Pages

Saturday, 9 February 2013

लेप्चा बिकाश परिष यदि छुट्टै राज्यको निम्ति बाधा भए हामी यसलाई छोडीदिनेछौ – दोर्जी टी लेप्चा

 कालेबुङ 9 फरवरी। “लेप्चा बिकाश परिषदको गठनले के छुट्टै राज्य प्राप्तिको निम्ति बाधा सृजना हुन्छ ? यदि छुट्टै राज्य गटःअनको निम्ति लेप्चा बिकाश परिषद बाधा हुन्छ भने हामी यसलाई त्यागिदिनेछौ” – उक्त कुरा आज लेप्चा युवा संगठनका अध्यक्ष दोर्जी टी लेप्चाले एक पत्रकार सम्मेलनमा बोल्दै भनेका हुने। तिनले आज लेप्चा बिकाश परिषदको बिषयमा सबैलाई अवगत गराउँन युवा संगठनले जनसभा गर्ने अघिबाटै तय गरेको बताउँदै जनसभाकै दिन गोजमुमो पार्टीले बन्द डाकेको कारण उक्त जनसभा हुन नसकेको पनि अवगत गराए। “लेप्चा बिकाश परिषद सरकारले त्यसै दिएको होईन। यसको निम्ति लेप्चा दाजुभाईहरुले धेरै संघर्ष गरेको छ। कोलकोताको 45 डिग्री घाममा आन्दोलन गर्दा प्रेसिडेन्सियल जेलसम्म बसेका छन हाम्रा दाजुभाईहरु। यत्रो दुख गरेर प्राप्त गरेको लेप्चा बिकाश परिषदको बारे आज पहाडमा राजनीतिकरण भईरहेको हामीलाई लागेको छ। योप अतिनै दुर्भाग्यपूर्ण हो” – दोर्जी टी लेप्चाले अझ भने। बिगतको दिनहरुमा लेप्चा युवाहरु सैनिकमा भर्ना हुँन जाँदा गोर्खा प्रमाण पत्रको अभवले भर्ना हुन नसकेको कारण लेप्चाहरुले आफ्नो सुरक्षाको निम्ति यसरी संघर्ष शुरु गरेको तिनले जनाए। सरकारले एउटा अधिसुचना जारी गरेर लेप्चाहरुलाई गोर्खाहरुको सुचिबाट बाहिर राखेको कारण गोर्खा प्रमाण पत्र पाउँन नसकेको अनि जसको कारण युवाहरु सैनिकमा भर्ना भईसक्दा पनि फर्कनु परेको पिडा रहेको तिनले अझ बताए। यस्तो समस्याले लेप्चाहरु पिरोलिँदा पनि यहाँका राजनैतिक पार्टीहरुले भने त्यस समय आवज नउठाएको बताए। त्यसैको फरस्वरुप लेप्चा बिकाश प्रिषदको निम्ति संघर्ष अघि बडेको अनि आज सरकारले उक्त परिषद गठन गर्न लाग्दा भने लेप्चाहरुलाई आफ्नो अधिकारबाट बञ्चित पार्ने षडयन्त्र भईरहेको तिनले अझ जनाए। “हामी आफ्नो सुरक्षाको निम्ति यसरी संघर्ष गरेर आयौ अनि आज सरकारले सहुलियत दिन लाग्दा राजनीतिकरण भयो। जसको कारण लेप्चाहरु आफ्नो अधिकार खोसिने बुझेर बरु यस्तो हुनु भन्दा आफैलाई समाप्त गरेर लेप्चाहरुको ईतिहास नै मेटि दिन आमरण अंसनमा बसेका हौ” दोजी टी लेप्चाले अझ भने। “यहाँ लेप्चा जाति अहिले फूटबल जस्तै चेप्टिनु परेको छ। केन्द्रमा छुट्टै राज्यको निम्ति प्रक्रिया सरकारले चलाईरहेको समयमा दार्जीलिङ पहाड भने लेप्चा बिकाश परिषदको मुद्दामा अल्झिरहेको छ। के लेप्चा बिकाश परिषदले छुट्टै राज्यको निम्ति बाधा सृजना गरेको छ ?” तिनले प्रश्न गरे। यसैसिलसिलामा लेप्चा जाति राजनैतिक षडयन्त्रमा परेर मर्नु भन्दा आफै मर्न तयार रहेको स्पष्ट पारे। यता लेप्चा युथ संगठनका सल्लाहकार युसुफ सिमिकले लेप्चा बिकाश परिषदले दार्जीलिङका लेप्चाहरुलाई मात्र नभएर बङगालभरी छरिएर बसेका लेप्चाहरुलाई लाभ पुग्ने जनाए। यसले बिरोधाभास सृजना हुने देखेर नै आफुहरुले यसलाई निश्चित सिमा क्षेत्रमा बाँध्न नचाहेको तिनले अझ बताए। आज पहाडमा लेप्चा समुदायले जनसभा डाकेकै दिन गोजमुमो पार्टीले बन्द डाकेको कारण उक्त बन्द लेप्चाहरुकै बिरोधमा डाकेको हुनसक्ने शंका उपार्जन भएको तिनले अझ जनाए। यस सिलसिलामा तिनले यदि मोर्चाले बन्दनै डाक्नु थियो भने पनि आजकै दिन नडाकेको भए कुनै भ्रम सृजना हुने थिएन भनि जनाए। 

त्रीपक्षिय सम्झौताको उल्लंघन गरेर सरकारले साम्प्रादायिक दंगा फैलाउँन खोज्दैछ – गोजमुमो 

 कालेबुङ, ९ फरवरी| “जीटीए गठनले दार्जीलिङ पहाड मुस्कुराईरहेको छ” भनेर राजनैतिक डिङ हाँक्ने बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको भाषण केवल भाषण मात्र हुन तर वास्तवविकता भने अर्कै रहेको छ भन्ने कुराको पोल पहाडको बर्तमान स्थितिले उजागर गरेको छ। गोर्खाल्याण्डको आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएको कुर्सीमा बिसाउँन सक्षम बनेकी ममता ब्यानर्जीको निम्ति अहिले पहाडको समस्या घाँटीमा अडकेको हड्डी नै बनेको छ। पहाडमा तृणमूल सरकारले शान्ति स्थापना गर्योस भनि श्रेय लिने मुख्यमन्त्रीलाई अहिले पहाडमा चर्किन्दो गोर्खाल्याण्डको आवज अनि लेप्चा बिकाश परिषदले निम्ताएको राजनैतिक चल खेलले दार्जीलिङ पहाडको समस्या जीटीएले पूर्ण समाधान गर्दैन भन्ने सन्देश पुगेको छ। तिनले लिएका श्रेयहरु आज पहाडमा डाकिएको 12 घण्डा व्यापी बन्दले नै गतिलो झट्का दिएको छ। पहाडमा शान्ति ल्याउँन सक्षम बने भन्दै घरी घरी पहाड चड्ने मुख्यमन्त्री ब्यानर्जीलाई यसपल्ट पहाड भ्रमण भने पटक्कै लाभधायक बन्न सकेन। दार्जीलिङको चौरास्तामा सार्बजनिक कार्यक्रममा जनताले मुखैमा गोर्खाल्याण्डको जिन्दावादको नारा लगाएर गतिलो चुनौति पाएकी ममता ब्यानर्जीले मोर्चालाई राजनैतिक जालमा फसाउँन लेप्चा बिकाश परिषदको गोटी फ्याँके पनि उक्त गोटीले पहाडमा राजनैतिक अस्थिरता सृजना गरेको छ। राज्य सरकारले लेप्चा बिकाश परिषद गठन गर्ने सिलमोहर लगाउँनसाथ अस्थिर बनेको पहाडमा आज गोजमुमो पार्टीले ‘लेप्चा बिकाश परिषद” गठन प्रक्रियाको बिरोध गर्दै डाकेको 12 घण्टाव्यापी बन्दले सम्पूर्ण पहाड प्रभावित बन्यो। बन्दको समर्थनमा मोर्चा समर्थकहरु बिहानै सडकमा ओर्लिएका थिए भने बेलुकी सम्म नै उनीहरुले बन्दलाई सफल पार्न मूल बाटोमानै अड्डा जमाएर बसेका थिए। यस अवधी सम्पूर्ण दोकान पाट, सरकारी तथा गैरसरकारी कार्यलय, ब्याङ्क बन्द रहेको थियो भने वाहनहरुको चलाचल पूर्णरुपले ठप्प रहेको थियो। बन्दको कारण 24 घण्टा सेवामा हुने सबै ब्याङकहरुको एटीएमहरु पनि बन्द राखिएको थियो। बन्दलाई सफल पार्न बिहान यहाँक़ो डम्बर चौकमा गोजमुमो बिधायक एंव बिधायक डा हर्कबहादुर छेत्री, सभासदहरु, नगरपार्षदगण लगायत युवा अनि नारी मोर्चा कार्यकर्ताहरु व्यापकरुपले सहभागी बनेका थिए। बन्दलाई सफल पार्न सडकमा निस्केका मोर्चा नेतृत्व अनि समर्थकहरुले यहाँको डम्बर चौकबाट महकुमा अधिकारी कार्यलयसम्म अघोषित जुलुस नै निकाले। उक्त भीडले महकुमा कार्यलय अघि पुगेर बङगाल सरकारको बिरोधमा जोडदार नाराबाजी लगायो। डम्बर चौकबाट महकुमा अधिकारीको कार्यलयमा पुगेर मोर्चा टोलीको पक्षबाट डा. छेत्रीको नेतृत्वमा एक टोलीले महकुमा अधिकारी एलएन शेपामार्फत गोजमुमोको पक्षबाट एलडीसी प्रक्रियाको विरोधमा राज्यपाललाई पत्रचार गरेको छ| सरकारले लेप्चा बिकाश परिषद गठन जीटीएको त्रीपक्षीय सम्झौतालाई उल्लंघन गरेको अनि दार्जीलिङ पहाडमा दिर्घदिनदेखी कायम रहेको भाईचारलाई बिगार्ने प्रयास गरेको आरोप लगाएको छ। पछौटे कल्याण विभाग जीटीएमा हस्तान्तरित विभाग रहेको कारण यस्ता परिषदहरु गठन गर्ने अधिकार समेत जीटीएमा हुँदा हुँदै राज्य सरकारले हस्तक्षेप गरेर सम्झौताको उल्लंघन गरेको डा छेत्रीले आरोप लगाए। पहाडमा १९७४ सालमा एकपल्ट गोर्खा अनि बङ्गाली सम्प्रदायमाझ साप्रायदायिक हिंशा भएको थियो भने त्यही हिंशा पुनः दोरिने भय उनले व्यक्त गरे| ‘सरकारले दिएको काउन्सिलले गोर्खा अनि लेप्चाहरूमाझ साप्रदायिक झगडा बढ्ने सम्भना भइरहेको छ| अहिलेसम्म नभएको यस्ता हिंशा पहाडमा हुनसक्छ| यो परिस्थिति आउभन्दा अघि नै यो परिस्थित मेटाउनुपर्छ भनेर हामीले आज राज्यपाललाई पत्रचार गरेका छौं’-उनले भने। यसैक्रममा तिनले गत १४ दिसम्बरमा नै लेप्चा डेभ्लोपमेन्ट बोर्ड जीटीएमा पास गरेका हौं भनि स्पष्ट पारेका छन| “ हामी उनीहरूको सङ्घर्षमा साथ छौं| हाम्रो विरोध उनीहरूको मागसित होइन, सरकारले गरेको गठन प्रक्रियामा हो” डा छेत्रीले अझ भने। तिनले पश्चिम बङगाल सरकारको कदमले अहिले जुन लेप्चा अनि गोर्खाहरुको साम्प्रदायिक मेललाई बिग्राने कार्य भएको छ यसको निम्ति सामाधान निकाल्न मोर्चा प्रयासरत् छ अनि सरकारे पनि ठोस् कदम चाल्न आवश्यक छभनि बताएका छन।

No comments: