Pages

Friday 6 April 2012

कालेबुङबाट निर्मित नेपाली चलचित्र ‘जिन्दगी आउँदैन फर्केर’को प्रिमियर शो सम्पन्न

कालेबुङबाट निर्मित नेपाली चलचित्र ‘जिन्दगी आउँदैन फर्केर’को प्रिमियर शो सम्पन्न

डी के वाइबा: कालेबुङ ६ अप्रेल: बिद्यार्थीहरको बड्दो आत्म हत्या बिषयमा आधारीत नेपाली कथानक चलचित्र ‘जिन्दगी आउँदै फर्केर’ को आज यहाँको रामकृष्ण रंगमञ्चमा पहिलो प्रिमियर शो सम्पन्न भयो। यस अवसरमा मधुसुधन लामा अनि फोर्नुर शेर्पा बिशिष्ट अथितिका रुपमा उपस्थित रहेका थिए। बिशिष्ट अथितिद्वयको बाहुलीबाट चलचित्रको डीभीडी तथा गीति क्यासेटको बिमोचना भए पछि चलचित्रको औपचारिक शो सम्पन्न भयो। यस अवसरमा मानिसहरुको खुबै उत्साहजनक भीड रहेको थियो। बिशिष्ट बिक्रम पराजुलीको ब्यानरमा कालेबुङबाट निर्माण भएको उक्त नेपाली कथानक चलचित्रमा सामाजिक समस्यालाई उठाईएको छ। बशन्त पञ्चमिको दिन देखि छायाङ्क सुरु भएको उक्त चलचित्र कालेबुङ, मिरिक मङ्पङ सिलगुडी आदि स्थानहरुमा छायङ्कन गरिएको छ भने चलचित्रमा समाजमा बड्दो बिद्यार्थीहरुको आत्महत्या बिषयलाई खुबै जटिल समस्या मानिएको छ। गत केहि समय यता दार्जीलिङ पहाडमा बिद्यार्थिहरुले गरिरहेको आत्महत्या बिषयले आफुलाई चिन्तित बनाएको कारण यसै समस्या बिषयमा समाजमा सचेतना ल्याउँन हेतु चलचित्र निर्माण गर्ने चाह राखेर ‘जिनदगी आउँदैन फर्केर’ निर्माण गरेको कलाकार तथा निर्माता बिक्रम पराजुलिले बताए। ‘जिन्दगी बारम्बार पाउँ सकिन्दैन त्यसर्थ बल्ल बल्ल पाएको यस एकचोटिको जीवनलाई मानिसहरुले त्यसै खेरो फाल्नुहुँदैन तथा आत्म हत्या जस्तो कायरता पूर्वक काम गर्नुहुँदैन भन्ने सन्देश बाँडन नै उक्त चलचित्र निर्माण गरेको हूँ’ बिक्रम पराजुलिले भने। समस्या मानिसहरुको हरेक प्रकारको हुने गरे पनि समस्याहरुबाट भागेर आतमहत्या गर्दैमा समस्याको समाधान हुन्छ भन्नु गलत हुने भएको कारण समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सबैले बुझे आत्म हत्या कसैले गर्न पर्दैन भन्ने तिनको बिचार रहेको छ। समाजमा बिद्यार्थीहरुको बड्दो आत्महत्या खुबै जटिल समस्या बनिरहको बताउँदै यसको निवारण गर्नुमा समाजमा बस्ने प्रत्येका मानिसहरुको सहयोग आवश्यक छ भन्ने चलचित्रको मुल स्वर रहेको छ। बिद्यालयमा बिद्यार्थिहरु माझ हुने व्यवहार, बिद्यार्थिहरु र शिक्षकहरुमाझको व्यवहार तथा अभिभावक अनि नानीहरुको व्यवहार नै आत्महत्याको कारणहरु हुनसक्छ त्यसैले एकार्कको व्यवहारलाई सुमधुर पार्न सके यस्तो समस्या सृजना हुन नसक्ने अनि बिद्यार्थीहरुलाई सहि दिशा निर्देश दिन सके समस्या सृजना हुन नस्कने चलचित्रको माध्यम बाट भन्न खोजिएको छ। अमर रसाईली द्वारा निर्देशित उक्त चलचित्रमा मुख्य भूमिकाको रुपमा निर्माता बिक्रम पराजुली नै रहेका छन् भने अन्य कलाकारहरु क्रमैले महेन्द्र बागदास, मदन भुजेल,सपना बर्देवा, प्रतिमा छेत्री आदिरहेका छन्।

No comments: