Pages

Saturday 9 November 2013

स्मष्टीहरुमा आफ्नो दललाई मजबुत पार्ने मोर्चाको अभियान शुरु.. तृणमूलमा सामेल हुनेहरूले ढोडको आगो मात्र तापिरहेको छ------सामुएल

कालेबुङ, 9 नोभेम्बर (छेवाङ) अन्य दलहरुको सक्रियताको कारण खस्कँदै गइरहेको संगठनलाई मोर्चाले पुन सुद्दढ़िकरण गर्न थालेको छ। केही दिनको निम्ति कालेबुङ भ्रमणमा रहेका गोजमुमो प्रमुख बिमल गुरुङले चरण बद्धरुपमा यहाँका स्मष्टीहरुमा आफ्नो दललाई मजबुत पार्ने अभियान शुरु गरेका छन्। दल प्रमुख गुरुङले आज 33 नम्बर छिबो टासिडिङ समष्टीमा एउटा सभाको आयोजना गरि आफ्नो साङ्गठानिक गतिविधि तीब्र पारेका छन्। मोर्चा  प्रमुख गुरुङको उपस्थितिमा आज स्थानिय लिची ग्राउण्डमा उक्त समष्टीको एउटा सभा  सम्पन्न भयो। हाल पहाड़को राजनीतिमा तृणमूल कांग्रेस अनि गोरामुमोको सक्रियताको कारण तिब्र बनेको मोर्चा त्याग्ने क्रमलाई रोक्न नै पार्टी प्रमुख आज कार्यकर्ताहरु माझ पुगेका थिए।

 जोग चामलिङको अध्यक्षतामा सम्पन्न लिची ग्राउण्डमा सम्पन्न भएको सभालाई स्थानीय नेतृत्वहरूले सम्बोधन गरेका थिए। तर, उक्त सभामा पार्टी प्रमुख गुरुङले भने कार्यकर्ताहरुलाई सम्बोधन गरेनन्। गुरुङले केवल समष्टीवासीको गुनासो अनि समस्याहरु मात्र सुने भने उक्त सभालाई मोर्चा नेता सामुएल गुरुङले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै सामुएल गुरुङले भने, ममता ब्यानर्जी सपनामा बाँच्दैछिन्। निद्राबाट ब्युँझेपछि मात्र उनलाई पाहाडको यथार्थ थाहा हुन्छ। स्थानीय तृणमूल नेतृत्वहरूले अहिले ढोँडको आगो मात्र तापिरहेको अनि यस आगोले धेर समयसम्म ताप दिन नसक्ने उनले बताए।

 उनले भनेअनुसार मोर्चालाई षडयन्त्रमा पारेर राज्यसभाले जिटिए चलाउनमा बाधा दियो। यदि राज्य सरकारको षड्यन्त्रलाई समयमा नै नबुझेर मोर्चा जिटिएमा नफर्किएको भए तृणमूल नेतृत्वहरूले जिटिए सञ्चालन गर्ने योजना बुनिसकेका थिए। यो स्थितिमा मोर्चा ब्याकफुटमा जाँदै जिटिए ग्रहण गर्नु समय सान्दर्भिक अनि राजनैतिक सकरात्मक निर्णय रहेको बताए। मोर्चाले जिटिएमा फर्किएर कुनै भुल नगरेको दावी गर्दै अलग राज्य गोर्खाल्यान्डको मागलाई मोर्चाले विराम नलगाएको कुरा दोहोर्यालए। जिटिए समझौतामा अलग राज्य गोर्खाल्यान्डको मागलाई मोर्चाले यथावत राखेको छ जो ममता ब्यानर्जीको निम्ति सधैँ ठुलो बाधा भएर बस्ने उनले जनाए।

 आफू तत्कालीन राज्यको सत्तासीन दल माकपामा छँदासमेत पाहाडको निम्ति केही गर्न नसकेको अनुभव सुनाउँदै हिल तृणमूलले पाहाडको निम्ति कुनै ठोस कार्य गर्न नसक्ने बताए। यसरी नै मोर्चा केन्द्रिय समितिका सदस्य मोतीप्रसाद शर्माले सभालाई सम्बोधन गर्दै कवितात्मक शैलीमा हिल तृणमूलको आलोचना गरे। हिल तृणमूलमा सामेल हुनेहरू  कुनै पनि दिन मनभित्रबाट मोर्चाका सदस्यहरू नरहेको भन्दै केही स्वार्थी मानिसहरूले दल त्याग गर्दैमा मोर्चालाई फरक नपर्ने बताए। अझ पनि सङ्गठन केही नबिग्रेको भन्दै स्वार्थी मानिसहरूलाई चिन्नमा आजको समयले सहायता पुर्याझइरहेको सकरात्मक विचार पोखे। यसबेला जातीय अस्मिता बोकेको दल गोजमुमोसित नै सम्मिलित भएर पाहाडवासीमा एकवद्धता कायम राख्नुपर्ने आह्वान गरे। 

कार्यक्रमलाई नारी मोर्चा नेत्री बन्दना योञ्जन, काजिमछिरिङ भोटिया, तोपदेन भोटिया, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए भने कार्यक्रममा तारा लोहार लेप्चा, सभासद् कल्पना तामाङ, दावा लेप्चा आदि प्रमुख रूपले उपस्थित थिए।

No comments: