Pages

Tuesday 7 February 2012

बिमलको गुरुंगको आरोपमा छत्रको सुब्बाको जवाब


थोत्रे जीटीएमा मलाई भुल्याउँन नखोज्नु – छत्र सुब्बा

डी० के० वाइबा:कालिमन्यूज,कालेबुंग 7 फरवरी: गोर्खा लिबरेशन अर्गनाइजेशन ( जीएल) प्रमुख छत्र सुब्बा माथि लगाएका सम्पूर्ण आरोपहरुको ठाडो जवाब दिएका छन् |भारतीय गोर्खा भूतपूर्व सैनिक एवम अर्ध सैनिक मोर्चाको चौथो स्थापनादिवसमा जसरी मोर्चा प्रमुख बिमल गुरुङले आक्रमण शैलीमा छत्र सुब्बा माथि बर्सिए ठीक त्यस्तै आक्रमण शैलीमा सुब्बाले कडा प्रतिक्रिया जनाएका छन् |तिनलेसुवास घिसिंग हम्लाकाण्डको आरोपमा आफूलाई जेलमुक्त गराउन मोर्चा प्रमुख बिमल गुरुङले राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीसित व्यक्तिगतअनुरोध गरेको दाबीलाई खण्डन गर्दै आफूलाई बिमल गुरुङले निकाल्ने कार्य नगरेको दाबी गरे | दार्जीलिंग पहाडका राजनैतिक दल क्रान्तिकारी मार्क्सवाद कम्युनिस्ट पार्टी ( क्रामाकपा) ले आफू जेलमा हुँदा मुक्तिको निम्ति आवाज उठाउदा बाधा दिने कार्य गरेको दाबी गरे | गोजमुमो प्रमुख गुरुङले आफ्नो मुक्तिको निम्ति मुख्य मन्त्रीसित कुराकानी गरेको बताएर जनतामा भ्रम फैलाउने काम गरिरहेको तिनले दाबी गरे | यति मात्र होइन तिनले जनताबाट श्रेय बटुल्न छत्र सुब्बाको मुक्तिको निम्ति मोर्चाले पहल गरेको समचार पत्रमा लेखे भने वास्तविकरुपमा भने केही नगरेको थप दाबी गरे | यसैक्रममा तिनले पत्रकारहरुसित कुराकानी गर्दै गत केही महिना अघि रेली खोलाको बगरमा बिमल गुरुङसित भएको भेटमा गोर्खाल्याण्डको आन्दोलन अघिबढाउन सहयोग मागेको आरोप स्वीकार गर्दै आन्दोलनको निम्ति जनता भएको पार्टीको नातामा सघाउन पर्छ भनेको बताए | यधपि अहिले मोर्चाले जन समर्थन गुमाईसकेको कारण आफूलाई मोर्चाको सहयोग नचाहेको स्पष्ट पारे | यसै अवधि तिनले छुट्टै राज्यको आन्दोलन अघि बढाउने नेताहरुमा आफूमात्र एकमात्र इमान्दार नेता रहेको दाबी गर्दै बिमल गुरुङ गलत नेता रहेको ठोकुवा गरे | तिनले भने " मैले सुबास घिसिंगले शुरु गरेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा साथ दिए | तर तिनले दागोपापमा सम्झौता गरेर घात गर्ने काम गर्यो | उक्त समय मोर्चा प्रमुख बिमल गुरुङले पनि समर्थन गरेर घिसिंग कै साथ लाग्यो | केवल म मात्र एकजना नेता हुँ जुन घिसिंगले सम्झौता गरेको दागोपापमा लिखित विरोध जनाएर गोर्खाल्याण्ड आन्दोलन गरेको थिए | " तिनले आफूलाई कसैले पनि किन्न नसक्ने र आफू मुद्दा र जातिको निम्ति बिक्री नभएर गोर्खाल्याण्ड आन्दोलन अघि बढाउने नेता रहेको ठोकुवा गर्दै बिमल गुरुङ नै गोर्खाल्याण्ड मुद्दा अघि सारेर जीटीएमा बिक्री भएको तिनले आरोप लगाए | सुब्बाको बुद्धि जिरो रहेको मोर्चा नेता गुरुङले लगाएको आरोपको जवाब दिंदै मेरो बुद्धि जिरो भएर नै सायद आझै गोर्खाल्याण्ड भनिरहेछु अनि बुद्धि धेर भएकाहरुले चाहिँ जीटीएमा सम्झौता गरेको होलान भन्दै गुरुङ प्रति व्यंग कसे | मोर्चा प्रमुख बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउन छत्र सुब्बाको कुनै रणनीति छैन भन्ने आरोपको जवाब दिंदै आन्दोलनको रणनीति बारे बिमल गुरुङले नदुखाउनु भने | तिनले आफूलाई जीटीएको सत्तामा बस्न चाहे राखिदिन्छु भन्ने गुरुङको बक्तब्यलाई खण्डन गर्दै मेरो निम्ति जीटीए थोत्रे कुरा हो अनि यस्तो थोत्रे व्यवस्थामा छत्र सुब्बाले लोभ गर्छ भन्ने सोंच नराख्नु भनि ठाडो जवाब दिए | यसै सन्दर्भमा तिनले आफूलाई सरकारको पक्षबाट पहिले नै ग्रेटर अटोनोमसको अफर आएको अनि उक्त अफरमा तराई डुवर्स समावेश रहेको दाबी गर्दै गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि व्यवस्थामा आफूले सम्झौता नगर्ने अडान राखेको दाबी गरे | तिनले गोर्खाहरुको राष्ट्रिय सुरक्षा नबोक्ने कुनै पनि व्यवस्था स्वीकार नगर्ने अनि यस्तो थोत्रे व्यवस्था जीटीएमा छत्र सुब्बालाई लोभ देखाएर भुल्याउछु भन्ने आँट समेत नदेखाउनु भनि चुनौती दिएका छन् | अहिले मोर्चाले जीटीए थाप्न कस्तो बाध्यता पर्यो भन्ने प्रश्न गर्दै सम्पूर्ण आन्दोलनमा जनताले साथ र सहयोग दिंदा जीटीएमा सम्झौता गर्नु जनतालाई छलको राजनीति गर्नु हो भनि स्पष्ट पारे | तिनले आफू अघि मोर्चा नेताहरुले लगाएका सम्पूर्ण आरोपहरु निराधार रहेको दाबी गर्दै यस्तो झूटो आरोप लगाएर जनतामा भ्रम सृजना नगर्नु भन्दै सुझाउ दिएका छन् |

जीएलओको ब्यानरमा पुन: गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने छ्त्र सुब्बाको घोषणा

डी० के० वाइबा:कालिमन्यूज,कालेबुंग 7 फरवरी: पुरानै राजनैतिक झण्डा अनि पुरानै चर्चित गोर्खाल्याण्ड आन्दोलनका जंगी नेता छत्र सुबाले नयाँ सोंच र नयाँ अवधारणामा छुट्टै राज्य गोर्खाल्याण्ड आंदोलन शुरु गर्ने घोषणा गरेका छन् | तिनले उक्त घोषणा आज पत्रकारहरुलाई सम्बोधन गर्दै भनेका हुन् | छत्र सुब्बाले भने " गोर्खाल्याण्डको अब हुने नयाँ आन्दोलन पुरानै राजनैतिक दल गोर्खा लिबरेशन अर्गनाइजेशन ( जीएलओ) पार्टीको ब्यानरमा हुनेछ | यसको झण्डा पनि पुरानै हुनेछ अनि नेता पनि पुरानै र मेरो टोपी पनि पुरानै हुनेछ | " तिनले पुरानै झण्डा र दलको ब्यानरमा छुट्टै राज्यको आन्दोलन अघि बढाउने भएतापनि यसको शैली र कार्य पद्वति भने नयाँ हुने बताएका छन् | पत्रकारहरुसित कुराकानी गर्दै छत्र सुब्बाले आफू मात्र कुनै पनि व्यवस्थामा विक्री नहुने नेता रहेको दाबी गर्दै अब हुने आन्दोलन अहिंसात्मक र गणतान्त्रिक तरिकाले गरिनेछ भने | यसै क्रममा तिनले पुरानो दल जीएलओको ब्यानरमा आन्दोलन शुरु गर्ने भएको भए पनि एउटा सभा राखेर जनताको आकाक्षा बुझ्ने बताउँदै यदी जनताले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने अनुरोध गरे त्यसलाई सहर्स स्वीकार गर्ने पत्रकारहरुलाई जनाए | सुब्बाले आफूले छुट्टै राज्य गोर्खाल्याण्ड कसरी चलाउनु पर्छ भन्ने कुरा आजभन्दा २० - २५ वर्ष अघि नै सोंचि सकेको पनि प्रष्ट पारे | तिनलाई केही दिन अघि दार्जीलिंग पहाड लगायत तराई डुवर्सको भ्रमण बारे प्रश्न गर्दा " म गोर्खाल्याण्ड प्रेमी नेता हुँ, त्यसैले गोर्खाल्याण्ड प्रेमी जनताको बिचार बुझ्न जही पनि घुम्ने मेरो अधिकार छ " भने | दार्जीलिंग पहाडमा छुट्टै राज्यको निम्ति आफूमात्र एक्लो निस्वार्थ मुद्दा र जाति प्रेमी नेता रहेको दाबी गर्दै म पानी बेचेर आफ्नो जीवन चलाउछु त्र माटो र जाति बेच्ने काम गर्दिन भने | तिनले सुबास घिसिंगले दागोपापमा सम्झौता गरेर जाति र माटोको मुद्दा बेचेको अनि अहिले बिमल गुरुङले जीटीएमा माटोको आन्दोलन थन्काएको दाबी गरे | हाल गोरामुमोले उठाईरहेको छैटौ अनुसुचीको मुद्दा विषयमा प्रश्न गर्दा यस्ता चान चुने मुद्दाहरुमा सोच्ने मेरोमा फुर्सद छैन किन भने म केवल गोर्खाल्याण्डको मुद्दा मात्रै सोचिरहेको छु भने | यसै सन्दर्भमा सुब्बाले यस गोर्खाल्याण्डको आन्दोलनमा सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनताहरुले साथ दिनुपर्ने आह्वान गरे | तिनले जीटीए विषयमा टिप्पणी गर्दै मोर्चा नेताहरुका निम्ति जीटीए भयङ्कर होला नत्र मेरो निम्ति यो थोत्रे व्यवस्था हो भने | दार्जीलिंग पहाडमा चलेको राजनैतिक चलखेलको शिकार बनेर आफूलाई बिनाकारण जेलमा राखेको बताउँदै अहिले न्यायलयले सम्मानपुर्वक निर्दोष रहेको बताउँदै जेलबाट छोडेको अनि यसबारे कसैले नकारात्मक टिप्पणी नगर्नु भनि सुझाउ दिए | तिनले सुप्रिम कोर्टमा पब्लिक लिटीगेशनमा मुद्दा दर्ता गरेको अनि यसबारे चाडै पर्दाफास हुने सुब्बाले जनाए | तिनले गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरेतापनि समय र महिना निश्चित नभएको अनि यो पनि चाडै निश्चित हुने बताएका छन् |

No comments: