Pages

Wednesday 18 April 2012

सशस्त्र आन्दोलनको घोषणा गर्ने क्रान्तिकारी युवा नेता अजय दहाल बिरुद्ध अदालतमा चार्ज सिट दर्ता


डी के वाइबा: कालेबुङ 18 अप्रेल: बिगत दिनमा युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजीआरएफ) गठन गर्ने अनि पछि बाट त्यसै संगठनको भातृ संगठनको रुपमा युनाईटेड गोर्खा रेभ्युलेसनरी आर्मी (युजीआरए) गठन गरेर सशस्त्र आन्दोलनको घोषणा गर्ने अजय दहाल बिरुद्ध कालेबुङ
पुलिसले आज यहाँको अदालतमा बिभिन्न आरोपहरुमा चार्ज सिट दर्ता गरेको छ। यस अवसरमा युजीआरएफ प्रमुख अजय दहाल लगायत अन्य आरोपिहरु अदालतमा हाजिर बनेका थिए। तिनी बिरुद्ध पुलिसले दायर गरेको चार्ज सिटमा आई पी सी को धार सेक्सन 121ए/122/124/153ए अनि आर डब्ल्यु सेक्सन 25(1)ए लगायत आर्मस एक्टमा मुद्दा दर्ता गरेको छ। यस लगायत अलगडा सन्तुक ग्राम पञ्चायत कर्मी योनसिह लेप्चाको हत्या बिरुद्ध पनि पुलिसले मुद्दा दर्ता गरेको छ। पुलिसले दर्ता गरेको चार्जसिटमा रुद्र आचर्यको पनि नाम रहेको छ भने तिनलाई अदालतले अगावै भगौडे घोषणा गरेको छ। पुलिसले आज यहाँको एडिसनल जुडिसियल मेजिस्ट्रेट अघि अजय दहाल लगायत अन्य आरोपिहरु बिरुद्ध चार्ज सिट दर्ता गर्दा आरोपि दहाल लगायत अन्य आरोपिहरु क्रमैले सुकबहादुर सुब्बा, राम राई, लगन राई, सञ्जय दहाल अनि रोकरित लेप्चा हाजिर रहेका थिए। तिनीहरुलाई अदालतले आगमी 9 मईको दिन अदालतमा पुन: हाजिर हुने निर्देश दिएको छ। यस सन्दर्भमा अदालतमा आफ्नो उपस्थिति दिन आएका युजीआरएफ अजय दहालले पत्रकारहरुसित कुराकानी गर्दै न्यायलयले आफुलाई न्याय दिने कुरामा आशावादी रहेको बताए। तिनले बिगतका घटनाहरुबारे खासै केहि बताउँन नचाहे पनि अब न्यायिक प्रक्रिया अनुरुप नै मुद्दा अघि बड्ने जानकारी दिए। आफुले मिडीयामा निर्दोश अथवा दोषी थिए भनेर केहि नहुने बताउँदै कानुनि प्रक्रिया अनुरुप नै सही के हो भन्ने प्रमाणीत हुने थप बताए।
स्मरण रहोस अजय दहालले 24 नोभेम्बर 2004 को दिन युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजीआरएफ) गठन गरेर तत्कालिन गोरामुमो प्रमुख सुवास घिसिङ अनि राज्य सरकार बिरुद्ध धावा बोल्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको घोषणा गरेका थिए। त्यसैको ठिक दुई वर्ष पछि छ सितम्बर 2006(200छ) को दिन तिनले युनाईटेड गोर्खा रेभ्युलेसनरी आर्मी (युजीआरए) गठन गरेको घोषणा संगै सशस्त्र आन्दोलनको घोषणा गरेका थिए। कालेबुङ शहरको बिभिन्न स्थानहरुमा युजीआरएको घोषणा संगै सशस्त्र आन्दोलन घोषणा गरेको पोष्टरहरु देखा परेपछि तिनी एकाएक भुमिगत बनेका थिए। यसै क्रममा तिनले कालेबुङ महकुमाको अलगडा खण्ड अन्तर्गत सन्तुक जंगलमा युवाहरुलाई सशस्त्र तालिम दिईरहेको समेत चर्चा भएको थियो। सोहिक्रममा युजीआरएले उक्त स्थानमा सशस्त्र तालिम गरिरहेको पञ्चायत कर्मी योनसिह लेप्चाले पुलिसलाई खबर दिएको आरोपमा लेप्चाको 25 अक्टोबर 200छ को दिन हत्या गरिएको तिनी माथि युजिआरए माथि आरोप लागेको छ। जुन हत्याको आरोपमा पछिबाट युजिआरएफ प्रमुख अजय दहालका दाहिने हात मानिने सहयोगी सुकबहादुर सुब्बालाई पुलिसले पक्राऊ समेत गरेको थियो भने अहिले तिनी जमानतमा रिहा भएका छन। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन केवल ब्यालेटले होईन तर बुलेटले मात्र सम्भव छ भनेर सशस्त्र आन्दोलनका घोषणा गर्ने क्रान्तिकारी युवा नेता युजीआरए गठन संगै एका एक चर्चाको शिखरमा पुगेका थिए। तिनको खोजि अभियानमा पुलिसकर्मीहरु लागि परे पनि तिनको पक्राऊ भने हुन सकेको थिए। यद्यपी तिनी भुमिगत हुँदा पनि संगठनको नाममा अनेकौ प्रेस रिलिजहरु भने प्रकाश आईरहेको थियो। यसै क्रममा पछिबाट तिनलाई सिक्किम पुलिसले सिक्किममा हतियासमेत पक्राऊ गरेको थियो। तिनलाई सिक्किम पुलिसले पक्राऊ गरेपछि अनेकौ मुद्दाहरुमा केलेबुङ अदालतमा समेत ल्याईएको थियो भने पछि बाट तिनी सिक्किम अनि कालेबुङका अदालतबाट जमानतमा छुटिएका तिए भने सिक्किम अदालतले तिनी बिरुद्ध लागेको मुद्दाम केहिदिन अघि मात्र निर्दोष रहेको बताएर आरोप मिक्त गरिदिएका छन। यता तिनी बिरुद्धा लगेका मुद्दाहरुमा भने तिनी आज मात्रै पुलिसले चार्ज सिट दर्ता गरेर मुद्दालाई अघि बडाएका छन।

No comments: