Pages

Friday 15 November 2013

नूनको मूल्य बृद्धि हुने अफवा खबरले आममानिसहरु समस्यामा.......... महँगो दाममा बिक्री गरेको भेटाए कड़ा कानूनी कारबाही गरिने... गुप्त

कलेबंग ;१५ नोवेम्बेर ;मणि ;आलु र प्याज पछि  नूनको मूल्य बृद्धि हुने अफवा खबरले फेरी एकचोटि आममानिसहरु समस्याको समुखीन बन्न पर्यो।बिहिबार साँझा देखि नुनको मूल्य बृद्धि र आपुर्ति कम हुने अफवा खबर फैलिए पछि मानिसहरु हतास बन्न पर्यो। आज बिहान देखि आम  मानिसहरु नून किन्न शहरको पसलहरुमा भीड़ लागेको देखियो। नुनको मूल्य बृद्धि हुने खबर कहाँबाटा आयो नत हतास बनेर नून किन्न आउने मानिसलाई थाहा थियो नत बिक्रीदारलाईनै थाहा थियो। शहर लगायत संग्लन छेत्रका मानिसहरु बिहान देखि पसलहरुमा नून किन्न लामेतात लागे पछि बिक्रेदारहरु अचम्भ मानेर हेर्दै भटाभट नून बिक्री गर्न थाले। बजारमा नुनको हाहाकर मच्चे पछि पुलिस बल लगायत महकुमा अधिकारी समेत बजारमा उत्रन पर्यो। मूल्य बृद्धिको खबरले मानिसहरुमा हतास छाएपनि पसलदारहरुको भने चादी कटाई भयो। मौकामा चौका भने जस्तो पसलदारहरुले पुरानो भण्डारको नून पनि मूल्य बृद्धि गरेर बिक्री गरे पछि आममानिसहरुले महँगो दाममा नुनु किन्न परेको गुनासो पोखेका छन। नून किन्न आहेका एक  ब्यक्तिले संचारकर्मीहरुले  सोधदा नूनको मूल्य बृद्धि हुन्छा हरे अनि म पनी नून किन्न आहेको भनि बताए। यता एक पसलदारले नूनको  मूल्य बृद्धि हुने कुनै जानकारी नपाएको बताउदै पसलमा भएको नून अनि  गोदामबाट  कुल्लीलाई बोकाएर भटा भट बेचे। बजारमा नुनको मंगाई बड़ेको खबर पाए पछि कालेबुङ थाना प्रभारी अनि महकूम अधिकारी आफ्नो दलबल लिएर बजारको बिभिन्न पसलहरुमा पुगेर  मूल्य बृद्धिको जायजा लिएपछि लगभग मध्यान्न देखि स्थिति साम्य भयो। यता सामाजसेवीका ज्योती कार्कीले पनि  बजारको दौड़ाहा गरेर पुलिस प्रशासनको सहयोगमा पसलहरुमा पुगेर मूल्य बृद्धिको जायजा लिए। मानिसहरुमा हतास छाएको देखेर कार्कीले बजारमा माइकिंग गर्दै मानिसहरूलाई हतास नभइ दिने अपिल गरे। नून सम्बन्धी सृजना भएको घटनालाई केन्द्र गर्दै च्याम्बर अफ कमर्सका प्रतिनिधिहरुसंग थाना प्रभारी अचिंता गुप्तले बैठक समेत गरे। बैठक पछि संचारकर्मीहरु संग कुराकानी गर्दै गुप्तले बजारमा नुनको भण्डारा पर्याप्त मात्रमा रहेको जानकारी गराउदै मानिसहरूलाई हतास भएर नून नकिन्ने अपील गरे। आफु स्व्यम बजारमा पुगेर निरीकछन गरेको बताउदै कुनै पसलदारले महँगो दाममा बिक्री गरेको भेटाए कड़ा कानूनी कारबाही गरिने गुप्तले बताएका छन। 

No comments: