Pages

Tuesday 29 January 2013

चौकिको मोह त्यागेर गोजमुमोले गोर्खाल्याण्डको आन्दोलन गर्नुपर्छ – गोर्खालिग

कालेबुङ, 29 जनवरी| “गोर्खाल्याण्ड गठनको निम्ति दागोपाप बाधा भए जस्तै जीटीए पनि बाधा हो। अब जीटीएमा सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर राज्य सरकारलाई दिनुपर्छ अनि आन्दोलनलाई अघि बडाउँन चौकिको मोह त्यागेर नेताहरु सडकमा उत्रनुपर्छ” – उक्त कुरा गोर्खालिग पार्टीका महासचिव प्रताप कातिले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन। तिनल यसै अवधी आज पहाड आएकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव सभासदहरुले सुम्पिएको भए मोर्चा गोर्खाल्याण्डको आन्दोलनलाई लिएर साँच्चै ईमान्दार रहेको प्रमाणित हुने थियो भनि जनाए।

 मोर्चाले यसचोटि पहाडमा हुने गोर्खाल्याण्डको आन्दोलनमा हजारौ शहिद हुने घोषणा प्रति कटाक्ष गर्दै आन्दोलन जनताले होईन नेताले गर्नुपर्छ भनि सुझाव दिए। “पहाडका जनताले आन्दोलन गरिसकेको छ। अब जनतालाई समस्यामा पार्नु हुँदैन। आन्दोलनको नाउँमा जनतालाई कुटाई खुवाएर अहिले रातो बत्तिमा हिड्नेहरुले आन्दोलन गर्नुपर्छ” खातीले भने। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति नेताहरुले आन्दोलन गर्नुपर्ने बताउँडै तिनले भने “गोर्खाल्याण्डॅ नहुने प्रश्नै छैन। यसको निम्ति जनताले दुख पनि पाउँदैन।

 गोर्खाल्याण्डको नाउँमा भोट थापेर गएका सांसद, बिधायकहरुले दिल्लीको जन्तर मन्तरमा आमरण भोक हडताल गर्नुपर्छ। यदि आमरण भोक हडतामा नेतहारु बसे सरकारले गोर्खाल्याण्ड अवश्यै दिनेछ”। तिनले तेलेंगगना गठन भए गोर्खाल्याण्द गठन गर्नुपर्ने मोर्चाको बयान प्रति कटाक्ष गर्दै उक्त बयान सही नरहेको बताए। अहिले तेलेंगगना राज्य गठनको चर्चा पछि सरेको छ अनि त्यसओ भ गोजमुमोले आन्दोलन गर्दैन ? तिनले प्रश्न गर्दै तेलेंगना गठन नभए पनि गोर्खाल्याण्ड गठन हुने पर्ने माग गरे। 

तिनले गोर्खाल्याण्डको आन्दोलनलाई सही दिशामा अघि बडाउँनुको निम्ति बुद्धिजीविवर्ग पनि अघि आउँनुपर्ने आह्वान गरे। यता केहिदिन अघि कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले गोजमुमो पार्टीको आन्दोलन हेरेर तेलेंगनाका नेताहरुले आन्दोलन गर्न सिकेको भन्ने बयान प्रति गोर्खालीग नेता खातीले असहमति जाहेर गर्दै “तेलेंगनाको मागमा त्यहाँका नेताहरु आमरण भोक हडतालमा बसे। संसद र बिधायकहरुले राजीनामा दिए। यहाँका नेताहरु न त भोक हडतालमा बसेका छन न त राजीनामा दिएका छ। तब कसरी मोर्चाको आन्दोलन हेरेर तेलेंगनाका नेताहरुले सिके भन्ने ? यो बिधायकको ढटुवापन बाहेक केही होईन। तिनी जनतालाई ढाँटन कह्प्पिस छन अनि त्यही ढँटाई हो उक्त बयान” – खातीले भने।

No comments: