Pages

Thursday 14 November 2013

गोरामुमो पार्टीका कालेबुङ शाखा सयोंजक मौरिस कालीकोटे पक्राउ .....

फोटो  /राजु 
कालेबुङ  १४ नोवेम्बर; मणि ;गोरामुमो पार्टीका कालेबुङ शाखा सयोजक मौरिस कालीकोटेलाई  आज कालेबुङ पुलिसले पक्राउ गरेको छ। दिउसो १;१५ बजितीरको समयमा   इस्टमेनरोड स्थित तिनको घरबाटनै  पक्राउ गरेको थाहा लागेको छ। हाल पहाड़मा गोरामुमो पार्टीले दल बिस्तार संगै दलको झण्डा लगाउने कार्यलाई तीब्र पारेको छ। गोरामुमो पार्टीको दल बिस्तार पहाड़मा शुरू भएपछि केही दिन अघि कालेबुङ आएर आफ्नो घरमा बसेका शाखा सयोंजक कालिकोटेलाई गत ११ नोवेम्बेर को दिन कालेबुङ महकुमाको खण्ड दुइ  अंतर्गत अलग़डा बजारमा प्रशासनको अनुमति बिना पार्टीको गतिबिधि गरेको मामिलामा तिनलाई पक्राउ गरेको सुत्र मार्फत थाहा लागेको छ। पक्रा परेका गोरामुमो नेता मौरिश कालिकोटे बिरुद्ध पुलिसले भारतीय द्ण्ड सहिताको धारा अंतर्गत १४६ /१८६ /५०६ मुद्दा दर्ता गरेको छ भने भोली तिनलाई न्यालयमा पेश गरिने छ। 

No comments: