डी के वाइबा, कालेबुङ 6 फरवरी। गोर्खा जनमुक्ति मोर्चाले डाकेको सर्बदलिय बैठकमा गोर्खाल्याण्ड टास्क फोर्सले सहभागिता नजनाउँने भएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन गोजमुमो पार्टीले भोलि सर्बदलिय बैठक डाकेको भए पनि उक्त बैठकमा गोर्खाल्याण्ड टास्क फोर्स लगायत यसका सहयोगी राजनैतिक पार्टीहरु क्रामाकपा, गोर्खालिग अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अनि भारतीय गोर्खा परिसंघले सह्भागीता नजनाउँने निर्णय लिएको छ।
गोर्खाल्याण्ड टास्क फोर्सको आज उक्त सर्बदलिय बैठकलाई लिएर बसेको आपतकालिन बैठकमा सर्वसहमतिले मोर्चाले डाकेको सर्बदलिय बैठकमा नजाने निर्णय लिएको छ। गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन सबै दलहरुबाट सुझाव माग्दै भोलि जिमखाना परिसरमा सर्बदलिय बैठक डाकेर पहाडका सबै राजनैतिक पार्टीहरुलाई आधिकारिक पत्रचार गरेको छ। मोर्चाको पत्र पाएपछि बैठकमा जाने अथवा नजाने भन्ने बिषयमा गोटाफोको आज यहाँको गोरानिमो पार्टी कार्यलयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो।
उक्त बैठकमा भागोपका राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधान, क्रामाकपा उपाध्यक्ष जेबी राई, अभागोली महासचिव प्रताप खाती, गोरानिमो अध्यक्ष दावा पाख्रिन, गोटाफो राष्ट्रिय अध्यक्ष सुखमान मोक्तान, गोटाफो राष्ट्रिय समन्वयक आर मोक्तान आदिको उपस्थिति रहेको थियो। उक्त बैठकमा गोटाफोका सहयोगी राजनैतिक पार्टीका नेतृत्ववर्गमाझ गोझमुमो पार्टीले डाकेको सर्बदलिय बैठकमा जाने नजाने बिषयमा छलफल भयो। बैठकमा सबैमाझ छलफल भएपछि अन्तमा सबैको सहमतिमा मोर्चाले डाकेको सर्बदलिय बैठकमा नजाने गोटाफोले निर्णय लिएको छ।
बिशेष गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङले सर्बदलिय बैठकमा सबै गोर्खाल्याण्ड माग्ने राजनैतिक पार्टीहरुलाई निमन्त्रणा दिए पनि बिपक्ष पार्टीहरुलाई सर्बदलिय बैठक समाप्त भएको एकघण्टा भित्रमा आन्दोलन शुरु गर्नुपर्ने, दिल्लि धर्नामा पाँचसयजना कार्यकर्ताहरु निकाल्नुपर्ने शर्ता राखेका थिए। मोर्चाले राखेको उक्त शर्त गोटाफो अनि यससंग सम्बन्धित राजनैतिक पार्टीहरु मान्न तयार रहेका छैनन। गोजमुमोले सशर्त सर्बदलिय बैठक बोलाएको कारण गोटाफो संगै क्रामाकपा, अभागोली, भागोप, गोरानिमो पार्टीले उक्त सर्बदलिय बैठकमा नजाने निर्णय लिएको छ।
गोजमुमो पार्टीले सशर्त सर्बदलिय बैठकमा बोलाउँनु तालिबानी फरमान भएको बताउँदै राजनीतिमा शिष्टता अनि अनुशासन हुन आवश्यक रहेको गोटाफोले बताएको छ। यस समबन्धमा गोटाफोका राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले पत्रकारहरुसंग कुराकानी गर्दै छुट्टै राज्य गोर्खाल्याण्दको आन्दोलन चौकिमा बसेर सम्भव नभएको कारण पहिला मोर्चाले जीटीए रद्द गर्नुपर्ने अनि त्यसपछि मात्र आन्दोलन अघि बडाए ईमान्दार रहेको प्रमाणित हुने जनाएका छन।
गोजमुमो अध्यक्ष बिमल गुरुर्ङले सर्बदलिय बैठकमा सबै राजनैतिक पार्टीहरुलाई बोलाउँन अघि दार्जीलिङको जिमखाना हलबाट राजनैतिक फरमान जारी गरेर तानशाही संस्कार आप्नाएको गोटाफोले आरोप लगाउँदै उक्त बयानप्रति पनि गोटाफोले आपत्ति जनाएको छ। “जबसम्म जीटीए भंग गरिन्दैन तबसम्म गोर्खाल्याण्डको आन्दोलन गोजमुमो पार्टीले ईमान्दारपूर्वक अघि लगेर जाँदैछ भन्नु ठिक होईन। गोर्खाल्याण्डको निम्ति एक हुन आवश्यक छ।
यसको निम्ति गोजमुमो पार्टीले पत्रचार गरेर निमन्त्रणा दिएकोमा हामी धन्यवाद पनि दिन्छौ। तर बैठकमा बोलाउँदा सर्त राख्नु ठिक होईन” – गोटाफो राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले भने। “सत्तामा बसेर आन्दोलन हुँदैन। गोजमुमो पार्टीले सत्ताको मोह त्याग्नुपर्छ। यदि सत्ताको मोह त्यागेर सडकमा निस्कन्छ भने हामी तिनीहरुसंग काँध मिलाएर हिड्न राजी छौ। एकातिर जीटीए चल्दैगर्छ अर्कोतिर आन्दोलन अघि बड्दैगर्छ भन्नु चिचीको पनि लोभ, पापाको पनि लोभ भनेजस्तै हो। यो दोहोरो प्रवृति मोर्चाले त्यागे हामी संगै अघि बडन राजी छौ” – मोक्तानले भने।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति सबै राजनैतिक पार्टीहरु एक हुन आवश्यक छ भन्ने ठानेर भारतीय गोर्खा परिसंघले पहल गर्दै आईरहेको अनि यसको निम्ति पहाडमा जनआधर भएको राजनैतिक पार्टी गोजमुमो पार्टीलाई आफुहरुले अघिबाटै एउटै मञ्चमा ल्याउँन पत्रचार गर्दा मोर्चाले कुनै प्रतिउत्तर नदिएको पनि मोक्तानले बताएका छन। “सबैको चाहना गोर्खाल्याण्ड हो त्यसैले यसको निम्ति एक हुन मोर्चाले जीटीए भंग गर। यसको साथै बिधायकहरुले पनि राजीनामा दिएर सडकमा उत्रिए हामी अंगालो मारेर निशर्त आन्दोलनको निम्ति सडकमा आउँनेछौ” सुखमान मोक्तानले भने।
No comments:
Post a Comment