Pages

Monday 6 February 2012

कालेबुंगमा दश पन्द्रजना माओवादी पसेर भुमिगत प्रशिक्षण दिईरहेको बिमलको दाबी....जीटीएको सत्तामा आर0 बी0 राई अथवा छत्र सुब्बा बस्न चाहे राखिदिनेछौ – बिम.

डी० के० वाइबा: कालिमन्यूज, कालेबुंग 6 फरवरी: कालेबुंगमा १५ - २० जना माओवादीहरु पसेका छन् | गोर्खाल्याण्ड टास्क फोर्सले यो अण्डर ग्राउण्ड ट्रेनिंग दिदैछ। यो कालेबुंगको निम्तिराम्रो संकेत होइन | यसबारे खुपिया विभागका मानिसहरुले ध्यान दिनपर्छ |राज्यका मुख्य मन्त्रीलाई यस विषयमा कुराकानी गर्नेछु | हाम्रा युवाहरुले विभिन्न जंगलहरुमा ट्रेनिंग भइरहेको कुरालाई ध्यान पूर्वक खोजी गर्नुपर्छ| हामी हिंसामा विश्वाश गर्दैनौ तर यहाँ कसले माओवादीहरु भित्राएर हिंसा गर्न खोज्दैछ यो सहन गरिने छैन - उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरंगले भनेका हुन् | गोजमुमोको भातृ संगठन भू० पु० सैनिकमोर्चाको चौथो स्थपना दिवस समारोहमा यहाँको टाउन हलमा मोर्चा प्रमुख बिमलगुरुङले कालेबुंगमा माओवादी भित्रिएको दाबी गरे | यस अवसरमा बोल्दैगुरुङले पहाडका विपक्षी राजनैतिक दल क्रामाकपा , माकपा, गोर्खाल्याण्ड टास्क फोर्स तथा जीएलओ प्रमुख छत्रे सुब्बा माथि आक्रमक शैलीमा आलोचना गरे | तिनले जीटीए गठन गर्नमा सरकारले दिनोदीन बिलम्ब गरिरहेको सन्दर्भमा तिखो प्रतिक्रिया व्यक्त गर्दै आगमी २७ मार्च सम्म गठन हुनपर्ने नत्र १७ अप्रेल देखि पुन: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउने कुरा दोहोराए | यसै अवधि तिनले आफुहरुले जीटीएको विरोध नगरेको तर सरकारले ६ महिना भित्रमा गठन गर्नेछु भनेर सम्झौता लेखेकै कुरालाई उल्लंघन गर्दा हाम्रो असन्तुष्टि रहेको गुरुङले भने | तिनले सरकारले ६ महिनाको समयअवधिमा जीटीए गठन नगरेको कारण मोर्चाको तर्फबाट २ महिनाको थप समय दिएको बताउदै उक्त समयमा पनि गठन नगरेको खण्डमा मोर्चाले जीटीए त्यागेर पुन:आन्दोलनमा उत्रिने चेतवानी दिए | यस आन्दोलनका निम्ति मोर्चाको सम्पूर्ण भातृ संगठनहरुलाई तयार बस्नुपर्ने तिनले निर्देश दिएका छन।

छत्रे सुब्बाको फाल्यटर टोपी राम्रो छ तर बुद्दी जिरो छ

कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा प्रमुखले जीएलओ प्रमुख छत्रे सुब्बा माथि धेरै बर्सिए | तिनी आफ्नो साम्बोधनको क्रममा जीएलओ प्रमुख छत्र सुब्बा सित बर्सिन्दै क्रामाकपा पार्टीले नचायो भन्दैमा धेर नाँच्नु नहुने सुझाव दिए। रेलीमा भएको भेट असामयिक भेट भएको दाबी गर्दै उक्त भेटघाटबारे राजनैतिक दलहरुले राजनीति शुरु गरेको आरोप लगाए।| रेलीमा भएको भेटमा दाजु भाइको सम्बन्धमा कुराकानी गरेको बताउदै उक्त भेट अवधि सुब्बाले आन्दोलन अघि बढाउन आफुलाई आइरहेको प्रस्ताव बताएको गुरुङले दाबी गरे| तिनले भने – कार्यक्रममा आएका मान्छेसित भेट गरिदिने रिक्यूएस्ट आउँदा मैले छत्र दाजुलाई भेटेको हूँ। यसै बेला बात गर्दा तिनले मलाई भाईहरुले आन्दोलन गरुँ भन्दै भेट गर्न आउँदैछ भनेका थिए अनि मैले आन्दोलन गर्छौ भने गर्नुहोस भन्दा भाईले सपोर्ट गर्नुपर्छ भने। यदि आँट छ भने मैले जस्तो एक्लै आन्दोलन गर्नुपर्छ तर, आँट छैन भने बिमल गुरुंग सित भेट गरे भन्दै बिन सित्थैको कुराहरु गर्नु हुँदैन छत्र दाजुले। यसै अवधी सुब्बाले आफूलाई जेलबाट बाहीर निकाल्नमा क्रामाकपाले सहयोग गरेको तिनलाई बताएको भन्दै सुब्बाको मुक्तिको निम्ति क्रामाकपाले होइन तर आफूले मुख्य मन्त्रीलाई व्यक्तिगत अनुरोध गरेर मात्र जेलबाट छुटाएको दाबी गरे| हाल सुब्बाको मुद्दा घिसिंग हम्लाकाण्डको मात्र सकिएको बताउदै तिनकटरोको मुद्दामा तिनलाई सरकारले जेलमा नै राख्न सक्ने थियो तर आफूले अनुरोधगर्दा छोडिएको गुरुङले थप दाबी गरे | यसै अवसरमा तिनले छत्रे सुब्बाको बन्चरोको प्रतिक भएको फ्याल्टर टोपी सुन्दर रहेको अनि सबैले उक्त टोपी मन पराउनु तर तिनको टाउकोमा भएको बुद्दी चाहिँ जिरो रहेको बिमल गुरुङले भने | तिनको पछि कोही लाग्न नहुने आह्वान गर्दै सुब्बाले पहिले कै जस्तो मान्छे मारेर अरुलाई फसाउने गुरुङले बताए | हाल क्रामाकपाले तिनलाई नचाउने काम गरेको आरोप लगाउदै सुब्बा यस्ता नेताहरुसित होशियार बस्नुपर्ने पनि तिनले बताए | यसै क्रममा यदि गोर्खाल्याण्डको मुद्दा अघि बढाउन आन्दोलन नै गर्ने सुब्बाको चहाना नै छ भने आफूसित आउ भन्दै मोर्चाको अहिंसात्मक नीतिमा बाच्नु पर्ने तिनले सुझाउ दिए | मोर्चा प्रमुख गुरुङले यदी भविष्यमा जीटीए गठन भए आफू सत्तामा नबस्ने दाबी गर्दै क्रामाकपा अध्यक्ष आर बी राई अथवा जीएलओ प्रमुख छत्र सुब्बा सत्तामा बस्न चाहे मोर्चाले राखिदिने पनि तिनले घोषणा गरे | तिनले गोर्खाल्याण्डको आन्दोलन कसैको पेवा नरहेको स्पष्ट पार्दै जनताको विश्वाश हुनपर्ने अनि जनताको विश्वाश नपाएकाहरु व्यर्थैको राजनैतिक पार्टीमा लागेर जनतालाई विश्वासघात नगर्नु भनी सुझाउ दिए | विगत दिनमा सुवास घिसिंगले कालेबुंगमा छत्र सुब्बा, सिके प्रधान र एन० टी० मोक्तानलाई अस्पतालमा लडाएर जनता मार्ने कार्य गरेको बताउदै जनता सचेत बस्नुपर्ने सुझाउ दिए | अरुको उक्साईमा लागेर सुब्बा जथाभावी कुद्ने कार्य नगर्नु भन्दै आफू गोर्खाल्याण्डको मुद्दा प्रति इमान्दारी रहेको अनि यदी आफूले मुद्दा बेचेको प्रमाणित गरे आफ्नो घांटी रेटीदिने भनि विपक्षी राजनैतिक दलका नेताहरुलाई बिमल गुरुङले चुनौती दिए | तिनले युवा मोर्चा कार्यकर्ताहरुलाई गोर्खाल्याण्ड आन्दोलनको निम्ति सतर्क बस्नुपर्ने आह्वान गर्दै यहाँ टास्क फोर्सले भूमिगत प्रशिक्षण दिने कार्य गरिरहेको आरोप लगाए | अहिले टास्क फोर्सले व्यर्थैमा जनता अल्मलाउने कार्य गरेको बताउदै मुद्दाको बहानामा जनतालाई भुलाउने कार्य गरिरहेको थप बताए | यसै अवधि गुरुङले आगमी १३ फरवरी देखि जीटीए गठनको दाबीमा सरकारलाई दबाउ दिनप्रत्येक आइतबार जुलुस निकाल्ने घोषणा पनि गरे | यहाँको टाउन हलमा आयोजित भू० पू० सैनिक मोर्चाको चौथो स्थापना दिवसको अवसरमा कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्री, नगर अध्यक्ष एल० बी० परियार, गोजमुमो उपाध्यक्ष कल्याण देवान, भू० पू० सैनिक मोर्चा अध्यक्ष रमेश आले आदिले पनि सम्बोधन गरे| कार्यक्रममा गत वर्ष सिब्सु हत्याकाण्डमा शहीद बनेका परिवारहरुलाई मोर्चा प्रमुख गुरुङले संवर्धनापनि जनाएका थिए |

No comments: