Pages

Tuesday, 4 December 2012

बाघपूलको बैकल्पिक पूल सरकारले यथाशिघ्र निर्माण गर्नुपर्छ – माकपा

डी के वाइबा, कालेबुङ 4 दिसम्बर। भारतको उत्तरपूर्वी राज्यहरु संगै भोटाङ देश संग भारतको बिभिन्न भागहरुसंग जोड्ने 31 ए राष्ट्रिय राजमार्गमा अवस्थित बाघपूल जिर्ण अवस्थामा पुग्दा पनि राज्य अनि केन्द्र सरकारले बैकल्पिक पूल निर्माण गर्न कुनै पहल नगरेको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन। तिनले बङगालमा माकपा सरकार हुँदा सेभोक रेल गेट नजिकबाट मङपोङ सम्मको निम्ति बाघपूलको बैकल्पिक पूल निर्माणार्थ पहल गरेर केन्द्र सरकारलाई सम्पूर्ण योजना तयार पारेर बनबिभागबाट आवश्यक अनापत्ति पत्र सम्मेत बुझाएको बताउँदै केन्द्र सरकारले यस सम्बन्धमा कुनै कार्य नगरेको तिनले थप आरोप लगाए।

 केहि महिना अघि मात्र बाघपूल चर्किएको समाचार छापामा आएपछि यस बिषयमा अभियन्ताहरुले जाँच गरेर उक्त पूलमाथी 10 टन भन्दा धेर भारी लादिएको वाहनहरुको आवगमन हुनु हुँदैन भने पनि अहिले घरी डुटीमा तैनाथ पुलिस कर्मीहरुकै अघि दैनिक 10 टन भन्दा धेर समान बोकेर वाहनहरु गुड्ने गरेको तिनले दाबी गर्दै यदि दुर्घटना भए कसले जिम्मेवार लिने भनि प्रश्न गरे। सोहि कुरालाई मध्यनजर राख्दै अनि बाघपूलको बैकल्पिक पूल यथाशिघ्र निर्माण गर्नुपर्ने माग गर्दै आज माकपाले भारतको रोड ट्रास्पोर्ट मन्त्रिलाई फ्याक्सवार्ता पठाएको जानकारी गराए।

 तिनले राज्य सरकारले दार्जीलिङ पहाडको हितमा कुनै कार्य नगरेको आरोप लगाउँदै राज्यमा तृणमूल कङ्ग्रेसको सरकारले मालदा स्थित पूल निर्माणको निम्ति 2 सय 50 करोड अनुमोदन गरेको बताउँदै यता बाघपूल मरमतिको निम्ति भने राज्य सरकारले केवल 82 लाख रुपियाको टेण्डर गराएको पत्रकारहरुले दस्तावेजको प्रतिलिपी देखाए। तिनले उक्त कार्य भेदाभावपूर्ण रहेको बताउँदै यदि बाघपूल भत्किए डुवर्स संगै भोटाङ अनि उत्तरपूर्वी राज्यहरुको सम्बन्ध सिक्किम लगायत भारतको अन्य भागहरुसंग बिच्छेद हुने दाबी गरे।

 यस सम्बन्धमा दार्जीलिङ लोकसभा आसनबाट बोट बटुलेर सांसद बनेका बिजेपी सांसद जसवन्त सिहले किन प्रश्न उठाउँदैनन भनि प्रश्न गरे। पहाडमा चुनावको निम्ति सांसदको तिकट थमाएर ल्याउँदा तिनलाई हेभिवेट नेता भनेर भन्ने राजनैतिक पार्टीहरुले पनि यस बिषमा सांसद जसवन्त सिहलाई बोल्न लगाउँनुपर्ने माग गरेका छन।

 “हेभिवेट भनेको चल्मलाउँन नसक्ने हो ? अहिले दिल्लीमा बसेर जनताको काम गर्नुको साटो के गर्दैछन ? मालदामा फूलहार पूल बनाउँन करोडौ रुपिया अनुमोदन हुँदा हाम्रो तथाकथित हेभिवेट नेता किन मौन ?” तारा सुन्दासले एकैचोटि सांसदप्रति प्रश्नहरु तेर्साएका छन। राजनैतिक परिस्थितिले अहिले डुवर्स दार्जीलिङ संग दिनोदिन टाडो हुँदै गईरहेको समयमा एकमात्र दार्जीलिङ संग सम्बन्ध स्थापित गर्ने बाघपूल भत्किए सम्बन्ध सधैको निम्ति टुट्ने दाबी गर्दै एकार्कको सम्बन्ध कायम राख्न उक्त पूल यथाशिघ्र निर्माण गर्नुपर्ने तिनले थाप माग गरेका छन।

No comments: