Pages

Sunday 18 March 2012

जीटीएको चुनाव कि आन्दोलन ? बिकल्प खोज्दै गोजमुमोको मङ्पूमा भोलि बैठक

जीटीएको चुनाव कि आन्दोलन ? बिकल्प खोज्दै गोजमुमोको मङ्पूमा भोलि बैठक

डी के वाइबा: कालिमन्युज; कालेबुङ १७ मार्च: राज्य सरकारले दागोपापको तीनवटा महकुमा क्षेत्रहरुमा मात्र जीटीएको चुनाव गराउँने गोजमुमो टोलिलाई शुक्रबार कोलकतामा स्पष्ट अडान राखेपछि मोर्चाले बिकल्पको बाटो तय गर्न भोलि मङ्पूमा केन्द्रिय समितिको बैठक डाकेको छ। कोलकतामा राज्यका मुख्य सचिव अनि मुख्य मन्त्री ममता ब्यानर्जीलाई भेट गरेर आज कालेबुङ आईपुगेका बिधायक एंव गोजमुमो प्रवक्ता डा हर्क बहादुर छेत्रीले पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको खेस्रमा राष्ट्रपतिको सहीछाप भएर कानुन बनिएको कारण जीटीएको चुनाव अहिलेलाई दागोपापमा क्षेत्र भरीमा मात्र गर्नु पर्ने कानुन रहको स्वीकार गरे। तिनले जीटीएको गठन तराई डुवर्स बिना अपुरो हुने दाबी गर्दै राष्ट्रपतिको सहीछाप भएको जीटीएको खेस्रा कानुन बनिएको कारण उक्त कानुनमा हाई पावर कमेटि परेको अनि कमेटिको रिपोर्ट राज्य सरकारले समेत मान्नु पर्ने भएको कारण यदि रिपोर्टमा तराई डुवर्सको ईलाका सबै गाभिनु पर्ने भन्ने निस्केको खण्डमा सबै भु भाग गाभिने समेत दाबी गरे। तिनले खेस्रमा जीटीएको चुनाव र हाई इपावर कमेटिको काम प्यारालल रुपले अघि बड्ने कुरा लेखिएको स्वीकार गर्दै यसको मतलब जीटीएको भू भागमा तराई डुवर्स गाभिन्दैन भन्ने कुरा होइन भने। एकातिर हाई पावर कमेटिले काम गर्दै जान्छ अनि अर्कोतिर दागोपाप क्षेत्रमा चुनाव हुँदै गर्छ भनेर राज्यका मुख्य मन्त्री ममता ब्यानर्जीले अफुहरुलाई भनेको बताउँदै दागोपाप क्षेत्रमा चुनाव हुँदा तराई डुवर्स जीटीएमा गाभिने छैन भनेर मोर्चालाई कुनै चिन्ता नगरेर आफुहरुलाई विश्वास गर्नु भनि तिनले मोर्चालाई प्रतिश्रुति दिएको थप बताए। मोर्चाले केवल एउटै प्रशासनको निम्ति किन दुई चोटि चुनाव गराउँनु भनेर मात्र सरकारलाई तराई डुवर्स बिना चुनाव हुँदैन भनेर बताएको छेत्रिले बताउँदै यसो हुँदा कानुनि असुबिधा हुने भएको कारण पनि सरकारले आफुहरुलाई दागोपाप क्षेत्रमा चुनाव गराउँदै गर्नु अनि पछि तराई डुवर्सको क्षेत्र अन्तर्भुक्ति भए पछि त्यहाँ चुनाव हुने कुरा बताएको पनि तिनले पत्रकारहरुलाई बताए। यद्यपी मोर्चा भने अझै पनि तराई डुवर्सको भू भाग नगाभिएसम्म चुनाव नगराउँने पक्षमा अडीक रहेको तिनले जनाए। राज्य सरकारले चुनाव गराउँने अडान राखे पनि मोर्चाले यस्तो परिस्थितिमा कस्तो रणनीति अप्नाउँनु पर्ने हो भनेर नै भोलि मङ्पूमा केन्द्रिय समितिको बैठक डाकेको तिनले बताउँदै उक्त बैठकमा सबैले परामर्ष गरे पछि मात्र भावी रणनीति तय गरेर चुनावको बाटोमा जानुपर्ने वा जीटीए छोडेर अन्य बाटो अप्नाउँनु पर्ने भन्ने कुरा तय हुने तिनले बताए। यसै सिल सिलामा तिनले राज्यसभा सांसदको निम्ति तृणमुल काङ्ग्रेसले टिकट मोर्चा पार्थीलाई नदिने स्पष्ट पारे पछि सबै ढोका बन्द भयो भन्ने कुरा गलत रहेको बताउँदै राज्यसभा सांसदको निम्ति अन्य राजनैतक दलहरुसित सम्झौतामा आएर पनि यस पदको निम्ति मोर्चाले पार्थी खडा गर्न सक्छ भन्ने तिनले संकेत दिए। मोर्चाको पक्षबाट सरकारलाई राज्यसभा सांसदको निम्ति प्रस्ताव पठाउँन मोर्चाले ढिलो गरेको कारण नै तृणमुल सरकारले आफ्नो प्रार्थी तय गरिसकेको तिनले जनाए। तिनले यस कुरालाई लिए गोजमुमो पार्टीले यस अघि कुनै पत्रचार समेत नगरेको कारण नै मोर्चा पक्षबाट तक्निकी गल्ति भएको तिनले जनाए। यद्यपी अन्य बाटो भने खुल्ला रहेको डा छेत्रीले जनाए। अहिले तृणमुलको ढोका मात्र बन्द भएको जनाउँदै अन्य राजनैतिक दलहरुको ढोका खुल्ला रहेको कारण यसबारे पनि भोलि नै केन्द्रिय समितिको बैठकमा निर्णय लिने तिनले जनाए।

स्मरण रहोस गोजमुमोले तराई डुवर्स नगाभिए सम्म जीटीएको चुनाव गराउँन नदिने स्पष्ट अडान राखेर राज्य सरकारलाई सोहि कुरा बुझाउँन पुग्दा राज्य सरकारले उल्टै तराई डुवर्सबिना नै चुनाव गराउँने मोर्चालाई स्पष्ट अडान राखिदिएको छ। जसको कारण मोर्चाले आगमी रणनीति तय गर्न बैठक डाक्नु परेको छ। यस्तो परिस्थितिमा गोजमुमो भोलि मङ्पूमा डाकेको बैठकमा कस्तो बिकल्पको बाटो तय गर्नेहुन् भन्नेकुरा निकै महत्वपूर्ण बनेको छ।

No comments: