Pages

Friday 8 November 2013

‘लोकसभा चुनाउको निम्ति हामी तातिएका छैनौ , चुनावी रणनीति पछि बनाउँने छौ---- प्रा. लामाको सांसद हुने सपना मात्र हो---- बिमल -

कालेबुङ 8 नोभेम्बर (छेवाङ) 2014 लोकसभा चुनाउको निम्ति अहिले नै पार्टीले रणनीति तयार नगरेको बताउँदै चुनाउ बारे पत्रकारहरुले सोधेको प्रश्नलाई मोर्चा प्रमुख बिमल गुरुङले पन्साउने प्रयास गरे। लोकसभा चुनाउमा मोर्चाले कुन दललाई सघाउने भन्ने प्रश्नमा तिनले भने ‘लोकसभा चुनाउको निम्ति हामी तातिएका छैनौ , चुनावी रणनीति पछि बनाउँने छौ।’। आन्दोलनकालमा तिनीविरुद्ध लागेको मुद्दाहरुमा सुनवाइ दिन आज मोर्चा प्रमुख गुरुङ कालेबुङ कोर्टमा उपस्थित बनेका थिए। योही अवधि पत्रकारहरुसंग कुराकानी गर्दै नितले उक्त कुरा भनेका हुन। 

लोकसभा चुनाउलाई केन्द्र गर्दै तृणमूल सरकारले विगतको 41 दिनको मोर्चाको आन्दोलनलाई दवाउने प्रयास गरेको आरोपहरु मोर्चा भित्रैबाट देखा परेको भएता पनि आजसम्म दलले चुनाउको निम्ति भने कुनै प्रकारको रणनीति तयार नगरेको बताउँदै अध्यक्ष गुरुङले चुनाउबारे गरेको प्रश्नको सोझो उतर दिएनन्। थद्यपि तिनले निर्दलीय उम्मेद्वारको घोषणा गर्दै लोकसभा चुनाउमा खड़ा भएका प्रा. लामालाई भने मोर्चाले सह्योग नगर्ने बताएका छन्।

 निर्दलीय सांसद उम्मेद्वार प्रा. लामाको राजनीतिक क्षमतासमेतमा प्रश्न उठाउँदै पार्टी प्रमुख गुरुङले प्रा. लामाको सांसद हुने सपना मात्र  रहेको बताए। तिनले भने ‘निर्दलीय उम्मेद्वारको रुपमा खड़ा भएर सांसद हुनसाथ गोर्खाल्याण्ड ल्याउँछु भन्नु सपना जस्तो हो। यत्रो वर्ष ठू-ठूललो पदमा रहँदा तिनले किन गोर्खाल्याण्डको कुरा गरेनन्’ गुरुङले प्रा. लामा प्रति प्रश्न पनि उठाएका छन्। प्रा. लामालाई पार्टीले समर्थन गर्छ वा गर्दैन भन्ने कुरा जनतामाथि निर्भर रहेको बताउँदै गुरुङले भने ‘तिनी पार्टीमा आजसम्म कहाँ थिए, कति बेला थिए। त्यो त अब जनताले पनि जाँदछन्। तिनलाई सह्योग नगरेकै राम्रो हुन्छ’। आज पत्रकारहरुसंग भएको मोर्चा प्रमुखको कुराकानीले प्रा. लामालाई पार्टीले सह्योग नगर्ने कुरा निश्चित बनेको छ। अर्कोतिर दल प्रमुख गुरुङले गोरामुमो कार्यकर्ताहरुको सक्रियतालाई केन्द्र गर्दै छैटौ अनुसूचि अघि बाटै खारेज भएको दावी गरेका छन्। तिनी अनुसार 18 जुलाई 2011मा भएको जीटीए समझौताले नै छैटौ अनुसूचि खारेज बइसकेको छ। गोरामुमोलाई संकेत गर्दै तिनले भने ‘झण्डा त कलकता अनि दिल्लीबाट आएर पनि लगाउन सक्छन् तर, मान्छेको मन भित्र बस्न धेरै गाह्रो पर्छ।

 घिसिङ सिलगढ़ीमा बसेका छन्। तिनमा राजनीतिक इच्छा शक्ति छन् भने पहाड़ आउँदा हुन्छ। तिनलाई हामी निमन्त्रणा गरेर पहाड़ बोलाउने छौ’। पुन जीटीए सञ्चालन पछि पनि मोर्चा नेताहरु न्यायलय धाउनु परिरहेको विशष बारे प्रश्न गर्दा तिनले आफूहरु हालमा पनि आन्दोलनमा नै रहेको संकेत दिए। तिनले भने ‘आन्दोलनले मान्छेलाई दुखाउनु पर्छ थपड़ी मारेर मात्र आन्दोलन सफल हुन्छ भन्ने कुरा होइन’। राज्य सरकारले पहाड़का सबै जात-गोष्टीको निम्ति विकास परिषद बनाउनु पर्ने बताउँदै तिनले यसमा आफू खुशी रहेको मत प्रकट गरेका छन्। तिनले भने ‘लेप्चा विकास परिषद मात्र बनाएर हुँदैन पहाड़का सबै जात-गोष्टीको निम्ति राज्य सरकारले विकास परिषद गठन गरेको हुनुपर्छ। जातिगत परिषदहरु गठन गर्न मैले नै अनुमति दिएको छु। वाहुन, गुरुङ, राई, सुब्बा आदि सबैको निम्ति वोर्ड गठन गर्नु पर्छ’। अन्त तिनले मुख्यमन्त्रीको अनुरोधलाई अस्वीकार गर्दै जीटीए चिफको पदमा आफू नबस्ने बताएका छन्। धेरै लामो समय पछि हाल मोर्चा अध्यक्ष बिमल गुरुङ कालेबुङको भ्रमणमा रहेका छन्। तिनले आज कालेबुङ न्यायलयमा आफ्नो उपस्थिति दिए भने आगमी 19 नोभेम्बरसम्म तिनी कालेबुङमा नै रहने शुत्रमार्फत थाहा लागेको छ। 7 नोभेम्बरको दिन कालेबुङ आइपुगेका पार्टी प्रमुख हाल कार्यकर्ताहरुसंग संगठनिक चर्चा गर्नमा व्यस्थ रहेको शुत्रको भनाइ छ। हाल यहाँको चिलड्रेन्स पार्क परिसरमा अवस्थित पीडब्ल्युबीको एउटा बंगलोमा बसिरहेका गुरुङले आगमी 17 नोभेम्बरको दिन कालेबुङमा सम्पन्न हुने दलको जनसभालाई सम्बोधन गर्नेछन्।


No comments: