Pages

Thursday, 3 January 2013

चिया अनि पर्यटन उत्सवको दोस्रो दिन बाईक स्टण्टले सबैलाई मख्ख पार्यो्

डी के वाइबा, कालेबुङ 3 जनवरी । दार्जीलिङ चिया अनि पर्य़टन उत्सव कालेबुङ च्याप्टरको आज दोस्रो दिन कलाबाजहरुको कलाबाजीले मानिसहरुलाई मख्खै पार्योल। तीन दिवसिय कार्यक्रमको आज दोस्रो दिन यहाँको मेन रोडमा बाईक स्टण्ट खेलाडीहरुले मानिसहरुको खचाखच भिडमा बाईक स्टण्टको कलाबाजी देखाए। यस अवसरमा उक्त कलाबाजी हेर्न मानिसहरुको ब्यापक भिड जमेको थियो। 

यहाँको डम्बर चोकबाट थाना डाँडा सम्म सडकको दुवै किनारामा मानिसहरुको भिडले बाईक स्टण्ट गरेको कला हेर्दा मेनरोड नै थप्पडीको आवजको गुञ्जिएको थियो। यस अवसरमा उक्त कलाबाजी हेर्नेहरुको भिडलाई कार्यक्रम आयोजक समितिले नियन्त्रण गर्न समेत साह्रो परेको थियो। सडकको दुवै किनारामा मानिसहरुको व्यापक भिडले बईक स्टण्ट गर्नेहरुको कलाबाजी हेरेरे थप हौसला प्रदान गर्दा कलाबाजहरुले साँच्चै बाईकलाई 90 डिग्रीको उचाईमा उठाएर आफ्नो कला देखाए।

No comments: