Pages

Tuesday 3 April 2012

गोजमुमो पार्टीले तराई डुवर्सलाई ठग्यो भन्नेहरुले नै वास्तवमा जनतालाई ढाँट्ने काम गरिरहेको छ - सामुएल गुरुङ

गोजमुमो पार्टीले तराई डुवर्सलाई ठग्यो भन्नेहरुले नै वास्तवमा जनतालाई ढाँट्ने काम गरिरहेको छ - सामुएल गुरुङ

डी के वाइबा; कालेबुङ ३ अप्रेल: गोर्खाल्याण्डको आन्दोलन गरेर जीटीएमा सम्झौता गर्ने गोजमुमो पार्टीले जीटीएमा समेत तराई डुवर्स छोडेको दाबी गर्ने दार्जीलिङ पहाडको बिपक्षी दलहरुको आरोपलाई मोर्चाले निराधार रहेको दाबी गरेको छ। गोजमुमो पार्टीको केन्द्रिय समितिका सांगठनिक सचिव समुएल गरुङले आज यहाँको पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा मोर्चालाई अन्य राजनैतिक दलहरुले लगाईरहेको आरोपको खण्डन गर्दै मोर्चालाई आरोप लगाएर अन्य राजनैतिक दलहरुले आफ्नो पार्टीको अस्तित्व बचाँउने काम गरिरहेको उल्टै आरोप लगाए।

केहिदिन आघि गोर्खालाण्ड टास्क फोर्स तथा अन्य राजनैतिक दलहरुले गोजमुमो पार्टीले यसचोटि पनि तराई डुवर्सका मानिसहरुलाई ठग्यो भन्ने आरोप लगाएको सन्दर्भमा तिनले टिप्पणी गर्दै गोजमुमो पार्टीले तराई डुवर्सका मनिसहरुलाई साथमा लिएर काम गरिरहेको दाबी गरे। घरि घरि तराई डुवर्सका मानिसहरुलाई मोर्चाले ठग्यो भन्ने कुरा गरेर क्रामाकपा, गोर्खालिग तथा गोर्खाल्याण्ड टास्क फोर्सले जनतालाई भ्रम फेलाउँने का
काम भने केहि नरहेको दाबी गरे। तिनले क्रामाकपा, गोर्खालिग र टास्क फोर्सको नाम लिँदै तराई डुवर्सको चिन्ता गर्ने यी दलहरुले आजसम्म तराई डुवर्सका निम्ति के गरेको छ भनि प्रश्न तेर्साए। गोजमुमो पार्टीको गठन पछि संधै तराई डुवर्सको निम्ति नै चिन्ता गरेर काम गरिरहेको दाबी गर्दै गोजुममो पार्टीले नै तराई डुवर्समा राजनैतिक चेतना र एकता ल्याउँन कायम बनेको पनि सामुएल गुरुङले दाबी गरे। आजसम्मको इतिहसमा गोजमुमो पार्टीले बाहेक अन्य कुनै पनि राजनैतिक पार्टीहरुले गोर्खाल्याण्डको मुद्दामा तराई डुवर्सबाट जन प्रतिनिधि बिधानसभामा पठाउँन नसकेको दाबी गर्दै गोजमुमो पार्टीको कार्यक्रमलाई हेरे टिप्पणी गर्ने दलहरुले पहिला तराई डुवर्सको निम्ति के काम गरेको छ भन्ने कुरा समेत सारबजनिक गर्नुपर्ने तिनले माग गरे। यसै सिलसिलामा तिनले गोजमुमो पार्टीले पहिले देखि नै तराई डुवर्सको निम्ति जोड्दार आन्दोलन गरिरहेको दाबी गर्दै मोर्चाकै आन्दोलनको दबाउमा परेर सरकारले समेत हाई पावर कमिटि गठन गरेर जीटीएमा तराई डुवर्स अन्तर्भुक्तिको निम्ति काम गरिरहेको गुरुङले दाबी गरे। सरकारले तराई डुवर्सको निम्ति गठन गरेको हाई पवार कमिटिले तराई डुवर्सको भू भाग जीटीमा गाभिनु पर्छ वा पर्दैन भनि समर्थन र बिरोधमा सबै संगठनहरुलाई पत्र लेख्नु भनेर अपिल गरेको कारण मोठ ७ सयवटा संगठनहरुले तराई डुवर्स जीटीमा गाभिनु पर्छ भनि पत्रचार गरिसकेको बताउँदै मोर्चाले तराई डुवर्स ठग्यो भन्ने क्रामाकपा, गोर्खालिग तथा गोर्खाल्यताण्ड टास्जक फोर्सले भने कतिवटा पत्र लेखेको छ भन्ने प्रश्न गर्दै यदि जनताको अघि आफैलाई ईमान्दार रहेको बताउँछन् भने उक्त पत्रहरु सारबजनिक गर्नु पर्ने पनि सामुएल गरुङले माग गरे। तिनले बिपक्षी दलहरुले मोर्चालाई आरोप लगाउँनु बाहेक अन्य केहि ठूलो काम गर्न नसकेको जनाउँदै यदि तराई डुवर्सको भू भाग जीटीएमा गभिनु पर्छ भनि ती दलहरुले हाई पावार कमिटिलाई पत्रचार गरेको छैन भने तिनीहरुनै तराई डुवर्स बासीलाई ठग्ने दलहरु प्रमाणित हुने तिनले थप जनाए। आजसम्म मोर्चाले जे जति काम गरेको छ त्यसको तुलनामा अन्य कुनै पनि राजनैतिक पार्टीहरुले काम गर्न नसकेको दाबी गर्दै बिपक्षी राजनैतिक दलहरुले केवल समाचार पत्रहरुमा बिरोध गरेर पार्टीको अस्तितय्वच बचाँने काम गरिरहेको पनि तिनले आरोप लगाए।म गरिरहेको आरोप लगाउँदै मोर्चालाई बिरोध गर्नेहरुको वास्तविक

No comments: