कालेबुङ,११ जनवरी| नेपाली साहित्यलाई विश्वव्यापी बनाउँन कालेबुङका युवा सर्जकहरुले पहल सुरु गरेको छ। यसै सन्दर्भमा आगमी 20 जनवरीको दिन पहिलो अन्तराष्ट्रिय कवि भेला यहाँको रामकृष्ण रंगमञ्चमा हुने भएको छ। भारत नेपा काव्य साँघुको नाउँले उक्त कार्यक्रम हुने भएको छ। नेपाली साहित्यमा सबैभन्दा जेठो बिधा कविता हो भने यहीँ विधाले भारत अनि नेपालका कविहरुलाई प्रथमचोटी एउटै मञ्चमा भेट हुने अवसर प्रदान गर्ने भएको छ।
बिश्वमा अन्य साहित्यहरु झै नेपाली साहित्य पनि एउटा हो भने यसलाई विश्वस्तरमा अघि बडाउँन यसरी प्रारम्भिक पहल कालेबुङमा दुईवटा देशका कविहरुलाई एकै ठाउँमा भेला गराएर कार्यक्रम आयोजन गर्नु हो भनि आयोजक समितिका भुवन खनालले आज पत्रकार सम्मेलन डाकेर बताए। नेपाली महावाणिज्य दूतावास कोलकाताले भारत र नेपालका नेपाली साहित्यकारहरूसित सम्बन्ध जोड्ने पहल गर्ने भएपछि कालेबुङका पत्रकार समूहले उपमा पब्लिकेशनलाई पनि साथमा लिएर भारत नेपाल काव्य सॉंघु नामक अन्तराष्ट्रिय कवि भेला गर्ने तयारी गरिरहेको कार्यक्रम आयोजकपक्षबाट संयोजक मनोज वोगटी अनि भुवन खनालले आज बताएका छन्|
भुवन खनालले भने, ठूलोरुपमा अन्तराष्ट्रिय साहित्यिक फेस्टिबल गर्न नसकेपनि कमसेकम नजिकको राष्ट्र नेपाल र भारतका नेपाली साहित्यकारहरूलाई जोड्ने सॉंघु निर्माण गर्न सकिन्छ भन्ने उद्देश्य राखिएर कवि भेला गरिने भएका छौं| उक्त अन्तराष्ट्रिय कवि बेलामा भारत अनि नेपालका नया चर्चित कविहरुको समागम हुने जानकारी गराए।
यसरी नै मनोज वोगटीले जनाए अनुसार नेपाली साहित्यलाई कविताले नै प्रतिनिधित्व गरिरहेको सत्य सबैसित छ तर भारतीय नेपाली कविताले जिल्लाको डॉंडा काटेर राष्ट्रिय परिचय निर्माणमा भर्खर बामे सर्दैछ| नेपाली कविताको अन्तराष्ट्रियकरण त कल्पनाको कुरा मात्र भइरहेको समयमा नेपाली कवितालाई अन्तराष्ट्रिय स्तरमा अघि बाडाउँन यो पहिलो प्रयास हो भने। यस कार्यक्रमले आउँदो सिकारु हस्ताक्षरहरुलाई पनि साहित्यको क्षेत्रमा प्रोत्साहन हुने जनाउँदै कार्यक्रममा प्रथम युवा साहित्य अकादमी पुरस्कारले सम्मानित हुने कवि कमल रेग्मीलाई पनि सम्मान गर्ने आयोजक पक्षले जनकारी दिएका छन।
No comments:
Post a Comment