कालेबुङ 15 फरवरी। दार्जीलिङ शहरमा आज बिहान सीबीआईले गोर्खालिग पार्टी अध्यक्ष मदन तामङ हत्याकाण्डका पाँच आरोपीहरुलाई एकैचोटि पक्राऊ गरेपछि सन सनी छाएको छ। गोजमोमो पार्टीको भातृसंगठनका अग्रिम पंक्तिका नेताहरु पक्रा परेको खबरको डलेलो सल्केर कालेबुङमा आईपुगेपछि आज कालेबुङमा पनि चारैतिर उक्त चर्चा चलिरह्यो। यस सम्बन्धमा गोजमुमो पार्टीले यो सीबीआईको जाँच प्रक्रिया हो भनि जनाएको छ।
गोजमुमो सहसचिव बिनय तामङलाई आज यहाँको पार्टीकार्यलयमा मदन तामङ हत्याकाण्ड सम्बन्धि दार्जीलिङमा गोजमुमो पार्टीका आरोपी नेताहरुलाई पक्राऊ गरेको सन्दर्भमा प्रश्न गर्दा “पक्रा पर्नु दोषी होईन” भने। “आज पक्रा परेकाहरुको नाउँ चार्जसिटमा भएको कारण नै सीबीआईले पकाऊ गरेको हो।
यो उनीहरुको जाँच प्रक्रियाको एउटा कदम हो” तिनले भने। पक्रा परेकाहरु माथी अहिले नै टिप्पणी गरेर केही भन्न उचित नहुने मान्दै तिनले “पक्रा पर्नेहरु दोषी हो होईन त्यो आगमी दिनमा न्यायलयले निर्णय गर्नेछ। उनीहरु केवल आरोपी मात्र हुन। सीबीआईले पक्रा गर्दैमा दोषी भन्नु गलत हुनेछ। कुनै पनि आरोपीलाई पक्राऊ गर्न सक्छ यसमा हामी केही भन्दैनौ” तामङले भने।
No comments:
Post a Comment