Pages

Saturday 9 January 2016

मणि ट्रस्टले च्यारिटेबल डायोलिसिस् सेन्टर निर्माण गर्ने

कालेबुङ, 
सामाजिक संस्था मणि ट्रस्टले कालेबुङमा च्यारिटेबल डायोलिसिस् सेन्टर स्थापना गर्ने भएको छ। आज बसेको ट्रस्टको बोर्ड मिटिङमा उक्त प्रस्ताव ग्रहण गरिएको हो। ट्रस्टका संस्थापक सुवास एम. सिंहले बैठकबारे जानकारी गराउँदै भने अनुसार कालेबुङमा डायोलिसिस सेन्टर स्थापना गर्न सकिए कालेबुङ, दार्जीलिङ लगायत सिक्किमका धेरै क्षेत्रका मानिसहरू लाभान्वित हुनेछन्। यसैले ट्रस्टले अब चाँडै केन्द्र स्थापनाका निम्ति लाइसिन्सको प्रक्रिया अघि बढाउने भएको छ। उनले भने, कालेबुङलाई मेडिकल टुरिजम डेस्टिनेसन बनाउने ट्रस्टको योजना छ। यसै योजना अन्तर्गत शुरूमा डायोलिसिस सेन्टर अनि पेथोलोजिकल सेन्टर स्थापना गर्नेछौँ। यदि कालेबुङमा डायोलिसिस् सेन्टर बनिए स्थानीय मानिसहरूको 60 प्रतिशत खर्च कम हुनेछ।

 उनले 12 फरवरीभित्र केन्द्र स्थापनाको कागजी प्रक्रिया पूर्ण हुने बताउँदै यस केन्द्र च्यारिटीको रूपमा सञ्चालन हुने बताए। यसबाहेक भविष्यमा कालेबुङमा नै च्यारिटेबल अस्पताल, डायोगोनिस्टिक सेन्टर, मेडिकल कलेज आदि स्थापना गर्ने ट्रस्टको सोच रहेको उनले सिंहले बताए। उनले अझ भेन अनुसार बैठकाम अझ धेरावटा योजनाहरूमाथि चर्चा भएको छ। ट्रस्टले पहिलेदेखि नै कालेबुङमा असहायहरूलाई दैनिक रूपमा भोजन वितरण गर्ने गरेको छ भने दैनिक रूपमा शहरका विभिन्न सार्वजनिक ठाउँहरूमा जम्मै दैनिक पत्रिकाहरू उपलब्ध गराउने गरेको छ।

 ट्रस्टले यस अभियानलाई निरन्तरता दिँदै अब फरवरी महिनाको दोस्रो सातादेखि दार्जीलिङको चौरस्तामा पनि दैनिक पत्रिकाहरू उपलब्ध गराउने अनि त्यहाँका असहायहरूलाई पनि भोजन वितरण गर्ने भएको सिंहले बताए। उनले अझ भने अनुसार प्रधानमन्त्री रोजगार उत्पादन कार्यक्रम अन्तर्गत स्वरोजगार युवा-युवतीका निम्ति ब्याङ्कबाट ऋण दिने व्यवस्था छ। यस सम्बन्धी ट्रस्टले युवाहरूलाई सतचेतना प्रदान गर्दै आइरहेको छ। तर केही व्याङ्कहरूले यस योजना सम्बन्धि मानिसहरूलाई ऋण प्रदान नगरेको आरोप लगाउँदै ट्रस्टले यस दिशामा पनि काम गर्ने निर्णय लिएको सिंहले बताए।


No comments: