डी के वाइबा, कालेबुङ 7 मार्च। तृणमूल नेता छेवाङ भोटिया माथी भएको प्राणघातक हमलाकाण्डले शहरमा सनसनी छाएको छ। कालेबुङ पुलिसले सक्रियता अप्नाउँदै राती छापामारी अभियान चलाएर मोठ पाँचजना आरोपीहरु पक्राऊ गरेर आज न्यायलयमा पेश गरेको थियो। उक्त पाँच आरोपीहरु मध्ये दुईजनालाई पुलिस रिमाण्डमा लिईएको छ। यद्यपी हमलाकाण्डको 24 घण्टा बितिसक्दा समेत पुलिसले प्राथमिकीमा नाम भएका मुख्य आरोपीहरुलाई पक्राऊ गर्न सकेको छैन।
तृणमूल कङ्ग्रेसले प्राथमिकीमा उल्लेख गरेका युवा मोर्चा नेताहरुलाई पक्राऊ गर्न पुलिसले अभियान तिब्र पारेको छ भने आज राती पुलिसले बिभिन्न स्थानहरुमा छापामारी अभियान चालाएको थाह लागेको छ। हमलाकाण्डका मुख्य आरोपीहरु अझसम्म पुलिसको पञ्जामा नपरे पनि कालेबुङ पुलिसले आफ्नो सक्रियता अप्नाउँदै बिभिन्न स्थानहरुमा छापा मारी अभियान जारी राख्ने कार्य गरेको छ। तृणमूल नेता भोटियालाई प्राणघातक हमला गरेको आरोपमा पुलिसले मनोज सिह, बिजय छेत्री, अनिल छेत्री, दिलीप पाशवान अनि बिकाश रुमटेललाई पक्राउ परेका छन।
पुलिसले पक्रा गरेका पाँच आरोपीहरुलाई यहाँको न्यायलयमा पेश गरे पछि दुईजनालाई पुलिस रिमाण्डमा राख्ने न्यायलयलाई अर्जी चडाएको थियो। पुलिसले चडाएको अर्जीलाई स्वीकार गर्दै एसीजेएम कोर्टका न्यायधिस राणा दामले दुई आरोपीहरु बिजय छेत्री अनि दिलीप पाशवनलाई तीन दिनको पुलिस रिमाण्डमा राख्ने निर्देश दिएको छ भने अन्य तीनजनालाई भने न्यायिक हिरासतमा पठाएको छ। पक्रा परेका आरोपीहरुहरु बिरुद्ध आईपीसिको धारा 147, 148, 149, 325, 326, 307, 447 अन्तर्गत हत्याको प्रयास, धारिलो हतियारले प्रयोग गरेको आदि बिषयहरुमा मुद्दा दर्ता गरेको छ। पुलिसले घटनाको गुत्थि सुल्झाउँन पक्रा परेका आरोपीहरुलाई सोधपुछ जारी राखेको छ।
यसको साथै यहाँको बिभिन्न स्थानहरुमा आरोपीहरु लुकेको हुनसक्ने अनुमान लगाएर छापामार्ने कार्य गरिरहेको थाह लागेको छ। सुत्रले दिएको जानकारी अनुसार पुलिस बिभागको उक्च पदस्थ अधिकारीबाट आरोपीहरुलाई तत्काल पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने निर्देश दिएको कारण पुलिसले आरोपीहरुलाई खोज्ने अभियान तिब्र पारेको थाह लागेको छ। यसै बिषयहरुमा आज दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कुणाल अग्रवाल कालेबुङ आईपुगेका थिए। तिनले कालेबुङको वर्तमान व्यवस्था के कस्तो रहेको छ भन्ने बिषयमा अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा संग कुराकानी गरे।
No comments:
Post a Comment