Pages

Wednesday 18 April 2012

न्यू स्ट्रगल को अर्डीनेसन कमिटिले गोर्खाल्याण्ड आन्दोलनको निम्ति जनसम्पर्क अभियान चलाईरहेको छ – अजय दहाल

न्यू स्ट्रगल को अर्डीनेसन कमिटिले गोर्खाल्याण्ड आन्दोलनको निम्ति जनसम्पर्क अभियान चलाईरहेको छ – अजय दहाल

डी के वाइबा: कालेबुङ 18 अप्रेल: एकातिर कालेबुङ पुलिसले युजीआरएफ प्रमुख अजय दहाल बिरुद्ध आज यहाँको अदालतमा चार्जसिट दर्ता गरेर कानुनि प्रक्रिया शुरु गरेकोक छ भने अर्कोतर्फ तिनले हाल युजिआरएफले कुनै काम नगरे पनि आन्दोलनको क्रमलाई कसरी अघि बडाउँन सकिन्छ भनेर जनसम्पर्क अभियान जारी राखेको बताएका छन। तिनले युजीआरएफ आन्दोलनको
निम्ति हाल सक्रिय नरहेको बताउँदै दुई महिना अघिदेखि न्यू स्ट्रगल को अर्डीनेसन कमिटिले जनसम्पर्क अभियान तिब्र पारेर काम गरिरहेको आज यहाँको अदालतमा आफ्नो उपस्थिति दिन आउँदा पत्रकारहरुलाई बताएका छन। तिनले बिगत दिनमा गोरामुमो प्रमुख सुवास घिसिङले आन्दोलन जति गर्न सक्थ्यो त्यति मात्र गरेर गोजमुमोले पनि सकेसम्म मात्र अघि बडाएको बताउँदै गोजमुमो पार्टीले अबको आन्दोलन अघि बडाउँन नसक्ने दाबी दर्दै जनताले गोजमुमोबाट धेर अपेक्षा समेत राख्न नहुने बताएका छन।“गोजमुमो पार्टीले आन्दोलनलाई जतिसम्म सक्थ्यो त्यति गरिसकेको छ अब अघि बडाएर गोर्खाल्याण्ड राज्य ल्याउनेछ भन्ने जनताले अपेक्षा राख्न हुँदैन” अजय दहालले भने। आफुले न्यू स्ट्रगल को अर्डीनेसन कमिटि मार्फत बिभिन्न स्थानहरुमा सचेत युवाहरुसित गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँन कसरि सकिनेछ भनेर जनसम्पर्क जारी राखेको बताउँदै समय आए पछि सबै खुलासा गर्ने जानकारी दिए। अबको आन्दोलनको निम्ति बैचारिक एकता अनिवार्य रहेको बताउँदै बैचारिक एकता बटुलेर आन्दोलन कसरी दिर्घ मियादी बनाई लक्ष्य प्राप्तिको निम्ति अघि बड्न सकिनेछ भनेर नै अन्तरक्रिया समेत जारी रहेको तिनले बताए। यसै सैलसिलामा तिनले गोर्खाल्याण्ड आन्दोलनको निम्ति प्रत्येक पढेका सचेत मानिसहरुमा सुझाव र सल्लाह लिएर ब्लुप्रिन्ट बनिने कार्य समेत जारी रहेको बताए। आन्दोलनकारीहरुले कुनै पनि लक्ष्य प्राप्तिको निम्ति ब्लु प्रिन्ट बनाउँन आवश्यक रहेको बताउँदै यसो गरे मात्र आन्दोलन सही दिशामा अघि बडन सक्ने तिनले दाबी गरे। तिनले यसै क्रममा आन्दोलनलाई अघि बडाउँन प्रत्येक राजनैतिक दल र गैर राजनैतिक दलहरुसित पनि सम्पर्क अभियान जारी राखेको जानकारी दिदै राज्य प्राप्तिको निम्ति प्रत्येक मानिसहरुको सहभागिता आवश्यक रहेको पनि अजय दहालले बताएका छन।

No comments: