Pages

Thursday 19 April 2012

सीबीआईद्वारा कालेबुङमा छापा मारेर करोडौ रुपिया हिनामिनाको आरोपमा एकजना व्यक्ति पक्राऊ


सीबीआईद्वारा कालेबुमा छापा मारेर करोडौ रुपिया हिनामिनाको आरोपमा एकजना व्यक्ति पक्राऊ


डी के वाइबा: कालेबुङ 19 अप्रेल: कालेबु शहरमा आज बिहानै आएका सीबीआई टोलिले छापा मारेर एकजना व्यक्तिलाई करोडौ सरकारी धनराशी हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ। बिहान लकभग छ बजेतिर यहाँको दश माईल फाटक स्थित एम लुकासको घरमा सीबीआई टोलिले छापा मारेर तिनले सरकारी रुपिया हिनामिना गरेको आरोपमा पक्राउ गर्‍यो। यस लगायत यहाँको प्रिमतामा पथ स्थित बो बस्ति निवासी एन के राईको घरमा पनि सीबीआई टोलिले छापा मारे पनि तिनी घरमा उपस्थित नभएको कारण पक्राऊ गर्न सकेन। सिलगडीबाट आएका सीबीआई टोलिले बिहानै छापा मार्न शुरु गरेपछि घरका सदस्यहरु लगायत स्थानीय मानिसहरु सबै अवाक बने। किन अनि कुन अभिष्टको कारण यसरी सीबीआईले छापा मार्न पर्‍यो भन्ने मानिसहरुले चाह राखि रहेकै समयमा सरकारी धनराशी हिनामिना गरेको आरोपमा एम लुकासलाई पक्राऊ गरेको हल्ला फैलिए पछि सबै मानिसहरु तीन छक परे। बिशेष सुत्रमार्फत जानकारी पाए अनुसार स्पाईसिस बोर्ड अन्तर्गत कार्यरत हुँदा एम लुकास माथि सरकारी धनराशी हिनामिना गरेको आरोप लागेको छ। 


सन 1993 मा तिनी स्पाईसिस बोर्ड बिभागमा कर्यरत हुँदा करोडौ रुपिया हिनामिना गरेको तिनी माथि आरोप लागेको थियो। जसको कारण तिनलाई कार्यबाट निलम्बन गरेको सुत्र मार्फत जानकारी पाईएको छ भने यता तिनका पत्नि रेबिका शर्माले भने तिनलाई कार्यबाट निलम्बन नगरेर आफैले भोलेण्टियर रिटायरमेण्ट लिएको दाबी गरिन। तिनी सितै उक्त करोडौ रुपिया हिनामिनाकै आरोपमा फसेका बो बस्ति प्रिमताम पथ निवासी एन के राईलाई पनि सीबीआई टोलि घरमा पक्राऊ गर्न पुगेका थिए तर, तिनी घरमा नहुँदा सीबीआई टोलि एकजनालाई पक्रेर नै सन्तुष्ट बन्न पर्‍यो। सीबीआई टोलिले बिहानै एम लुकासलाई पक्राऊ गरेपछि यहाँबाट तिनलाई सिधै सिलगडी सीबीआई न्यायलयमा लगेर गए। यस बिषयमा पक्राऊ गर्न आएका सीबीआई टोलिका अधेकारीहरुले कुनै मुख खोल्न नमाने पनि सन 1993 मा स्पासिस बोर्डमा कार्यरत हुँदा तिनले बिभागकै सरकारी धनराशी हिना मिना गरेको आरोपमा तिनी लगायत अन्य आरोपिहरु माथि अघिबाटै मुद्दा चलिरहेको थियो। उक्त मुद्दामा आरोपि एम लुकास अनि एन के राईले अघिबाटै जमानत पाएका थिए भने सुनवाईको अवधी प्रत्येक समय न्यालयमा हाजिर हुनुपर्ने अदालतले दिएको निर्देश उल्लंघन गरेर कतिपय सुनवाईमा नगएको कारण नै तिनीहरु बिरुद्ध पक्राऊको वारण्ट जारी भएको जानकारी पाईएको छ। सोहि पक्राऊ वारण्टको बोकेर आज सीबीआई टोलि छापा मार्न कालेबु आईपुगेको सुत्रले बताएका छन। यस अघि पनि उक्त मुद्दामा सीबीआई टोलिले कालेबुमा आएर धेरै पल्ट छन बिन गरेको थाह लागेको छ भने आरोपिहरुलाई भेट्न नसक्दा पक्राऊ गर्न असमर्थ बनिरहेको जानकारी प्राप्त भएको छ। आज सीबीआईको पञ्जामा परेका आरोपि एम लुकास बिरुद्ध भारतिय कानुन अन्तर्गत आईपिसीको धारा 420 अन्तर्गत धोकाधडीको आरोप लागेको छ भने धारा 468 अन्तर्गत बिभिन्न जाली कागज पत्रहरु बनाएर ठग्ने काम गरेको तथा धारा 120 बी अन्तर्गत नियम बिरुद्ध काम गर्न षडयन्त्रहरु रचेको आरोप लागेको छ। जुन आरोपहरु सिद्ध भएको खण्डमा तिनलाई आजीवन कारावस समेत हुने कानुनी प्रावाधान रहेको छ। यता पक्रा परेका आरोपि एम लुकासका श्रीमति रेबिका शर्माले भने आफ्ना पति नितान्त निर्दोष रहेको दाबी गर्दै कतिपय मानिसहरुले बिनाकारण आफुहरुलाई फँसाउन खोजिरहेको दाबी गरिन। आफ्ना पतिलाई बिगत 1993 सालमा नै उक्त आरोपमा मुद्दा लागेको बताउँदै उक्त आरोपमा धेरै पल्ट सीबीआईले सोधपुछ समेत गरिसकेको बताईन।

No comments: