Pages

Sunday 18 March 2012

पेदोङमा उदय प्रकाश स्मृति डिग्री कलेजको शिल्यान्यास

डी के वाइबा: कालिमन्युज; कालेबुङ १७ मार्च: पेदोङमा निर्माण हुने उदय प्रकाश स्मृति डिग्री कलेजको आज कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले आधार शिला खडा गरे। तिनी कोलकताबाट सोझै उक्त कलेजको आधारशिला राख्न पेदोङ आईपुगेका थिए। यस अवसरमा तिनलाई पेदोङका बिद्यार्थीहरुले ब्याण्ड बजाएर भब्य स्वागत जनाको थियो। पेदोङको प्रशान्ति नगरमा निर्माण हुने डिग्री कलेजको शिलान्यास कार्य क्रमामा पहिले सर्वधर्म अनुसार पुजा गरियो भने डा छेत्रीले नरिवल फुटाउँनुको साथै आधारशिला राखेर शिल्यान्यास गरे। यस अवसरमा तिनले पत्रकारहरुसित कुराकानी गर्दै मोर्चाको पहालमा नै सरकारले पेदोङ, गोरुबथान अनि सुकिया पोखोरिमा कलेज निर्माण गरिरहेको दाबी गरे। उक्त कलेज निर्माणको निम्ति राज्यका शिक्षा मन्त्री, मुख्य मन्त्री अनि राज्यपाल समेतले घोषणा गरिसकेको बताउँदै सोहि अनुरुप अभ निर्माण कार्य शुरु हुने तिनले जनाए। पहाडको शैक्षिक व्यवस्था बिगत माकपा सरकारको समयमा डामाडोल रहेको बताउँदै अहिलेको सरकारले गोजमुमो पार्टीको कुरा सुनेर नै शिक्षामा सुधार ल्याउँन यस्ता पहलहरु गरिरहेको तिनले जनाए। तिनले सामाजिक स्थरलाई सुधार ल्याउँनको निम्ति शिक्षा प्राथमिक चिज रहेको जनाउँदै गोजमुमो प्रमुख बिमल गुरुङले समेत शिक्षलाई पहिलो प्राथामिकता दिएर कलेज निर्माणको निम्ति बीभिन्न पहालहरु गरिरहेको थप पत्रकारहरुलाई जनाए। पहिलो चरणमा उक्त उदयप्रकाश स्मृति डिग्री कलेज निर्माणको निम्ति सांसद कोषबाट ५० लाख रुपिया अनुमोदन भईसकेको कारण पहिला भूमिको समस्या रहेको कारण कलेज निर्माणको निम्ति गोजमुमो कालेबुङ महकुमा समितिका अध्यक्षा सरिता राई अनि तिनका परिवारले एक ऐकर जमिन अनुदान दिएको सरिता राईले जनाईन। उक्त जमीन आफ्नो पतिले जीवनकालमा समाजको निम्ति राम्रो काम गर्ने चाहानाले राखिरहेको कारण आज तिनकै सपनालाई पुरा गर्न समाजको हितमा कलेज निर्माणको निम्ति अनुदान दिएको तिनले थप जनाईन्। यसै

No comments: