Pages

Wednesday 4 April 2012

पुर्व गोरामुमो नेता तथा पुर्व बिधायक एन टी मोक्तान गोजमुमोमा सामेल

पुर्व गोरामुमो नेता तथा पुर्व बिधायक एन टी मोक्तान गोजमुमोमा सामेल

डी के वाइबा: कालेबुङ ४ अपेल: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीका पुर्व नेता तथा पुर्व बिधायक एन०टी० मोक्तान गोजमुमो पार्टीमा समेल भएका छन्। यस अवसरमा आज तिनलाई यहाँको गोजमुमो पार्टी कार्यलयमा कालेबुङ महकुमा समितिका अध्यक्ष सरिता राई तथा पार्टीका संस्थापक सदस्य बिजय सुन्दासले पार्टीको झण्डा सुम्पेर औपचारिक स्वागत गरे। यस अवसरमा गोजमुमो ऊपाध्यक्ष कल्याण देवान, गोजमुमो केन्द्रिय समिति सदस्य नोर्देन लामा, प्रविण रहपाल सांगठनिक सचिव सामुएल गुरुङ तथा पार्टीका अन्य नेताहरुको बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा एन०टी० मोक्तानले आजसम्म कुनैपनि राजनैतिक पार्टीले गोजमुमो पार्टीले जतिको काम गर्न नसकेको बताउँदै त्यसैको फलस्वरुप आफु गोजमुमो पार्टीमा समेल बनेको दाबी गरे।

तिनले गोजमुमो प्रमुख बिमल गुरुङ गोर्खाल्याण्ड आन्दोलनको सफल नेता रहेको बताउँदै तिनकै प्रयासले अहिले गोर्खाल्याण्ड नाम समेतले प्राथमिकता पाउँनुको साथै कानुन समेत बनिएको दाबी गरे। बिगतमा सुवास घिसिङले गरेको आन्दोलनले समेत गोर्खाल्याण्डको नाम कतै लेख्न नसकेको बताउँदै अहिले गोजमुमो पार्टीले गोर्खाल्याण्ड लेख्न पाउँन समेत बनाएको कुरानै सबैभन्दा ठूलो उपलब्धि रहेको तिनले जनाए। यसै सिलसिलामा तिनल जीटीएमा मोर्चाले सम्झौता गर्दा कतिपय मानिसहरुले गलत बुझिरहेको दाबी गर्दै यसमा कसैले पनि गलत अर्थ लगाउँन नहुने बताउँदै गोर्खाल्याण्ड लेखिएको जीटीए गठन हुनु नै गोर्खाल्याण्ड हुनु बराबर रहेको तिनले दाबि गरे। अहिले जीटीएमा तराई डुवर्सको क्षेत्रको समस्या भईरहेको भइ पनि यो समस्या पनि बिमल गुरुङकै कूशल नेतृत्वमा समाधान हुने तिनले दाबी गरे। तिनले आफु पहिले नै गोजमुमो पार्टीमा समेल भईसकेको जनाउँदै तर त्यस समय कतिपय गोरामुमो पार्टीका नेताहरुले आफुलाई मोर्चामा समेल हुनबाट बञ्चित गराएको जनाए। तिनले यसै सिलसिलामा एउटा प्रश्नको जवाब दिंदै केहिदिन अघि मात्र गोर्खाल्याण्डको आन्दोलन गर्दिन भनि घोषणा गर्ने छत्र सुब्बाले ढिलै भए पनि सही प्रकारको निर्णय लिएको तिनले जनाए।
स्मरण रहोस एन टी मोक्तान बिगत ८० को दशकमा चलेको गोर्खाल्याण्डको हिंसात्मक आन्दोलनमा गोरामुमो पार्टीका सक्रिय नेता रहेका थिए। त्यस समय तिनी अनि छत्र सुब्बा माझ पार्टी भित्रै जोडदार द्वन्द्व समेत चलेको थियो। पछिबाट सुवास घिसिङले दागोपाप थापेपछि तिनी सन् १९९२ देखि १९९६ सम्म बिधायक समेत बनेका थिए। पछिबाट सुवास घिसिङले बिधायकहरुलाई राजीनामा दिन लगाउँदा तिनले राजीनाम दिएका भए पनि पुन: घिसिङको आदेशलाई उल्लङ्घन गर्दै तिनी बिधानसभामा बसेका थिए।

No comments: