Pages

Thursday 14 February 2013

मन्त्रीलाई कलोझण्डा देखाउँनेहरु बिरुद्ध मुद्दा दर्ता

कालेबुङ 13 फरवरी। लेप्चा जातिको आमरण अनशन समापन गरेर सिलगडी फर्किरहेका उत्तर बङगाल बिकाश मन्त्री गौताम देवलाई कालो झण्डा देखाएर बिरोध गर्नेहरु बिरुद्ध पुलिसले मुद्दा दर्ता गरेको छ। मंत्री देवलाई कालो झण्डा देखाएको बिरोधमा पुलिसले जीटीए सभासदहरु क्रमैले सामुएल गुरुङ, काजिम छिरिङ भोटिया अनि कल्पना तामङ बिरुद्ध मुद्दा दर्ता गरेको छ। यसको साथै गोजयुमो प्रचार प्रसार सचिव बिनय घिसिङ, प्रभात घिसिङ, अमरधोज उर्फ बुड्डा मंगर, पाल्देन तामङ बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ। पुलिसले आईपीसीको धारा 143, 341, 352, 427, 511, 506 अन्तरगत आरोपीहरु बिरुद्ध मुद्दा दर्ता गरेको छ भने सबै आरोपीहरुलाई बेल बोण्डमा छोडेका छन। जानकारी अनुसार आज उक्त आरोपीहरुले यहाँको न्यायलयमा आत्मसमर्पण गर्न गएका थिए। न्यायलयमा आत्मसमर्पण गर्न गए पनि न्यालयको कतिपय तक्निकी कारणहरुले गर्दा उक्त कार्य नभएको सुत्रले जनाएको छ।

No comments: