Pages

Saturday 7 April 2012

गोरानिमो पार्टीमा २३ जाना युवाहरु सामेल’

गोरानिमो पार्टीमा २३ जाना युवाहरु सामेल
कालेबुङ मणि तामङ’ गोर्खाल्याड टास्क फोर्ससंग मिलेर गोर्खाल्याड आन्दोलनमा लागि परेका गरानिमो पार्टीले पनि आफ्नो समर्थकहरु जुटाउने क्रमलाई जारि राखेको छ|गत केही दिन अघि पनि दार्जीलिङ क्षेत्रका युवाहरु गोरानिमो पार्टीमा सामेल भएका थिए|आज पनि गोरानिमो पार्टीमा कालेबुङ लगायत दार्जीलिङबाट २३ जाना युवाहरु सामेल भए भने दार्जीलिङबाट अन्य पार्टीका ४ जाना नेताहरु पनि गोर्खाल्याड राज्य निमार्ण मोर्चामा सामेल बन्न आएका थिए| पार्टीका अध्यक्ष दावा पाखरिनले खदा लगाइ अनि दलको झण्डा प्रदान गरेर औपाचारिक स्वागत जनाँए|
यता पत्रकारहरुसँग बात गर्दै पाखरिनले भने अहिले गोरानिमो पार्टी बिस्तार रुपले अधिबडिरहेको छ अनि यो पार्टीको लक्ष्य केवल गोर्खाल्याण्ड मात्र रहेको तिनले दाबी गरे| गोर्खाल्याण्ड राज्य निमार्ण मोर्चाको भावी कार्यक्रम दिल्लीमुखी हुने बताउदै,शितकालिन सत्रमा संसदमा गोर्खाल्याण्डको निम्ति धर्ना दिने तनले बताँए|स्मरण रहोस गोजामुमो पार्टी उदय भएपछि गोरामुमो पार्टीको पतन भएर जनताको आक्रोस झेल्न परेका पुर्व पार्षद दावा पाखरिनले दुईबर्ष सम्म समतलमा जिवन बिताएका थिए| पछि तिनी कालेबुङ फर्केर आए पछि गोरानिमो पार्टी स्थापना गरेर हाल यँहाको हिलटप स्थित रहेका पाखरिनले अहिले घडि आफ्नो पार्टी समर्थकहरु जुटाउन लागी रहेका छन्|

No comments: