डी के वाइबा, कालेबुङ 6 फरवरी। दार्जीलिङ पहाडमा लेप्चा बिकाश परिषद आखिरमा ममता सरकारले गठन गर्ने निर्णयमा सिलमोहर लगाएको छ। दिर्घदिन देखि लेप्चा बिकास परिषद गठनको माग गर्दै आईरहेको लेप्चा राईट मुभमेन्टलाई मंगलबार राज्य मन्त्रीमण्डलले प्रस्ताव पारित गरेर बिराम लगाईदिएको छ भने बर्तमान दार्जीलिङ पहाडको राजनैतिक परिदृष्यमा ममता ब्यानर्जीले “तोड अनि राज गर” को फर्मूला अप्नाएर अघि बड्ने कार्य गरेको छ।
लेप्चा बिकास परिषद गठनको हल्ल फैलिनसाथ लेप्चा समुदायका मानिसहरुमाझ हर्षको लहर छएको छ। यसैसिलसिलामा आज यहाँको डम्बर चौकमा ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा)ले पटेका पड्काएर हर्ष मनायो। यस अवधी थोरै संख्यामा भली भएका लेप्चा समुदायका मानिसहरुले लेप्चा बिकास परिषद जिन्दावाद संगै ममता ब्यानर्जी जिन्दावादको नारावाजी पनि लगाए।
यसै अवधी यता पत्रकारहरुसंग कुराकानी गर्दै ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा)का सयुक्त सचिव एन टी लेप्चाले पत्रकारहरुसंग कुराकानी गर्दै लेप्चा बिकास परिषदको माग गर्दै आन्दोलन गर्दै आईरहेका लेप्चाहरुको संघर्षको उपलब्धि नै लेप्चा बिकास परिषद हो भनि बताएका छन। “यो हाम्रो कुनै राजनैतिक माग होईन। यो हामीले लेप्चा जातिको भाषा, संस्कृतिको बिकासको निम्ति मागेको व्यवस्था हो।
लेप्चा जातिको भाषा, साहित्य संस्कृतिको बिकासको निम्ति दिएको उक्त लेप्चा बिकास परिषदले पहाडमा जात जातमा बिभाजन ल्याउँछ भन्ने हामी बिश्वास गर्दैनौ” एन टी लेप्चाले भने। यसै सिलसिलामा तिनले पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पनि लेप्चाहरुको समर्थन रहेको बताउँदै पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुनपर्ने माग गरे।
“पहाडमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई बाधा दिन हामीले लेप्चा बिकास परिषद मागेका होईनौ। हामी गोर्खाल्याण्डको बिरोध गर्दैनौ। सम्पूर्णस जातिको बिकासको निम्ति गोर्खाल्याण्ड राज्य गठन हुन आवश्य्क छ। भविष्यमा छुट्टै राज्य गोर्खाल्याण्ड गटःअनको निम्ति हाम्रो समर्थन रहनेछ अनि गोर्खाल्याण्ड आन्दोलनमा होमिन पनि हामी तयार छौ” – एन टी लेप्चाले अझ भने।
No comments:
Post a Comment