Pages

Tuesday 7 February 2012

बिमल गुरुंगको आरोपमा बिभिन्न राजनैतिक दलहरुको प्रतिक्रिया शुरु

माओवादी कालेबुंग पसेको कुरा गरेर बिमल गुरुंगले जनताम भ्रम फैलाऊने कोशिश गरिरहेको अभागोली अनि माकपाको आरोप

डी० के० वाइबा:कालिमन्यूज,कालेबुंग 7 फरवरी: दार्जीलिंग पहाडमा पुन; एकचोटी राजनैतिक वाक युद्ध शुरु भएको छ | मोर्चा प्रमुख बिमल गुरुङले कालेबुंगमा दिएको भाषण संगै आजदेखी वाक युद्ध चर्किएको छ | मोर्चा प्रमुख गुरुङले कालेबुंगमा १५ - २० जना माओवादी पसेर भूमिगत प्रशिक्षण दिरहेको बताएपछि अभागोलीले कडा प्रतिक्रिया जनाएको छ | अभागोलीका महा सचिव प्रताप खातीले उक्त विषयमा तिखो प्रतिक्रिया व्यक्त गर्दै मोर्चा प्रमुख बिमल गुरुङलाई कालेबुंगमा माओवादी पसेको छ भन्ने कुरा कसरी थाहा भयो भन्ने प्रश्न तेर्साए | यस विषयमा खुफिया विभागले बिमल गुरुङलाई यथासिग्रह सोधपुछ गर्नुपर्ने तिनले माग गर्दै के तिनी आई० बी० डी० आई० बी० भन्दा पनि ठुलो हुन् भनी प्रश्न गरे | यसै सन्दर्भमा तिनले हाल कालेबुंगमा माओवादी पसेको छ भन्ने कुरा गरेर जनतामा आतंक सृजना गर्ने कार्य गरिरहेको आरोप लगाउँदै गुरुङले आफ्नो उक्त भड्काउ बयान १५ दिन भित्रमा फिर्ता लिनुपर्ने नत्र मुद्दा दर्ता गर्ने खातीले चेतवानी दिएका छन् | गुरुङले स्थानीय च्यानल कर्मीहरुलाई धम्की दिएकोमा प्रतिक्रिया गर्दै दार्जीलिंग पहाडमा राजाको जस्तो तानाशाह शासन नचल्ने बताए | तिनले टास्क फोर्सले कुनै भूमिगत प्रशिक्षण नदिने दाबी गर्दै यस्तो झुटो आरोप लगाएर जनतामा आतंक सृजना गर्ने कार्य प्रशासनले हस्तक्षेप गर्नुपर्ने माग गरे | यसै सन्दर्भमा खातीले यस्तो भुमिगत प्रशिक्षण गोजमुमोले नै जीएलपीलाई दिरहेको आरोप लगाउँदै जीएलपीको विषयमा पुलिस प्रशासनले जाँच गर्नुपर्ने माग गरेका छन् | अरोतिर तिनले हाल मदन तामांग हत्याकाण्डमा गोजमुमोले आरोपीलाई पैसा दिएर किन्ने कार्य गरिरहेको आरोप थोपेका छन् | यस विषयमा अभागोलीले सीबीआईलाई अव्गात गराएको बताउँदै मदन तामांग हत्याकाण्डमा सीबीआइले मोर्चा प्रमुख बिमल गुरुङ अनि रोशन गिरीलाई यथा सिग्रह केरकार गरेर पक्राउ गर्नुपर्ने माग गरेका छन् | अर्कोतिर माकपा नेता तारा सुन्दासले पनि बिमल गुरुङको बक्तव्य प्रति तिब्र प्रतिक्रिया जनाएको छ | तिनले बिमल गुरुङले व्यर्थैको कुरा गरेर जनतामा आतंक फैलाउने कार्य गरिरहेको आरोप लगाए | यसै सन्दर्भमा गुरुङले तारा सुन्दासले राशनको मात्र कुरा नगर्नु भन्ने बक्तब्यको तिखो प्रतिक्रिया जनाउदै हामी सरकारी राशन खाने मान्छे हौ भन्दै राशन कार्ड नभएका मान्छेहरुले राशन पायो पाएन भन्ने कुरा नउठाउँदा हुन्छ भने | साधारण जनताको दुख नबुज्ने नेताहरुले समस्या नबुझ्ने दाबी गर्दै जनताले राशन पायो पाएन भन्ने कुरा राशन कार्ड नै नभएको नेताहरुलाई कसरी थाहा हुन्छ भनी प्रश्न गरे | यसै क्रममा तिनले कालेबुंगका पत्रकारहरुलाई गुरुङले दिएको धम्कीबारे प्रतिक्रिया गर्दै गणतन्त्रको चौथो स्तम्भ मानिने पत्रकारहरुलाई राजनैतिक हस्तक्षेप गर्न उचीत नरहेको बताए | यसबारे प्रशासनले कडा कारवाही गर्नुपर्ने सुन्दासले माग गरेका छन् | अर्कोतिर कालेबुंगमा माओवादी पसेको कुरालाई दार्जीलिंग पुलिसका अधिक्षकले पुलिस विभागमा कुनै जानकारी नरहेको बताएका छन् |

No comments: