाहरुले जानकारी पाए पछि उक्त विवाद सृजना भएको हो। माटो कटिङ गर्दा त्यस ईलाकामा रहेको पानीको पाईपहरु माटो कटिङ गर्नको निम्ति बाधा बनेपछि नगरपालिकाले पानीको पाईपहरु हटाउँने निर्देस दिनुको साथै पाईप नहाटाए आफैकाटिदिने नगरपालिकाले धम्कि दिए पछि स्थानीय बासिन्दाहरु गुहार माग्न कालेबुङ महकुमा अधीकारी र थाना अधीकारी कहाँ पुगे। क्षेत्रवासीलाई धम्कीस्वरूप नगरपिलाकाले पानीको पाइप हटाउने निर्देश दिएको गुनासो आज अघि आए पछि मॉं सन्तोषि टोलका छिमिकी कल्याण सङ्गले तत्कालै थाना प्रभारी, नगरअध्यक्ष, वारटवक्स सुप्रिटेण्डेन्ट अनि महकुमा अधिकारी कार्यालयमा ज्ञापन बुझायो। महकुमा अधिकारीको अनुपस्थितिमा सङ्घले आज पानीको पाइप हटाउन नहुने भन्दै डिपुटी मेजिस्ट्रेट टीएन शेर्पालाई ज्ञापन बुझाएको छ। पानीको हाहाकार बढिरहेको समय नगरपिलाकाको पाइप उठाइदिने धम्की क्षेत्रबासीहरूलाई न्यायोचित नरहेको दाबी गरेको छ। सङ्घका अध्यक्ष प्रविण मोथेले पत्रकारहरुसित कुराकानी गदै आफुहरुले पीएचई बिभागबाट पानीका पाईपहरु वैद्य गरेर जडान गरेको दाबी गर्दै मानिसहरुलाई पिउँने पानीको अभावमा नगरपालिकाले उल्टै पानीको पाईपहरु हटाउँने निर्देश दिनु कुनै पनि हालतमा न्याय संगत नरहेको दाबी गरे। अहिले कालेबुङमा पानीको समस्या सबै भन्दा प्राथमिक समस्या रहेको दाबी गर्दै नगरपालिकाले समस्याको समाधान गर्नको साटो उल्टै वैद्य तरिकाले जडान गरेको लाईनहरु काट्ने धम्कि दिनु दुर्भाग्य जनक रहेको प्रविण मोथेले थप जनाए।

No comments: