Pages

Sunday 8 April 2012

जिटिएको खेस्रामा दुई दर्जनभन्दा बडि भुल—आर मोक्तान


कालेबुङ:मणि तामङ: १८ जुलाई २०११-को दिन सिलगडिको पिन्टेल भिलेजमा राज्य सरकार केन्द्र सरकार अनि गोर्खा जनमुक्ती मोर्चा माझ त्रिपक्षिय सम्झौता भएको जिटिएको खेस्रामा दुई दर्जन भन्दा बडि भुल भएको आज जिटएफका संयोजक आर मोक्तानले दाबी गरेका छन्|मोर्चाले राम्रोसँग खेस्रा नपडी हस्ताक्षर गरेको कारणनै अहिले घडी तराई-डुवर्सको निम्ति मोर्चाले टाउको दुखाउनु परिरहेको तिनले बताँए| मोर्चाले जुन भुल गरेको छ त्यसको एक एक वटा भुल बताँउन सक्छु यसलाई मोर्चाले राम्रोसँग अध्यन नगरि हस्ताक्षार गरेको छ र यो भुल हामीले गरेको होईनौ यो उनिहरुको भुल हो तिनले भने|तराई-डुवर्सको एक इन्च भुभाग पनि नछोड्ने उनिहरुले भने पनि अहिले तराई र डुवर्सको भुभाग मोर्चाको निम्ति हेडेक भहिरहेको तिनले दाबी गरे|त्यसको निम्ति मोर्चाले क्वाडिनेसन कमिटी बनाए पनि त्यो उनिहरुको दाहित्व हो यसमा जिटिएफले टाउको नदुखाउने मोक्तानले भने|गोर्खाल्याडको निम्ति भए हामी गर्ने थियौ तर जिटिएको निम्ति सरि तनले भने|

एकातिर मोर्चा जिटिएको माध्यमबाटनै गोर्खाल्याण्ड सम्म पुग्ने बताई रहेको कुराको पनि खण्डन गर्दै मोक्तानले दागोपापको अर्को नामनै जिटिए भनि तिले दाबी गरे|यदि पाहाडमा बिकास गर्नु हो भने हिल कांउसिल डेभलोपमेन्टले पनि बिकास गर्ने थियो तर बिकासको निम्तिनै जिटिएचै किन तिनले प्रशन गरे|दिल्ली र कोलकता मिलेर गोजामुमोलाई हावा मिठाई खुवाएको तिनले आरोप पनि लगाएका छन्|यसलाई हामी स्वीकार गर्दैनौ हाम्रो मुद्धा र लक्ष्य गोर्खाल्याड हो तिनले भने|

No comments: