कालेबुङ 9 फरवरी। लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अन्शनको आज तेस्रो दिन पनि जारी रह्यो। लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको अन्शनको तेस्रो दिन हजार आज भन्दा धेर लेप्चा समुदायका मानिसहरुले भाग लिएका छन। अन्शन शुरु भएको तेस्रो दिन गोर्खा जनमुक्ति मोर्चाले लेप्चा बिकाश परिषद गठन गरेको राज्य सरकारको नीतिको बिरोध गर्दै 12 घण्टा व्यापी पहाड बन्द डाकेको कारण कुनै झडप हुने सम्भावनालाई मध्यनजर राखेर प्रशासनले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। गोजमुमो पार्टीले 12 घण्टाव्यापी बन्द डाकेपछि बिचल्नीमा परेका लेप्चा समुदायका मानिसहरु आज बिभिन्न स्थानहरुबाट पैदाल यात्रा गरेर नै अन्शन परिसरमा आईपुगेका थिए। यता लेप्चा समुदायले शुरु गरेको अन्शनको तेस्रो दिन प्रशानको पक्षबाट महकुमा अधिकारी एल एन शेर्पाले अन्शन स्थलको परिदर्शन गरेर ताजा परिस्थितिबारे जानकारी लिए। यस अवधी महकुमा अधिकारी शेर्पाले लेप्चा समुदायका मानिसहरुसंग आमरण अन्शन फिर्ता गरिदिने आग्रह गरे। महकुमा अधिकारी शेर्पाले गत तिनदिनदेखि यहाँको थानाडाँडा परिसर अनि टाउनहल परिसरमा बसेको आमरण अन्शन फिर्ता लिने आग्रह गरे पनि लेप्चा समुदायका मानिसहरुले भने उक्त आग्रहलाई मानेनन। जसको कारण अन्शन अझ केही दिन जारी रहने सम्भावना प्रबल बनेको छ। महकुमा अधिकारी एल एन शेर्पाले लेप्चा राईट मुभमेन्ट अनि ईल्टाका अधिकारीवर्गसंग समस्याको समाधान गर्न टेबलमा बसेर बैठक गर्ने सुझाव समेत दिए अनि यस सम्बन्धमा बर्तमान पहाडमा लेप्चा बिकाश परिषद गठन गर्ने क्याबिनेटले प्रस्ताव पारित गरेपछि सृष्टि भएको परिस्थिति लेप्चा समुदायका मानिसहरुले नबनाएको कारण यस सम्बन्धमा समस्या सृजना गर्नेहरुले नै समस्या समाधान गर्न आवश्यक रहेको प्रतिउत्तर दिए। यसै सिलसिलामा आन्शनको तेस्रो दिन आज गोर्खा जनमुक्ति मोर्चाले पहाड बन्द राखेको समयमा नै गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले अन्शनकारीहरु संग भेट गरेर कुराकानी गरे। यस अवसरमा तिनले अंश्नकारीहरुलाई खदा लगाएर तिनीहरुको मनोबल बृद्धि गरे। डा छेत्रीले लेप्चा समुदायका मानिसहरुसंग अन्शन परिशरमा भेट गरेर गोजमुमो पार्टीले लेप्चा बिकाश परिषद गठनको बिरोध नगरेर राज्य सरकारले जीटीएको त्रीपक्षिय सम्झौतालाई उल्लंघन गरेको बताउँदै सोहि राज्य सरकारको नीतिको बिरोध गरेको जानकारी गराए। राज्य सरकारले त्रीपक्षिय सम्झौतालाई उल्लंघन गरेर लेप्चा बिकाश परिषद गठन गरेर पहाडमा बिभाजन गरेर भाईचारालाई बिगार्ने प्रयास गरेको बताउँदै यसको जिम्मेवारी पनि राज्य सरकारनै रहेको बताएका छन। लेप्चा समुदायका मानिसहरुको गोजमुमो पार्टीको आन्दोलनलाई बिगत देखिनै सहयोग गर्दै आएको कारण आफुहरुले पनि लेप्चाहरुको समस्यालाई समाधान गर्ने जिम्मेवारी रहेको बताए। “यो लेप्चा बिकाश परिषदको बिरोध गरेको होईन। तर यहाँ राज्य सरकारले सम्झौताको उल्लंघन गरेकोमा आपत्ति जनाएको हो। हामी तपाईँहरुको साथमा छौ। गोजमुमो पार्टीले लेप्चाहरुको मुद्दलाई पूर्ण सहयोग गर्नेछ” डा छेत्रीले भने।
अर्कोतिर आज उक्त आमरण अन्शन परिशरको भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानको नेतृत्वमा रहेको टोलीले पनि भेट गरेर अन्शनकारीहरुको मनोबल बडाए। भारतीय गोर्खा परिसंघ लेप्चा जातिको भाषा, संकृतिको बिकाशको निम्ति गठन हुने भनिएको लेप्चा बिकाश परिषदको समर्थनमा रहेको बताउँदै उक्तकुरालाई लिएर राजनैति गरिनु दुर्भाग्यपूर्ण रहेको बताए। “सर्वभारतभरी छरिएर बसेका गोर्खहरुलो पक्षमा हामी लेप्चा समुदायका मानिसहरुलाई साथमा रहेको बताउँछौ। भारतमा अल्पसंख्यकहरुको हितमा हुने कार्यको हामी स्वागत गर्छौ। यो राम्रो कार्य हुँदैछ। यहा कुनै पछौटे जातिको सुरक्षाको निम्ति गरिएको मागको बिरोधमा कुनै पनि राजनैतिक पार्टीले राजनीतिकरण गर्छ भने त्यो दुर्भाग्यपूर्ण मात्र नभएर जघन्य अपराधा हो। यसको भागोपले घोर बिरोध गर्दछ” रेभरेन एनोसदास प्रधानले भने। यस अवसरमा तिनले आगमी दिनहरुमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई प्राप्त गर्न लेप्चा समुदायका मानिसहरुबाट बिगतका दिनहरुमा झै भविष्यमा पनि सह्योग हुन आवश्यक रहेको बताए।
No comments:
Post a Comment