Pages

Wednesday 13 February 2013

उत्तर बङगाल बिकाश मन्त्री गौतम देवको बिरोधमा कालो झण्डा देखाईयो

बङगाल सरकारको बिरोधमा आज कालो झण्डा देखाईएको हो – बिनय तामङ 

 कालेबुङ 12 फरवरी। लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अन्शन समापन गरेर फर्केका उत्तरबङगाल बिकाश मंत्री गौतम देवले आज पहाडमा प्रथम पल्ट बिरोधको सामना गर्नुपर्योग। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्क अनि टाउनहल परिसरमा लेप्चा समुदायका मानिसहरुले गत छ दिन देखि जारी राखेको आमरण अनशन फिर्ता गरिदिने राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले सन्देश पठाए पछि आज उक्त सन्देश ल्याएर कालेबुङ आईपुगेका थिए।

 मुख्यमंत्रीको सन्देश ल्याएर कालेबुङ आईपुगेका मंत्री देवले लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अनशन जुस पिलाएर समापन गरेर सोझै सिलगडी फर्किरहेको समयमा तिनले बिरोधको सामना गर्नु पर्योल। यहाँको आठ माईल स्थित देवलाई गोजमुमो पार्टी कार्यकर्ताहरुले व्यापक मात्रमा भेला भएर बिरोध गर्दै कालो झण्डा देखाए। मोर्चा कार्यकर्ताहरुले अचानक सडकमा निस्केर कालो झण्डा देखाउँदै बिरोध प्रदर्शन गर्न थालेपछि केही बेरम्म तिनको वाहन अघि बडन समेत सकेन।

 अन्तमा उक्त बिरोधहरुको सम्मुखिन बनेका उत्तर बङगाल बिकाश मंत्री गौतम देवलाई पुलिस प्रशासनले सक्रियता अप्नाउँदै सुरक्षित निकाले। यता कालेबुङमा बिरोधको सामना गर्न परेका मन्त्री देवलाई 31 ए राष्ट्रिय राजमार्ग चित्रेमा पनि कालोझण्डा देखाएर मोर्चा समर्थकहरुले जोडदार बिरोध प्रदर्शन गरे। उक्त प्रदर्शन अवधी कुनै अप्रिय घटना नहोस भनेर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाएको थियो। 

आज यसरी अचानक पहाडमा मन्त्री गौतम देवको बिरोधले गोजमुमो अनि तृणमूल कङ्ग्रेस पार्टीको सम्बन्ध बिच्छेद बनेको स्पष्ट बनेको छ। यता उक्त कालोझण्डा देखाएर बिरोध गरिनुको घटना बारे गोजमुमो सहसचिव बिनय तामङले यसरी स्पष्टिकरण दिएका छन। “गोजमुमो पार्टी लेप्चा जातिको बिकाशको बिरोधमा छैन। मोर्चाले लेप्चा बिकाश परिषदको पनि बिरोध गर्दैन।

 आज बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्तामा आएर गोर्खाहरुको अपमान गरिन अनि कालेबुङमा गौतम देव आएर गोर्खाहरुको छत्तिमा टेकेर अपमान गर्ने कार्य गर्दैछ। यहाँ बङगाल सरकारले बारम्बार गोर्खाहरुलाई अपमान गर्ने कार्य भएको कारण यो कालो झण्ड देखाएर सरकारको बिरोध गरिएको हो” बिनय तामङले स्पष्ट भने।

No comments: