Pages

Monday, 7 January 2013

राज्यसरकारले पञ्चायत चुनाव गराउँन अघि बिभागहरु हस्तान्तरन गर्नुपर्छ – गोजमुमो

कालेबुङ 6 जनवरी। पश्चिम बङगालमा राज्यको सत्ता कब्जा गरेर दार्जीलिङ पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई जीटीएमा सम्झौता गराउँन सक्षम बनेकी मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारले जीटीएको सम्झौता पत्रमा उल्लेखित बिभागहरु पूर्णरुपले हस्तान्तरण नगरेको कारण जीटीए थाप्ने दल गोजमुमो भित्रनै ब्यापक असन्तुष्टि बडीरहेको छ।

 जीटीएमा सम्झौता पत्रहरुमा रहेको बिभागहरु राज्यसरकारले दिनोदिन हस्तान्तरण गर्न बिलम्ब गरेको कारण थुप्रै चोटि गोजमुमो अध्यक्ष एंव जीटीए प्रमुख बिमल गुरुङले बिभाग यथाशिघ्र हस्तान्तरण गर्नुपर्ने माग गर्दै नभए आन्दोलन गर्नेसरकारलाई चेतावनी दिएका थिए। तिनको चेतावनीलाई कुनै वास्ता नगरी राज्य सरकार भने अहिले राज्यमा हुने पञ्चायत चुनावमा आफ्नो शक्ति केन्द्रित गरिरहेको छ।

 यस्तो परिस्थितिमा गोजमुमो पार्टी प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले स्थानीय च्यानलमा राज्यसरकारले जीटीएको सम्झौता पत्रमा रहेका बिभागहरुको हस्तान्तरण यथाशिघ्र गर्नुपर्ने माग गरे। तिनले पञ्चायत चुनावको सन्दर्भमा बोल्दै भने “गोजमुमो पार्टीले पञ्चायत चुनाव हुनपर्छ भन्ने चाहेको छ। ग्रामीण ईलाकाको बिकाशको निम्ति पञ्चायत आवश्यक हो त्यसर्थ मोर्चा पञ्चायत चुनावको बिरुद्धमा छैन। 

तर यहाँ पञ्चायत चुनाव भन्दा मोर्चाले जीटीएको सम्झौता पत्रमा उल्लेखित बिभागहरुको हस्तान्तरण अनि उक्त बिभागहरुको सम्पूर्ण क्षमता दार्जीलिङमा हुनपर्छ भन्ने चाहेको छ। पञ्चायत चुनाव हुनपर्छ तर यसभन्दा पहिले बिभागहरु सरकारले हस्तान्तरण गरिसकेको हुनपर्नेछ”। यहाँ राज्यसरकारले एउटा कार्य पूर्णरुपले गर्न नसकेको अवस्थामा अझ पञ्चायत चुनावतिर ध्यान दिन थाले सबै लथालिङग हुने पनि तिनले जनाउँदै कुनै पनि कार्य शुरु गर्न अघि पहिला शुरु गरेको कार्य पूर्णरुपले समापन नगरे सबै भत्किने आशय प्रकट गरे। 

राज्य सरकारले यहाँ बिभाग हस्तान्तरण मात्र होईन तर जीटीएमा प्रस्तावित तराई डुवर्सको मौजाहरु हस्तान्तरणको कार्य पनि समापन गर्न नसकेकोमा असन्तुष्टी जताए। तिनले फ्याक्ट भेरीफिकेशन कमिटिले आफ्नो कार्य लगातरा समय बितेर जाँदा समेत पूर्ण नगरेको बताउँदै राज्य सरकारले पञ्चायत चुनाव गराउँन अघि उक्त कार्य पूर्ण गर्नुपर्ने माग राखे। 

यसै सिलसिलामा तिनले यदि राज्यसरकारले मौजाहरु हस्तान्तरण नगरी पञ्चायत चुनाव गरे तराई डुवर्सका जनताले मोर्चाको पक्षमा बहुमतले पञ्चायत सिटहरुमा आधिपत्य जमाएर आफुहरु जीटीएमा बस्न चाहेको प्रमाणित गर्न पर्ने जनाए। यदि तराई डुवर्सको प्रस्तावित भूभागहरुमा पञ्चायत चुनाव गर्दा मोर्चाले बहुमत ल्याए सरकारलाई जीटीए क्षेत्रमा समावेश गर्नै पर्ने बाध्यता सृजना हुने डा छेत्रीले मन्तव्य जाहेर गरे।

No comments: