Pages

Sunday, 20 January 2013

कालेबुङमा पहिलो पल्ट अन्तराष्ट्रिय नेपाली कवि गोष्ठी सम्पन्न

डी के वाइबा, कालेबुङ 20 जनवरी । भारत अनि नेपालका कविहरुलाई एउटै स्थानमा भेला गराएर नवोदित साहित्यकारहरुलाई उत्साह प्रदान गर्दै नेपाली साहित्यको बिकास गर्ने उदेश्य राखेर प्रथम पल्ट कालेबुङमा आज अन्तराष्ट्रिय नेपाली कवि गोष्ठि सम्पन्न भयो। कोलकातास्थित नेपालको महावाणिज्य दूतावास अनि कालेबुङको उपमा पब्लिकेशनको संयुक्त आयोजनामा आज उक्त अन्तराष्ट्रिय कवि गोष्ठि सम्पन्न भएको थियो।

 कालेबुङकी बयोबृद्ध कवियत्री सानुमति राईले अध्यक्षता गरेको उक्त “काव्य साँघु” नामक अन्तराष्ट्रिय कवि गोष्ठि कार्यक्रममा नेपालका महावाणिज्य दूत चन्द्र घिमिरे मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। यस अवसरमा बिशिष्ट अतिथिका रुपमा सिक्किम सरकारको पछौटे वर्ग बिभागका निदेशक टी एन शर्मा, कृषक कल्या संगठनका महासचिव बिष्णु छेत्री आदि बिशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए। 

दुई देशका कविहरुमाझ सम्बन्ध स्थापित गर्नु अनि साहित्यको बिनिमय गर्दै नेपाली साहित्यलाई अन्तराष्ट्रिय तरमा बिकाश गर्नु कार्यक्रमको उदेश्य रहेको आयोजक समितिका पक्षमा पत्रकार भुवन खनालले बताईरहेका थिए। तिनले दुवै देशका स्थापित अनि दिग्गज कविहरुको समागमले नयाँ पुस्ताका कविहरुलाई उत्साह मिलोस भन्ने आयोजकपक्षको अभिप्राय रहेको कुरा पनि खुलाएका थिए। यस काव्य साँघु कार्यक्रममा नेपालबाट कविहरु मनु मञ्जिल, चन्द्र घिमिरे, चन्द्र गुरुङ, सुदिप पाख्रिन, देवान किराँती, बद्री भिखारी, हेमन यात्रीको बिशेष उपस्थिती रहेको थियो भने भारतबाट कवि मोहन ठकुरी, उदय थुलुङ, बिरु वाङदेल, रेमीका थापा, मनप्रसाद सुब्बा, सुधिर छेत्री, राजा पुनियानी, ज्ञानेन्दर खतिवडा, जय क्याक्टस, मिलन बान्तवा, टिका भाई, भुपेन्द्र सुब्बा आदिको उपस्थिती रहेको थियो।

 भारतका कवि मनप्रसाद सुब्बाले “मेरो किरातीँ आमा” पडदै कविता वाचनको क्रम शुरु गरेपछि कालेबुङको रामकृष्ण रंगमञ्च पहिलोचोटि कविताको मज्जा दुईदेशका कविहरुले भक्कुचुर लिए। सुब्बाले मञ्चमा कविता वाचन गर्दै थिए अनि दर्शक दिर्घामा बस्नेहरु कविता सुन्दै वाह ! वाह !! गर्दै कवितामा रमाउँदै थिए। यस सिलसिला नेपालबाट आएका चर्चित कवि मनु मञ्जिलले साह्रै मिठो लयमा कविता वाचन गरेर कालेबुङवासीको स्याबासी भरपुर बटुले।

 कार्यक्रममा भारतीय कविहरु मोहन ठकुरी, उदय थुलुङ, रेमीका थापा, बिरु वाङदेल, ज्ञानेन्द्र खतिवडा, टीएन शर्मा आदिको कविताले कार्यक्रमको स्तरलाई माथिए उठाएको थियो भने नेपालबाट आका कविहरुले पनि उत्तिकै बेजोड कविता सुनाईरहेका थिए। नेपालबाट कविता वाचन गर्न अनि दुईदेशका कविहरुमाझ सम्बन्ध स्थापिअत गर्न आएका कविहरु माझ महावाणिज्य दूत एवं कवि चन्द्र घिमिरे, सुदिप पाखरिन, चन्द्र गुरुङ आदिले पनि आफ्ना ओजपूर्ण कविताहरु पठन गरे। 

यसै अवसरमा बर्ष 2012 का नेपाली साहित्य अकादमी पुरस्कार बिजेता उदय थुलुङ अनि बर्ष 2011का युवा नेपाली साहित्य अकादमी पुरस्कार बिजेता कमल रेग्मीलाई सम्मान जनाईयो। दुवै सम्मानित व्यक्तिहरुलाई मुख्य अतिथि महावाणिज्यदूत चन्द्र घिमिरेको बाहुलीबाट प्रशस्तीपत्र अनि अंगवस्त्र ओडाएर अभिनन्दन जनाइयो। यस अवसरमा नेपाली साहित्यमा युवा कविका रुपमा स्थिप कवि मनोज बोगटीको नयाँ कविता संकलन ‘कविताकृति आँखाबाहिर’को पनि लोकार्पण गरियो।

No comments: