Pages

Wednesday, 9 January 2013

सहुलियत र पैसाम नभुलेर गोर्खाल्याण्डको निम्ति अघि बड्नुपर्छ – क्रामाकपा

कालेबुङ, 9 जनवरी। केन्द्रिय गृहमन्त्री सुशिल कुमार सिन्देले केहिदिन अघि तेलेङगना राज्य गठनको बिषयमा एकमहिना भित्रमा बिर्णय लिने घोषणा गरेपछि पहाडमा पुन: गोर्खाल्याण्डको डलेलो सल्कने निश्चित बनेको छ। सिन्देको बयान पछि आज क्रामाकपाले शहरमा छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग गर्दै शहरमा पोष्टरिण्ग़ गरेको छ। भारतीय गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा केवल छुट्टै राज्यले मात्र पुरा गर्ने भएको कारण संघिय भारतमा भरतीय संविधान अनुरुप छुट्टै राज्य गोर्खाल्याण्डको गठन हुनपर्ने क्रामाकपाको माग रहेको छ।

सोहि सन्दर्भमा क्रामाकपाले गोर्खाल्याण्डकै वकालती गर्दै पोष्टरमा उल्लेख गरेको छ। शहरमा पोष्टरिङ गरिसकेपछि गक्रायुमो महासचिव अरुण घतानीले सरकारले एकपक्षिय निर्णय लिन नहुने माग गरेका छन। “केन्द्र सरकारले आगमी एक महिनाभित्रमा तेलेङगना राज्य गठनको निर्णायक निर्णय लिए छुट्टै राज्य गोर्खाल्याण्ड छोडिनु हुँदैन। दार्जीलिङ पहाडमा गोर्खाल्याण्ड माग्ने राजनैतिक पार्टीहरुलाई सहुलियत र पैसामा भुलाएर गोर्खाल्याण्ड गठन नगरे क्रामाकपाले सहन गर्ने छैन।

 भारतीय गोर्खाहरुको समस्याको समाधान एकमात्र छुट्टै राज्य गोर्खाल्याण्डको गठनले पुरा गर्नेछ। यहाँ जीटीए थापेर सत्तामा बस्ने पार्टीले पनि अब जीटीए छोडेर गोर्खाल्याण्डको बाटोमा हिड्नुपर्छ। यो समय मुद्दालाई सहुलियत र पैसामा साट्ने समय होईन” – उक्त कुरा क्रामाकपा पार्टीको युवा एकाई गक्रायुमो महासचिव अरुण घतानीले भनेका हुन।

केन्द्र सरकारले दार्जीलिङ पहाडका जनतालाई जीटीएमा भुल्याएर तेलेङगना गठन गर्ने षडयन्त्र रचिरहेको आरोप लगाउँदै क्रामाकपाले सरकारको एकतर्फी नीतिको जोडदार बिरोध गर्दै सडक आन्दोलन गर्ने चेतावनी पनि दिए। तेलेङ्गना राज्य गठन हुने परिस्थिति देखा परेकोले सय वर्ष पुरानो गोर्खाल्याण्डको मुद्दाले यसपल्ट पार नपाउने स्थितिलाई क्रामाकपाले गम्भिरतासाथ हेरेको बताउँदै पहिला सुवास घिसिङलाई दागोपापमा अनि अहिले गोजमुमोलाई जीटीए थमाएर गोर्खाहरुलाई संवैधानिक अधिकारबाट बञ्चित पार्ने षडयंत्र सरकार्ले रचिरहेको तिनले आरोप लगाए। 

तिनले तेलेङगना राज्य गठ नहुँदा पनि तेलेङगनावासीले कुनै चिन्हारी र राष्ट्रिय राजनैतिक सुरक्षाको अभाव सहनु नपरेको दाबी गर्दै भारतीय गोर्खाहरुले भने गोर्खाल्याण्ड गठन नभएको कारण बाराम्बार बिदेशीको लाञ्छनाले अपमानित हुनपरिरहेको बताए। तिनले तेलेङगना पनि हुन आवश्यक छ भन्दै यसभन्दा पहिला सरकारले गोर्खाहरुको निम्ति गोर्खाल्याण्ड गठन गर्नुपर्छ भने। 

“यदि भारत सरकारले तेलेङगना राज्य गठन गरी छुट्टै राज्य गोर्खाल्यांड गठन नगरे त्यसको नतिजा सरकारले भोग्नुपर्नेछ” – घतानीले स्पष्ट भने। अहिलेसम्म दार्जीलिङ पहाडमा चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सरकारले पैसा र सहुलिय प्रदान गरेर दबाउँने कार्य गरिरहेको आरोप लगाउँदै अब सम्पूर्ण जनता अघि आएर सहुलिय र पैसामा नभुली लक्ष्य प्राप्तिको आन्दोलनमा अघि बड्नुपर्ने आह्वान गरे। 

तिनले अहिलेको समय गोर्खाल्याण्ड माग्नेहरु चुप लागेर बस्ने होईन भन्दै सबैले व्यक्तिगत स्वार्थलाई त्यागेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति निर्णायक आन्दोलनमा उत्रिनु आवश्यक छ भने। क्रामाकपाले गोर्खाल्याण्ड बाहेक कुनै पनि चान चुने मुद्दाहरुमा सम्झौता नगर्ने दाबी गर्दै अहिले टास्क फोर्समा सबै गोर्खाल्याण्ड माग्ने दलहरुले आन्दोलनलाई अघो बडाउँन रणनीति तयार पर्ने कार्य भाईरहेको अनि आगमी द्नमा यस बारे कार्यक्रम घोषणा हुने पनि तिनले बताए।

No comments: