Pages

Tuesday 29 January 2013

तेलेंगनाको मुद्दाले तातिएको पहाडमा मुख्यमन्त्री ममता ब्यानर्जीको पहिलोपल्ट जोडदार बिरोध

डी के वाइबा, कालेबुङ 29 जनवरी। दार्जीलिङको चौरास्तामा आयोजित बिकासमूलक कार्यहरुको उदघाटन कार्यक्रममा आएकी मुख्य मंत्री ममता ब्यानर्जीको यस्पल्ट पहाडभ्रमण बिरोधपूर्ण भयो। चौरास्ताको मञ्चबाट “दार्जीलिङ बङगालको अभिन्न अंग हो” भनेर मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेपछि तेलेंगनाको मुद्दाले तातिएको दार्जीलिङ पहाडमा एकाएक तिनको बिरोध भयो। दार्जीलिङको कार्यक्रम समापन भएपछि सोझै कालेबुङ आएकी मुख्य मन्त्रीको यहाँ पनि बिरोध भयो। प्रत्येकपल्ट पहाड भ्रमणमा आउँदा ममता ब्यानर्जीले गोर्खाल्याण्डॅ माग्नेहरुकै मुखमा “गोर्खाल्याण्ड होबेना” भनेर जाँदा पनि तिनको बिरोध भएको थिएन।

 तर यसपल्ट तेलेंगनाको मुद्दाले तातिएको दार्जीलिङ पहाडमा तिनेल दार्जीलिङ बङगालको अभिन्न अङग भने पछि तत्काल बिरोध भएको छ। मुख्यमन्त्री ब्यानर्जी आज बेलुकी दार्जीलिङबाट कालेबुङ आईपुग्दा संधै स्वागतको निम्ति जुटने भिडहरु बिरोधको निम्ति सडकमा उत्रिएको थियो। मोर्चाले मुख्यमन्त्रीको कालेबुङ आगमनलाई मध्यनजर राख्दै यहाँको थाना डाँडा, मेन रोड, मोटर स्ट्याण्ड, डम्बर चौक आदि स्थानहरुमा गोर्खाल्याण्डको माग गर्दै पोष्टरिङ गरेको छ।

 पहाडको आगमानमा आउँदा स्वागतको निम्ति जुटने भिडहरुले बिरोध गर्दै शहरमा एकाएक पोष्टरिङ गर्न थालेपछि स्थिती तनावपूर्ण हुने सम्भावना बडेको थियो। उक्त कुरालाई मध्यनजर राख्दै पुलिस प्रसासनले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। “दार्जीलिङ बङगालको भूभाग होईन, दार्जीलिङ गोर्खाहरुको भूभाग हो अनि गोर्खाहरुको आँगनमा आएर गोर्खाल्याण्डको बिरोध गर्ने बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको बिरोध गर्दछौ” भन्दै गोजमुमोले पोष्टरमा लेखेको छ। 

मुख्यमन्त्रीको आगमनमा एकाएक बिरोध गर्दै शहरमा मोर्चाले पोष्टरिङ गरे पछि शहरमा मानिसहरुको भिड जमेको थियो। यसै अवधी तिनी कालेबुङ आईपुगिन। दार्जीलिङबाट सोझै कालेबुङ आईपुगेकी मुख्यमन्त्री शहरको किनारामा बसेका मानिसहरुलाई हात हल्लाएर अभिवादन गर्दै सिधै अलगडाको पीएचई बिभागको गेष्ट हाउसमा प्रस्थान भईन। तिनले सडक किनारामा उपस्थित मानिसहरुलाई अभिवादनका हात हलाएर पनि जवाबमा कसैले तिनले अभिवादन स्वीकार गरेनन। यस अवसरमा मोर्चाले सडक किनारामा उभिएर मौन बिरोध गर्योई।

 तिनी कालेबुङबाट अलगडा जाने क्रममा मोर्चाले अलगडामा पनि पोष्टरिङ गरेर बिरोध गरेको समाचार प्राप्त भएको छ। यता गोर्खा जनमुक्ति युवा मोर्चाले मुख्यमन्त्री अलगडा प्रस्थान भएपछि पार्टी कार्यलयमा पत्रकार सम्मेलन डाकेर मुख्यमन्त्रीको बिरोध जनायो। युवा मोर्चा प्रवक्ता बिनय घिसिङले पत्रकारहरुसंग कुराकानी गर्दै पहाडमा आगो लाग्ने चेतावनी दिए।

 “मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको ईतिहास पडनुपर्छ। दार्जीलिङ बङगालको कहिल्यै थिएन अनि कहिल्यै बङगालको नभएको दार्जीलिङलाई बङगालको अभिन्न अङग हो भन्ने मुख्यमन्त्री गो ब्याक भन्छौ। हामी गोर्खाल्याण्ड चाहन्छौ। अब युवा मोर्चा सडकमा निस्केर आन्दोलन गर्नेछ।

 मुख्य मंत्रीको वक्तब्यको घोर बिरोध गर्छौ अनि अब गोर्खाल्याण्ड आन्दोलनले पहाडमा जोडदार आगो लाग्नेछ” – बिनय घिसिङले भने। यसै सिलसिलामा गोजमुमो कालेबुङ महकुमा समिति सचिव कुमार चामलिङले जीटीएमा भूमीसुधार बिभागको हूँदा हूँदै मुख्यमन्त्री आठ डेसीमन जमीनको पर्चा पट्टा बितरण गर्न आउँनु हाँस्यस्पदरहेको बताए। तिनले मुख्यमंत्री ब्यानर्जीको मोर्चाले बिरोध गर्दै अब गोर्खाल्याण्डको आन्दोलन अघि बड्ने जनाए।

No comments: